जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलाममा चाडपर्व लक्षित यात्रु सहायता कक्षा स्थापना

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलाममा चाडपर्व लक्षित यात्रु सहायता कक्षा स्थापना

इलाम :  दसैं, तिहार र छठको बेलामा हुने यात्रुको चापलाई ध्यानमा राखेर जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामले यात्रु सहायता कक्षा स्थापना गरेको छ। चाडबाडमा हुने भीडभाडमा यात्रुको सहजताका लागि सदरमुकामको बसपार्क र चोक बजारमा रहेको ट्याक्सी स्टेसनमा यात्रु सहायता कक्षा स्थापना गरिएको हो।

यात्राका क्रममा असहजता महसुस भए ती सहायता कक्षामा उजुरी वा गुनासो गर्ने व्यवस्था गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय इलामका प्रमुख डम्बर बिक्रम दियालीले बताउनुभयो।इलाम सदरमुकाममा स्थापना गरिएको यात्रु सहायता कक्ष बुधबार प्रमुख जिल्ला अधिकारी कल्पना श्रेष्ठले उद्घाटन गर्नुभयो । यात्रु सहायता कक्षामार्फत ट्राफिक नियम सचेतना गराउने, क्षमताभन्दा बढी यात्रु राखेको, तोकिएभन्दा बढी भाडा लिएको विषयमा चेकजाँच गर्ने प्रमुख दियालीले बताउनुभयो ।
‘चाडवाडका समयमा यात्रुको चाप बढी हुन्छ। ओभरलोड गरिएको हुन सक्छ। बढि भाडा असुलिएको हुन सक्छ। यात्रुको सामान छुट्न सक्छ,’ उनले भने, ‘यात्राका क्रममा कसैलाई समस्या भएको अवस्थामा सहजताका साथ प्रहरी सेवा उपलव्ध गराउन सहायता कक्ष सुरु गरिएको हो। त्यहाँबाट चौबिसै घण्टा सेवा दिने व्यवस्था मिलाइएको छ।’

TOP