खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की

  • प्रकाशित मितिः October 22, 2026
  • हाम्रो पालिका
कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की

फिक्कल: कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले कोशी प्रदेशमा युवालाई लक्षित गरी उदय परियोजना संचालन गर्न लागिएको बताउनु भएको छ ।
इलामको सूर्योदय नगरपालिका ३ बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहितको पार्कको उद्घाटन गर्दै बुधबार मुख्यमन्त्री कार्कीले नवप्रर्वतन कार्यक्रम मार्फत प्रदेशका युवा उद्यमीलाई लक्षित गरी उदय परियोजना संचालन गर्न लागिएको बताउनु भएको हो ।
मुख्यमन्त्री कार्कीले युवा लक्षित उदय परियोजना कार्यक्रम बिहिबार सुनसरीको इटहरीमा हुने कार्यक्रम मार्फत शुभारम्भ गरिने जानकारी दिनु भयो । उहाले उक्त कार्यक्रममा लागनी गर्नका लागि कोशी प्रदेशका बिभिन्न बैंकको छनौट गर्ने काम सम्पन्न भैसकेकाले साना , मझौला युवा उद्योगीले सहजै ३० लाख देखि तीन करोड सम्म सहुलियत ब्याजदरमा ऋण पाउने जानकारी दिनु भयो । जसका लागि कोशी प्रदेश सरकारले स्वीस सरकार संगको समन्वयमा आर्थिक बर्ष २०८२÷०८३ को बजेटमा आठ अर्व रकम बिनियोजन गरिएको मुख्यमन्त्री कार्कीले जानकारी दिनु भयो ।
मुख्यमन्त्री कार्कीले भन्नु भयो‘युवालाई उद्योग संचालन गर्न सहयोग गरी ब्यवसायिक बनाउनका लागि प्रदेश सरकारले दुई बर्ष भित्रमा आठ करोड रुपियाँ लगानी गर्ने योजना बनाएको छ। यसले बेरोजगारी समस्या समेत समाधान गर्ने छ ।’
मुख्यमन्त्री कार्कीले हिमाली र पहाडी जिल्लामा सहुलियतमा १० लाख सम्म ऋण उपलब्ध गराईने छ । ३० देखि ४० प्रतिशत धितोमा उक्त ऋण प्रवाह गरिने कार्कीले जानकारी दिनु भयो ।
यसै बिच कोशी प्रदेश सरकारले गत बर्ष देखि युवालाई लक्षित गरी ब्याज अनुदान कार्यक्रम समेत संचालन गर्दै आएको मुख्यमन्त्री कार्कीले जानकारी दिनु भयो । प्रदेशले कृषि मन्त्रालय मार्फत छ करोड रुपियाँ रकम बिनियोजन गरी शुरु गरेको ब्याज अनुदान कार्यक्रममा १५० बढी परियोजना संचालनमा रहेका छन । उक्त ब्याज अनुदान कार्यक्रममा जम्मा लगानीको छ प्रतिशत रकम प्रदेश सरकारले ब्यर्होर्दै आएको मुख्यमन्त्री कार्कीले जानकारी दिनु भयो । मुख्यमन्त्री कार्कीले उक्त ब्याज अनुदान कार्यक्रमले पहाडी क्षेत्रमा बढ्दै गएको बसाँई सराईलाई रोक्न समेत सहयोग पुग्ने बताउनु भयो ।
मुख्यमन्त्री कार्कीले बुद्धपार्क निर्माणले कोशी प्रदेशमा अर्को नयाँ पर्यटकीय गन्तब्य समेत थपिएको बताउदै आगामी दिनमा पार्कमा आवश्यक पर्ने थप संरचना निर्माण गर्न प्रदेश सरकारले जिम्मा लिने बताउनु भयो । उहाले बुद्धपार्कलाई कोशी प्रदेश सरकारले धार्मीक पर्यटकीय क्षेत्रको सूचीमा सूचीकरण गर्ने बताउनु भयो ।

TOP