खेलकुद कन्यामको चियाबारीमा साइकल सरर प्रदेश सूर्योदय–९ मा एमालेको मिसन पार्टी जागरण कार्यशाला सम्पन्न कला / मनोरञ्जन हुरहुरेको चिसो हावाले गीतको म्युजिक भिडियो सार्वजनिक खेलकुद इलाममा जिल्ला साइकल संघ गठन, अध्यक्षमा युवराज बस्नेत प्रदेश जय नेपाल पार्टीको इलाम जिल्ला समिति गठन जीवनशैली राष्ट्रिय स्वतन्त्र पार्टीको सूर्योदय–७ मा तदर्थ समिति गठन पालिका विशेष संघर्षले कांग्रेसमा उदाएका सन्जिबको महाधिवेशन प्रतिनिधिमा उम्मेद्बारी जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु
Hamropalika menu advertisement

सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा

  • प्रकाशित मितिः October 14, 2026
  • हाम्रो पालिका
सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा

 

फिक्कल: इलामको सूर्योदय नगरपालिका ३ बौद्धधाममा निर्माण गरिएको बुद्धको प्रतिमा सहितको बुद्धपार्कको उद्घाटन गरि संगै संचालनमा आएको छ । कोशी प्रदेश सरकार , संघीय सरकार र सूर्योदय नगरपालिकाको लगानीमा निर्माण भएको ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्कको बुधबार कोशी प्रदेशका मुख्यमन्त्री हिकमत कुमार कार्कीले उद्घाटन गरे संगै संचालनमा आएको हो ।
६५ फिट अग्लो बुद्धको प्रतिमा सहित १७ रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क उद्घाटन संगै पर्यटकका लागि खुल्ला गरिएको छ ।
पार्क उद्घाटन अघि धर्म गुरु खेन्छेन नाम्डोल छेरिङ रिम्पोछे सहितका धर्म गुरुबाट प्राण प्रतिष्ठान गरिएको थियो । १७ रोपनी क्षेत्रफलमा निर्माण भएको पार्क नेपाल , भारत लगायत तेस्रो देशका पर्यटकका लागि प्रमुख गन्तब्य भएको गौतम बुद्ध स्मृति प्रतिष्ठानका अध्यक्ष लाकेल लामाले जानकारी दिनु भयो । नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट २ किलोमिटरको दूरीमा रहेको बौद्धधाममा अहिले भारतीय पर्यटकको आकर्षणको केन्द्र बनेको छ ।
सूर्योदय नगरपालिकाका कार्यबहाक नगर प्रमुख दुर्गा कुमार बरालले उक्त पार्क संचालनमा आएपछि सूर्योदय नगरपालिका भित्र अर्को पर्यटकीय गन्तब्य थपिएको बताउदै स्थानीय पर्यटन प्रवर्धन संगै आर्थिक आयआर्जन समेत बढने बताउनु भयो । उक्त पार्क संगै स्थानीय पर्यटन ब्यवसायीले समेत अन्य पर्यटकीय संरचना निर्माण गरेका छन ।
धर्म गुरु खेन्छेन नाम्डोल छेरिङ रिम्पोछेले धार्मीका आस्था राख्ने बिश्वका मानव समुदायका लागि उक्त पार्क उत्कृष्ठ गन्तब्य भएको बताउनु भयो । उहाले बुद्ध शान्तिका अनुयायी भएकाले उक्त स्थान सहित बिश्वमा शान्तिको शन्देश दिन उक्त पार्क आगामी दिनमा सावित बन्ने बताउनु भयो ।
बुद्धपार्क निर्माणको थालनी मेची पर्यटन प्रवद्र्धन विकास समितिको बजेटबाट आर्थिक वर्ष २०७२÷०७३ मा भएको थियो । क्रमागत रुपमा संचालन हुँदै आएको आयोजना देश संघीय संरचनामा गएपछि संघीय सरकार ,कोशी प्रदेश सरकार र सूर्योदय नगरपालिकाको ८ करोड हाराहारी रकममा निर्माण गरेको थियो ।
कोशी प्रदेश सरकारले आर्थिक वर्ष २०७५÷०७६ बाट बजेट बिनियोजन गर्दै आएको थियो । सूर्योदय नगरपालिकाले प्रदेशको बजेटमा ३० प्रतिशत थप गरि पार्क निर्माण गरेको थियो ।निर्माण भएको ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क निर्माण थालिएको ११ बर्षमा संचालनमा आएको छ ।

TOP