Hamropalika menu advertisement

पाँचथरको फिदिममा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु

  • प्रकाशित मितिः August 30, 2026
  • हाम्रो पालिका
पाँचथरको फिदिममा पहिरोले घर पुर्दा आमाछोरीको मृत्यु

फिदिम:पाँचथरको फिदिम नगरपालिका ४ चिसापानीमा पहिरोले घर पुर्दा २ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेमा फिदिम १२ घर भई हाल फिदिम ४ मा अस्थायी वसोवास गर्ने २४ वर्षीया सपना शेर्पा र उहाँकी ५ वर्षीया छोरी डोल्मा शेर्पा हुनुहुन्छ ।

दुवैजनालाई आज बिहान ४ बजे पहिरोले पुरेको थियो । पहिरो गएको स्थानदेखि केही टाढा डेरा बस्ने उहाँहरु साथीको घरमा सुत्न आउनु भएको थियो ।

पहिरोले आदिवासी महासंघ पाँचथरको भवन पनि पुरेको छ । सोही भवन नजिकैको घर सडक माथिदेखि आएको पहिरोले पुर्दा आमा छोरीको ज्यान गएको हो । दुवै जनाको शव निकालिएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी प्रमुख (डिएसपी) हेमन्त भण्डारीले जानकारी दिनुभयो । गोरखापत्र

TOP