जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाममा खोलाले बगाएर घाइते लिम्बुको उपचारको क्रममा मृत्यु

  • प्रकाशित मितिः September 23, 2026
  • हाम्रो पालिका
इलाममा खोलाले बगाएर घाइते लिम्बुको उपचारको क्रममा मृत्यु

फिक्कल: इलामको माई नगरपालिकामा खोलाले बगाउदा घाईते एक व्यक्तिको उपचारको क्रममा शुक्रबार साझ मृत्यु भएको छ । माई नगरपालिकाको सेतु खोलामा आएको बाढीले बगाउदा घाइते भएका ६८ बर्षीय मैतराज लिम्बूको उपचारको क्रममा मृत्यु भएको हो ।
शुक्रबार दिउसो खोला तर्ने क्रममा बगाएका लिम्बूको स्थानीय र प्रहरीले उद्दार गरेका थिए । दानाबारीमा प्राथमिक उपचार गरी थप उपचारका लागि प्रादेशिक अस्पताल झापा लगिएकोमा लिम्बुको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका एसपी प्रभु ढकालले जानकारी दिनु भयो ।
लगातारको बर्षाका कारण इलामको माइ, जोगमाई, देउमाई पूवामाई सहित साना खोलामा समेत पानीको सतह बढेर जोखिम बढ्न थालेको छ ।

TOP