जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

बिश्व पर्यटन दिवसमा कन्याममा फूलका बिरुवा रोपण

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
बिश्व पर्यटन दिवसमा कन्याममा फूलका बिरुवा रोपण

फिक्कल: बिश्व पर्यटन दिवसको अवसरमा इलामको सूर्योदय नगरपालिकाको चर्चित पर्यटकीय स्थल कन्यामलाई सिंगारने काम गरीएको छ ।
सूर्योदय नगरपालिकाले कन्यामको सडक किनासरमा बिश्व पर्यटन दिवस २०२४ को अवसरमा फूल सहितका गमला राखेर कन्यामलाई थप सिंगारने काम गरेको हो ।
नगरले दिवसको अवसरमा कन्याम क्षेत्रमा सरसफाई गरी सडक किनारमा सयपत्री, एन्जेलीया र धुपी रोपेको छ । कन्याम क्षेत्रका सडक किनासरमा ६५ वटा गमलामा फुलका बिरवा रोपेर सडक किनारमा राखीएको सूर्योदय नगरपालिकाको बन बातावरण तथा बिपत ब्यवस्थापन शाखाका प्रमुख इश्वरी अधिकारीले जानकारी दिनु भयो ।
कोरोना महामारीको समयमा सूर्योदय नगरपालिकाले कन्यामको ब्युटिफिकेशन गरेको थियो । बाह्ै महिना स्वदेशी पर्यटकको घुइचो लाग्ने कम्यामलाई थप सुन्दर बनाउनका लागि फुल रोप्ने काम गरीएको नगर प्रमुख रण बहादुर राईले जानकारी दिनु भयो । ‘कन्याममा पर्यटकका लागि बिभिन्न पूर्वाधार निर्माण सगै यसको सजावटमा पनि नगरले ध्यान दिएको छ ’ नगर प्रमुख राईले भन्नु भयो । कन्याममा पर्यटक चियाबारी घुम्न, घोडचढी गर्न र बनभोजका लागि आउने गरेका छन । सूर्योदय नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मिलन भट्टराईले पर्यटकको चाप बढे संगै कन्याको थप आकर्षण गर्ने काम भैरहेको जानकारी दिनु भयो ।
नगरले कन्यामको ब्युटिफीकेसन गरेपछि बार्षिक रुपमा कन्यामबाट २५ लाख बढी आम्दानी गर्दै आएको प्रशासकीय अधिकृत भट्टराईले जानकारी दिनु भयो । नगरले कन्यामको पार्कीङ, ब्यवसाय शुल्क लगायत ठेक्का लगाएर उक्त रकम आम्दानी गर्दै आएको छ ।
नगरले कन्याममा सेल्फी पार्क, टिकटक पार्क आदि निर्माण गरी सडकको दुबै तर्फ रेलिङ लगाएको छ । कन्याममा चिया अनुसन्धान केन्द्रको समेत निर्माण गरीएको छ । अत्याधुनिक संरचनाको होटल सहित कन्याममा केहि समयमै चिया अनुसन्धान केन्द्र संचालनमा आउने नगरले जनाएको छ । नेपालमै पहिलो पटक निर्माण गरीएको चिया टेस्टिङ तथा अनुसन्धान केन्द्रमा चियाको बिदेशी वायर आएर चियाको टेस्टिङ , खरिद तथा अनुसन्धान गर्ने अपेक्षा नगरको छ । पछिल्लो समय पर्यटकको चाप बढे संगै कन्याममा ठूला लगानीका होटल तथा लज समेत संचालनमा आएका छन् । कन्याममा यस अघि नै स्काईवाक संचालनमा छ भने नगरले सिसाको पुल निर्माण गरीरहेको छ ।
कोशी प्रदेश सरकारले सूर्योदय नगरपालिकालाई पर्यटकीय नगरी यस अघि घोषणा गरेको थियो । प्रदेश सरकारले पर्यटकीय नगरी घोषणा गरे पनि पर्यटकीय नगरीका लागि कुनै ठोस नीति भने बनाएको छैन ।

TOP