Hamropalika menu advertisement

इलाममा आठौं जिल्ला सभा सम्पन्न

  • प्रकाशित मितिः June 27, 2026
  • हाम्रो पालिका
इलाममा आठौं जिल्ला सभा सम्पन्न

इलाम:  विभिन्न प्रस्तावहरु पारित गर्दै इलामको आठौं जिल्लासभा सम्पन्न भएको छ । दुई दिन सम्म चलेको सभाले जिल्लामा भएका पूर्वाधार निर्माणलाई जिल्ला समन्वय समितिले कडाइका साथ अनुगमन गर्ने, जिल्लाका सबै पालिका र प्रदेश तथा संघबीचको प्रभावकारी समन्वय जिससले गर्ने लगायतका प्रस्ताव पारित गरेको छ ।

सभाले मेची राजमार्ग अन्र्तगत राजदुवाली भञ्ज्याङ सडक खण्डको विकल्प खोज्न र इलाम रहेको इलाम अस्पतालको सेवालाई व्यवस्थित गर्न थप पहल गर्ने समेत निर्णय गरेको जिसस प्रमुख जयप्रकाश राईले बताए ।

सभाले जिल्ला समन्वय समिति उप–प्रमुख चित्रकला बराइलीले प्रस्तुत गरेको आर्थिक वर्ष ०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम पारित गरेको समितिले जनाएको छ ।

पालिका पेज

TOP