Hamropalika menu advertisement

देउमाईमा वाल भत्किंदा एक घरमा क्षति

  • प्रकाशित मितिः August 30, 2026
  • हाम्रो पालिका
देउमाईमा वाल भत्किंदा एक घरमा क्षति

इलाम: राती देखि परेको वर्षाका कारण देउमाई नगरपालिका–९ का प्रेमबहादुर दर्जीको घरमा क्षति पुगेको छ । दर्जीका छिमेकी सोमबहादुर कामीले आफ्नो घर नजिकै लगाएको करिब दश फिट अग्लो ईंटाको वाल भत्किंदा दर्जीको चार कोठे पक्की घरमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । वाल भत्किंदा दर्जीको घरको एउटा कोठामा क्षति पुगेको हो ।

कोठामा रहेका खाट, टेलिभिजन, एक थान मोवायल, लुगा सिलाउने मेशिन र लुगाकपडा गरि करिब छ लाख मुल्य बराबरको क्षति भएको प्रहरीले जनाएको छ । यस्तै वाल भत्किंदा भने करिब एक लाख मुल्य बराबरको क्षति भएको बताइएको छ ।

TOP