जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

इलामको पशुपतिनगर नाकाबाट भारत लैजादै गरीएका ११ बालक प्रहरी नियन्त्रणमा

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
इलामको पशुपतिनगर नाकाबाट भारत लैजादै गरीएका ११ बालक प्रहरी नियन्त्रणमा

इलाम :  भारतीय सीमावर्ती पशुपतिनगरबाट लैजाँदै गरिएको ११ बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भेरिफाइका लागि नियन्त्रणमा लिएको हो । १० देखि १३ वर्षका ती बालकहरूले भारतमा बौद्ध धर्म अध्ययनका लागि जान लागेको बताएपनि उनीहरूलाई अभिभावकसँग सोधेरमात्र जान दिइने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले उनीहरूका अभिभावक सम्पर्क आएपछि बुझेर सबैलाई पठाइने बताए । ‘नियन्त्रणमै लिएको त होइन, अभिभावकसँग भेरिफाई गरेरमात्र जान दिने भन्ने हो,’ उनले भने भने, ‘अभिभावकहरू सम्पर्कमा आउँदैछन्, सबैका अभिभावकसँग बुझेर उनीहरूलाई जान दिइने छ ।’

पशुपतिनगर प्रहरीका इन्स्पेक्टर छेछिन्जो भोटेले भारत काँगडाको एक विद्यालयमा भर्ना खुलेपछि त्यहाँ बौद्ध धर्म अध्ययनका लागि बालकहरू लैजान लागेको जबाफ आएको बताए । ‘त्यहाँको स्कुलमा पढ्न १३ बालकले फाराम भरेकामा इलाम, काठमाडौं र सर्लाहीलगायत जिल्लाका ११ जना आएका रहेछन्,’ भोटेले भने, ‘यहाँ आएका बालकसँग पहिला त्यही स्कुल पढेका केही इलामका र बाहिरी जिल्लाका व्यक्ति पनि छन् ।’

बालक लिएर आएका व्यक्तिले अहिले स्कुलमा भर्ना खुलेको र बालकका अभिभावकले भर्ना फारामसमेत भरेर उनीहरूलाई पढ्न पठाएको बताएको प्रहरीले जनाएको छ । ‘अहिले सबैका अभिभावकसँग ती बालकबारे भेरिफाई गरिरहेका छौं,’ उनले भने, ‘इलाम घर भएका बालकका अभिभावक यहीं आउनुहुनेछ, बाहिरी जिल्लाका अभिभावकसँग फोनमै भएपनि सोधेर जानकारी लिनेछौं ।’ उनीहरूलाई अहिले पशुपतिनगर प्रहरीमै राखिएको छ । पालिका पेज

TOP