खेलकुद माई हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा पालिका विशेष इलाको सुन्तलेका धनराज राईको हत्या, छोरा–बुहारी पक्राउ खेलकुद राष्ट्रपति रनिङ शिल्डले इलाममा ग्रामिण खेलकुद जुर्मुराउदै पालिका विशेष सूर्योदयमा बाल शिक्षकका लागि मन्टेश्वरी तथा क्षमता विकास तालिम पालिका विशेष सूर्योदयमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान शुरु प्रदेश माओवादी केन्द्र इलाम नगरको दोश्रो अधिबेशन सम्पन्न जीवनशैली टोल बिकास संस्थालाई ब्यवस्थित गर्दै सूर्योदय पालिका विशेष चुम्लुङको सूर्योदय नगर अधिवेसन सम्पन्न जीवनशैली एच पि.भी. खोप अभियान सम्बन्धि सूर्योदय नगरपालिकाको सूचना पर्यटन पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो
Hamropalika menu advertisement

इलामको पशुपतिनगर नाकाबाट भारत लैजादै गरीएका ११ बालक प्रहरी नियन्त्रणमा

  • प्रकाशित मितिः February 15, 2025
  • हाम्रो पालिका
इलामको पशुपतिनगर नाकाबाट भारत लैजादै गरीएका ११ बालक प्रहरी नियन्त्रणमा
Spread the love

इलाम :  भारतीय सीमावर्ती पशुपतिनगरबाट लैजाँदै गरिएको ११ बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले भेरिफाइका लागि नियन्त्रणमा लिएको हो । १० देखि १३ वर्षका ती बालकहरूले भारतमा बौद्ध धर्म अध्ययनका लागि जान लागेको बताएपनि उनीहरूलाई अभिभावकसँग सोधेरमात्र जान दिइने भन्दै प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी प्रमुख एसपी प्रभुप्रसाद ढकालले उनीहरूका अभिभावक सम्पर्क आएपछि बुझेर सबैलाई पठाइने बताए । ‘नियन्त्रणमै लिएको त होइन, अभिभावकसँग भेरिफाई गरेरमात्र जान दिने भन्ने हो,’ उनले भने भने, ‘अभिभावकहरू सम्पर्कमा आउँदैछन्, सबैका अभिभावकसँग बुझेर उनीहरूलाई जान दिइने छ ।’

पशुपतिनगर प्रहरीका इन्स्पेक्टर छेछिन्जो भोटेले भारत काँगडाको एक विद्यालयमा भर्ना खुलेपछि त्यहाँ बौद्ध धर्म अध्ययनका लागि बालकहरू लैजान लागेको जबाफ आएको बताए । ‘त्यहाँको स्कुलमा पढ्न १३ बालकले फाराम भरेकामा इलाम, काठमाडौं र सर्लाहीलगायत जिल्लाका ११ जना आएका रहेछन्,’ भोटेले भने, ‘यहाँ आएका बालकसँग पहिला त्यही स्कुल पढेका केही इलामका र बाहिरी जिल्लाका व्यक्ति पनि छन् ।’

बालक लिएर आएका व्यक्तिले अहिले स्कुलमा भर्ना खुलेको र बालकका अभिभावकले भर्ना फारामसमेत भरेर उनीहरूलाई पढ्न पठाएको बताएको प्रहरीले जनाएको छ । ‘अहिले सबैका अभिभावकसँग ती बालकबारे भेरिफाई गरिरहेका छौं,’ उनले भने, ‘इलाम घर भएका बालकका अभिभावक यहीं आउनुहुनेछ, बाहिरी जिल्लाका अभिभावकसँग फोनमै भएपनि सोधेर जानकारी लिनेछौं ।’ उनीहरूलाई अहिले पशुपतिनगर प्रहरीमै राखिएको छ । पालिका पेज

TOP