जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

माईजोगमाइमा अपाङ्गता भएका ब्यक्तिलाई घर–घरमै सामग्री बितरण

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
माईजोगमाइमा अपाङ्गता भएका ब्यक्तिलाई घर–घरमै सामग्री बितरण

फिक्कल: इलामको माईजोगमाई गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिको घरमै पुगरे सहायक सामग्री वितरण गर्न थालेको छ । अपाङ्गता भएका ब्यक्तिको स्यारमा सहयोग पु¥र्याउने उद्देश्यले गाउँपालिकाले स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहितको टोलीले अपाङ्गता भएका ब्यक्तिको घर–घरमै पुगेर सहायक सामग्री बितरण गरेको हो ।
माइृजोगमाई गाउँपालिका ५ सोयाङमा गाउँपालिका उपाध्यक्ष प्रविना राई ,मेडिकल अधिकृत डा. यसमीन शेर्पा , वडा नं. ५ का वडाध्यक्ष निर्मलध्वज राई लागयतको टोलीले घरमै गएर अपाङ्गता भएका ब्यक्तिको स्वास्थ्य परीक्षण गरी वील चेयर, सौचालय चेयर, हेयरीङ एड, वाल्किङ स्टीक लगायतका आवस्यक सामग्री बितरण गरेको छ । उक्त अवसरमा दुई जना पूर्ण अशक्त अपाङता भएका ब्यक्तिलाई रातो परिचयपत्र तथा दुई जना मध्यम अपाङ्गता भएका ब्यक्तिलाई पहेलो परिचय र पाँचजना अति आवश्यक अपाङ्गता भएका ब्यक्तिलाइ सहायक सामग्री बितरण गरीएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । उपाध्यक्ष राईले अपाङ्गता भएका ब्यक्ति पालिका सम्म आउन नसक्ने भएपछि घरमै पुगेर सामग्री बितरण गरीएको जानकारी दिनु भयो । यस अघि पालिकाले वडा नं. दुईमा अपाङ्गता भएका ब्यक्तिलाई परिचय पत्र र सहायक सामग्री बितरण गरेको थियो । वाँकी चारवटा वडामा पनि पालिकाले घरमै गएर सामग्री बितरण गर्ने जनाएको छ ।
गाउँपालिका पालिका र कोशी प्रदेश सरकारको लागनीमा पालिकाले दुई लाख १९ हजार तीन सय १० रुपिया बराबरको सामग्री अपाङ्गता भएका ब्यत्तिका लागि खरिद गरेको थियो ।

TOP