कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

माईजोगमाइमा अपाङ्गता भएका ब्यक्तिलाई घर–घरमै सामग्री बितरण

  • प्रकाशित मितिः November 9, 2025
  • हाम्रो पालिका
माईजोगमाइमा अपाङ्गता भएका ब्यक्तिलाई घर–घरमै सामग्री बितरण

फिक्कल: इलामको माईजोगमाई गाउँपालिकाले अपाङ्गता भएका ब्यक्तिको घरमै पुगरे सहायक सामग्री वितरण गर्न थालेको छ । अपाङ्गता भएका ब्यक्तिको स्यारमा सहयोग पु¥र्याउने उद्देश्यले गाउँपालिकाले स्वास्थ्यकर्मी र जनप्रतिनिधि सहितको टोलीले अपाङ्गता भएका ब्यक्तिको घर–घरमै पुगेर सहायक सामग्री बितरण गरेको हो ।
माइृजोगमाई गाउँपालिका ५ सोयाङमा गाउँपालिका उपाध्यक्ष प्रविना राई ,मेडिकल अधिकृत डा. यसमीन शेर्पा , वडा नं. ५ का वडाध्यक्ष निर्मलध्वज राई लागयतको टोलीले घरमै गएर अपाङ्गता भएका ब्यक्तिको स्वास्थ्य परीक्षण गरी वील चेयर, सौचालय चेयर, हेयरीङ एड, वाल्किङ स्टीक लगायतका आवस्यक सामग्री बितरण गरेको छ । उक्त अवसरमा दुई जना पूर्ण अशक्त अपाङता भएका ब्यक्तिलाई रातो परिचयपत्र तथा दुई जना मध्यम अपाङ्गता भएका ब्यक्तिलाई पहेलो परिचय र पाँचजना अति आवश्यक अपाङ्गता भएका ब्यक्तिलाइ सहायक सामग्री बितरण गरीएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । उपाध्यक्ष राईले अपाङ्गता भएका ब्यक्ति पालिका सम्म आउन नसक्ने भएपछि घरमै पुगेर सामग्री बितरण गरीएको जानकारी दिनु भयो । यस अघि पालिकाले वडा नं. दुईमा अपाङ्गता भएका ब्यक्तिलाई परिचय पत्र र सहायक सामग्री बितरण गरेको थियो । वाँकी चारवटा वडामा पनि पालिकाले घरमै गएर सामग्री बितरण गर्ने जनाएको छ ।
गाउँपालिका पालिका र कोशी प्रदेश सरकारको लागनीमा पालिकाले दुई लाख १९ हजार तीन सय १० रुपिया बराबरको सामग्री अपाङ्गता भएका ब्यत्तिका लागि खरिद गरेको थियो ।

TOP