जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

मंसिर २२ गतेबाट दोश्रो इलाम गोल्डकप

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
मंसिर २२ गतेबाट दोश्रो इलाम गोल्डकप

इलाम:इलाम गोल्डकपको दोस्रो संस्करण आउँदो मंसिरमा सञ्चालन गरिने भएको छ । । जिल्ला लिग च्याम्पियन रेडहर्स फुटबलको आयोजनामा इलामको ठूलो टुँडिखेलमा मंसिर २२ देखि २९ सम्म प्रतियोगिता आयोजना गर्न लागेको हो । प्रतियोगितामा सहभागी हुने सम्भावित आठ टिमको नामसमेत आयोजकले ९आज० बुधबार आयोजित पत्रकार सम्मेलनमार्फत् सार्वजनिक गरेको छ ।

प्रतियोगितामा आयोजक रेडहर्स फुटबल क्लबसंगै गत संस्करणको बिजेता न्यूरोड टिम एनआरटी (काठमाण्डौ खेलमण्डल), मच्छिन्द्र, थ्रिस्टार, संकटा, त्रिभुवन आर्मी, बिर्तामोड युनाइटेड, अफ्रिकन क्लब रहेका छन् । प्रतियोगिताको सम्भावित टिमको रुपमा नाम सार्वजनिक गरिएपनि यसमा केही परिर्वतन हुन सक्ने अखिल नेपाल फुटबल संघ ९एन्फा० का पूर्व केन्द्रीय सदस्य निरोज खड्गी बताए ।

उनका अनुसार ए डिभिजन लिग च्याम्पियन चर्च वोइज एफसीले समेत इलामको मैदानमा सहभागिता जनाउने इच्छा देखाएको छ । आयोजक समितिका साङ्गे योल्मोले प्रतियोगिताका लागि तयारी सुरु भएको बताए । ‘हामीले अब मैदान र आर्थिक सहयोगसहितका काम सुरु गरेका छौं,’ उनले भने, ‘गतवर्षको प्रतियोगिता भव्य भएकाले हामी उत्साही छौं ।’ दोश्रो संस्करणको प्रतियोगितामा पुरस्कार राशीमा समेत दोब्बर बृद्धि गरिएको छ । यस पटक बिजेताले १० लाख र उपविजेताले ५ लाख रुपैया प्राप्त गर्नेछन् । गत संस्करणको बिजेताले ५ लाख र उपविजेताले ३ लाख रुपैया प्राप्त गरेका थिए ।

प्रतियोगितामा ७८ लाख रुपैयाँ खर्च अनुमान गरिएको आयोजक समितिका निरोज खड्गीले जानकारी दिए । ‘प्रतियोगिताको मुख्य प्रायोजकबाट २० लाख रुपैयाँ र तथा गेटमनीबाट १८ लाख रुपैयाँ आम्दानी हुने अनुमान छ,’ खड्गीले भने, ‘विभिन्न सरकारी र गैरसरकारी निकायबाट प्रतियोगिताको आय संकलन गरिनेछ ।’ प्रतियोगिताको म्यान अफ दि म्याचलाई ७ हजार ५ सय प्राप्त गर्नेछन् । उत्कृष्ट गोलरक्षक, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट मिडफिल्डर र सर्वाधिक गोलकर्ताले जनही १० हजार पाउनेछन् ।

गत संस्करणमा माघ ६ गतेबाट १३ गतेसम्म संचालन भएको थियो । मोफसलका अन्य प्रतियोगिताहरुसंग मिति नजुधोस भन्ने उद्धेश्यले दोश्रो संस्करण डेढ महिना अघि नै संचालन गरिएको खड्गीले बताए । ‘ एन्फासंग मात्र नभएर मोफसलका प्रतियोगिता आयोजक धरान, इटहरी, धुलाबारी लगायतका क्षेत्रका आयोजकहरुसंग समेत परामर्श गरेर मिति तय गरिएको हो ’ उनले भने ‘ प्रतियोगिताको मिति जुध्दा आयोजक र खेलाडीहरुलाई समेत समस्या पर्ने भएकाले सहजता अपनाइएको छ ।’

इलामको ठुलो टुडिखेलमा आयोजना हुने प्रतियोगिता पूर्वी पहाडको सबैभन्दा बढि पुरस्कार राशी र दर्शक बटुल्ने प्रतियोगिता हो । खेलकुदको माध्यमबाट इलामको पर्यटन प्रर्वद्धनमा समेत गोल्डकपले टेवा पुग्ने आयोजकले अपेक्षा राखेको छ ।

TOP