जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

पशुपतिनगर भन्सारको राजस्व संकलन लक्ष्य भन्दा कम

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
पशुपतिनगर भन्सारको राजस्व संकलन  लक्ष्य भन्दा कम

फिक्कल: इलामको पशुपतिनगर भन्सार कार्यालयमा आर्थिक बर्ष २०८०÷०८१ मा लक्ष्य भन्दा कम राजस्व संकलन भएको छ ।पूर्वी नेपालको सीमा क्षेत्रमा रहेको पशुपतिनगर भन्सार कार्यालयले आ.व.२०८०÷०८१ मा तीन करोड ६८ लाख १५ हजार राजस्व उठाउने लक्ष्य राखेकोमा उक्त अवधिमा दुई करोड ७२ लाख ७१ हजार छ सय २१ रुपियाँ मात्र राजस्व संकलन भएको हो ।
पशुपतिनगर भन्सार भएर नेपालमा उत्पादन भएको कृषिजन्य बस्तु भारत निकासी हुने गरेको छ । त्यस्तै भारतबाट खाद्यान्न लताकपडा लगायतका बस्तु उक्त नाकाबाट निर्यात हुने गरेको छ । आर्थिक बर्ष २०८०÷०८१ मा आयात तर्फको भन्सार महसुल, आयात तर्फकै मुल्य अभिबृद्धि कर , अग्रिम आय कर लगायत गरी उक्त रकम जम्मा भएको कार्यालय प्रमुख प्रविण सुब्बा लिम्बुले जानकारी दिनु भयो । कार्यालय प्रमुख लिम्बुले नेपाल भारत सीमा क्षेत्रमा आईरहने उतारचढावका कारण भन्सार राजस्व असुलीको लक्ष्यमा पुग्न नसकेको जानकारी दिनु भयो । उहाका अनुसार नेपाल तर्फ भन्सार भए पनि भारत तर्फ इन्डियन कस्टम नभएका कारण बील जारी नहुँने हुँदा पशुपतिनगर भन्सारको राजस्व असुलीमा प्रभाव पर्ने गरेको जानकारी दिनु भयो । भारतले अहिले सुकियामा इन्डियन कष्टम राख्ने बताउदै आए पनि अहिले सम्म कार्यालय स्थापना गरेको छैन ।
सूर्योदय उद्योण बाणिज्य संघका अध्यक्ष प्रमोद राईले भारत तर्फ कष्टम नहुँदा निकासी पैठारीमा सधै समस्या आउने गरेको बताउनु भयो । उहाले भन्नु भयो‘भारत तर्फ इन्डियन कष्टम राख्न नेपाल सरकारले भारत सरकार संग पहल गर्नु पर्छ हामी यहाँ तल कराएर केहि हुँदैन।’
अघिल्लो आर्थिक बर्ष २०७९÷०८० मा दुई करोड ७१ लाख ८२ हजार ६५ रुपियाँ राजस्व जम्मा भएको थियो । आर्थिक बर्ष २०७९÷०८० को तुलनामा २०८०÷०८१ मा ८९ हजार पाँच सय ५६ रुपियाँ बढी राजस्व उठेको कार्यालयका नायव सुब्बा प्रकाश सुनुवारले जानकारी दिनु भयो । भन्सार कार्यालय पशुपतिनगरले आर्थिक बर्ष २०८१÷०८२ का लागि तीन करोड ५१ लाख ९ हजार राजस्व संकलन गर्ने लक्ष्य राखेको नायव सुब्बा सुनुवारले जानकारी दिनु भयो ।
पशुपतिनगर भन्सार भएर नेपालबाट पशु चौपया समेत निर्यात हुने गरेको छ । सीमा क्षेत्रबाट हुँने तस्करी र राजस्व छलीका कारण समेत पशुपतिनगर भन्सारले लक्ष्य अनुसार राजस्व संकलन गर्न सकेको छैन ।

 

TOP