जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको फिक्कलबाट ब्राउन सुगर सहित २ जना पक्राउ

  • प्रकाशित मितिः September 25, 2026
  • हाम्रो पालिका
इलामको फिक्कलबाट ब्राउन सुगर सहित २ जना पक्राउ

फिक्कल :

इलामको फिक्कल बजारबाट अवैध लागुऔषध ब्राउन सुगर सहित शसस्त्र प्रहरीले दुईजनालाई पक्राउ गरेको छ । सूर्योदय नगरपलिक १० फिक्कल बजारबाट बिहिबार साझ सूर्योदय नगरपालिका ९ स्थाई घर भएकी २१ बर्षीय अनिसा राई र माईजोगमाई २ घर भई फिक्कल बस्दै आएका २७ बर्षीय समिर महतलाई शसस्त्र प्रहरी आईतबारे वेश क्यामबाट खटिएको प्रहरीको टोलीले ब्राउन सुगर सहित पक्राउ गरेको हो । प्रहरीले राईको साथबाट ५७० मिलिग्राम र महतको साथबाट ३०० मिलिग्राम ब्राउन सुगर बरामद गरेको छ ।शसस्त्र प्रहरी आईतबारे वेश क्यामबाट शसस्त्र प्रहरी निरीक्षक बिभु दाहालको कमाण्डमा खटिएको प्रहरीको टोलीले छुट्टछुट्टै करोबारमा सम्लग्न राई र महतलाई ब्राउन सुगर सहित पक्राउ गरेको छ । महिलाले कपडा पसलमा कारोबार गर्न लाग्दै गर्दा पुगेको प्रहरीले ब्राउन सुगर सहित ती महिलालाई पक्राउ गरीएको शसस्त्र प्रहरी आईतबारे बेश क्याम्पका शसस्त्र प्रहरी निरीक्षक बिभु दाहालले जानकारी दिनु भयो ।
प्रहरी निरीक्षक दाहालका अनुसार महतको घरमा खानतलासी गर्दा लुकाई राखेको अवस्थामा ब्राउन सुगर बरामद गरेको छ । ती महिलाले विगत १ वर्ष देखि फिक्कलमा कपडा पसल संचालन गर्दै आएकी थिइन । महत फिक्कलमा अस्थाई बसोबास गर्दै आएका थिए । फिक्कल प्रहरी चौकी , आइतबारे शसत्र प्रहरी चौकी ,जनप्रतिनिधि र संचारकर्मी लगायतको रोहबरमा पसल खानतलासी गरीएको प्रहरीले हाम्रो पालिकालाई जानकारी दिएको छ । पक्राउ परेका दुबै जनालाई थप अनुसन्धानका लागि इलाका इलाका प्रहरी कार्यालय पशुपतिनगरमा बुझाईएको छ ।

TOP