प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

सूर्योदयका स्वास्थ्य संस्थामा तथ्याङ्क गुणस्तर मापन गरिदै

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
सूर्योदयका स्वास्थ्य संस्थामा तथ्याङ्क गुणस्तर मापन गरिदै

फिक्कल: इलामको सूर्योदय नगरपालिकाका स्वास्थ्य संस्थामा नियमिति तथ्याङ्क गुणस्तर मापन गर्न थालिएको छ । नगरका १४ वटा वडाका स्वास्थ्य संस्थामा स्वास्थ्यका सूचक सुधारका लागि नियमिति तथ्याङ्क गुणस्तर मापन गर्न थालेको हो ।
स्वास्थ्य संस्थाले नियमित रुपमा गर्ने काम र तीनको रेकर्ड सहित छ छैन, स्वास्थ्य संस्थाले पालिकालाई गर्ने रिर्पोटिङ सहित छ छैन जस्ता बिषय नियमिति तथ्याङ्क गुणस्तर मापनका क्रममा हेर्ने गरीएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो । उहाका अनुसार नियमिति तथ्याङ्क गुणस्तर मापन गर्दा स्वास्थ्य संस्थाले खोप कार्यक्रम नियमित गरे÷नगरेको, सुरक्षित मातृत्व प्रभावकारी भए÷नभएको , प्रजनन अधिकार सम्बन्धीको अवस्था काम आदिका बारेमा स्वास्थ्य संस्थाले कुन रुपमा काम गरीरहेका छन र सुधार गर्नु पर्ने के छ भन्ने बिषयमा सुझाव दिईने गरीएको छ । अहिले पालिकाका १४ वडाका १४ स्वास्थ्य संस्थामा पालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्री र स्वास्थ्यकर्मी रणबीर लोहारले तथ्याङ्क गुणस्तर मापनको काम गरीरहनु भएको छ । जनस्वास्थ्य निरीक्षक खत्रीले स्वास्थ्य संस्थामै पुगेर गरीने तथ्याङ्क गुणस्तर मापनले स्वास्थ्यकर्मी र ब्यवस्थापन संग छलफल गरीने भएका कारण स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनु भयो । शाखा प्रमुख अधिकारीले भन्नु भयो‘गुणस्तर हेरीन्छ, जसले गर्दा सुधार गर्नु पर्ने देखिएमा स्वास्थ्यकर्मीलाई थप क्षमता बिकासका तालिम दिन्छौ।’ नगरमा हाल एक सय सात जना कर्मचारीले सेवा दिई रहनु भएको छ ।
सूर्योदय नगरपालिकाले वडा नं ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गर्नका लागि काम गरीरहेको छ । नगरले आर्थिक बर्ष २०८१÷०८२ का लागि आन्तरिक तर्फ २ करोड ५५ लाख ८० हजार बजेट बिनियोजन गरेको छ । सर्सत तर्फ स्वास्थ्य क्षेत्रका लागि ७ करोड २७ लाख ८६ हजार पाँचसय रुपियाँ गरी जम्मा ९ करोड ८३ लाख ६६ हजार पाँच सय रुपियाँको बजेट बिनियोजन भएको छ ।पालिकाले स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको १० दशमलब ५९ अर्थात ११ करोड ७२ लाख ५६ हजार पाँचसय रुपियाँ बजेटमा काम गरीने नगरका आन्तरिक लेखा परीक्षण अधिकृत प्रदिप चापाँगाईले जानकारी दिनु भयो ।
नगर प्रमुख रण बहादुर राईले दिगो बिकासका लक्ष्य प्रप्त गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम भैरहेको जानकारी दिनु भयो । नगरले भर्खरै मात्र देशमै पहिलो पटक फिक्कल अस्पतालमा बायो क्यामेस्टीको फुल्ली अटोमेटीक एनालाईजर मेसीन जडान जडान गरेको छ । उक्त मेसीनले १५ मिनेटमा सबै प्रकारका रिर्पोट दिन सक्ने बताईएको छ । नगरले फिक्कल अस्पताललाई पेपर लेस बनाएर डिजिटलाईज गर्ने काम समेत गरीरहेको जानकारी दिएको छ ।

 

 

TOP