पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

सूर्योदयका स्वास्थ्य संस्थामा तथ्याङ्क गुणस्तर मापन गरिदै

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
सूर्योदयका स्वास्थ्य संस्थामा तथ्याङ्क गुणस्तर मापन गरिदै

फिक्कल: इलामको सूर्योदय नगरपालिकाका स्वास्थ्य संस्थामा नियमिति तथ्याङ्क गुणस्तर मापन गर्न थालिएको छ । नगरका १४ वटा वडाका स्वास्थ्य संस्थामा स्वास्थ्यका सूचक सुधारका लागि नियमिति तथ्याङ्क गुणस्तर मापन गर्न थालेको हो ।
स्वास्थ्य संस्थाले नियमित रुपमा गर्ने काम र तीनको रेकर्ड सहित छ छैन, स्वास्थ्य संस्थाले पालिकालाई गर्ने रिर्पोटिङ सहित छ छैन जस्ता बिषय नियमिति तथ्याङ्क गुणस्तर मापनका क्रममा हेर्ने गरीएको सूर्योदय नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख बिपुल अधिकारीले जानकारी दिनु भयो । उहाका अनुसार नियमिति तथ्याङ्क गुणस्तर मापन गर्दा स्वास्थ्य संस्थाले खोप कार्यक्रम नियमित गरे÷नगरेको, सुरक्षित मातृत्व प्रभावकारी भए÷नभएको , प्रजनन अधिकार सम्बन्धीको अवस्था काम आदिका बारेमा स्वास्थ्य संस्थाले कुन रुपमा काम गरीरहेका छन र सुधार गर्नु पर्ने के छ भन्ने बिषयमा सुझाव दिईने गरीएको छ । अहिले पालिकाका १४ वडाका १४ स्वास्थ्य संस्थामा पालिकाको स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक रविन खत्री र स्वास्थ्यकर्मी रणबीर लोहारले तथ्याङ्क गुणस्तर मापनको काम गरीरहनु भएको छ । जनस्वास्थ्य निरीक्षक खत्रीले स्वास्थ्य संस्थामै पुगेर गरीने तथ्याङ्क गुणस्तर मापनले स्वास्थ्यकर्मी र ब्यवस्थापन संग छलफल गरीने भएका कारण स्वास्थ्य संस्थाको गुणस्तर सुधारमा सहयोग पुग्ने बताउनु भयो । शाखा प्रमुख अधिकारीले भन्नु भयो‘गुणस्तर हेरीन्छ, जसले गर्दा सुधार गर्नु पर्ने देखिएमा स्वास्थ्यकर्मीलाई थप क्षमता बिकासका तालिम दिन्छौ।’ नगरमा हाल एक सय सात जना कर्मचारीले सेवा दिई रहनु भएको छ ।
सूर्योदय नगरपालिकाले वडा नं ७ र ९ लाई पोषणमैत्री वडा घोषणा गर्नका लागि काम गरीरहेको छ । नगरले आर्थिक बर्ष २०८१÷०८२ का लागि आन्तरिक तर्फ २ करोड ५५ लाख ८० हजार बजेट बिनियोजन गरेको छ । सर्सत तर्फ स्वास्थ्य क्षेत्रका लागि ७ करोड २७ लाख ८६ हजार पाँचसय रुपियाँ गरी जम्मा ९ करोड ८३ लाख ६६ हजार पाँच सय रुपियाँको बजेट बिनियोजन भएको छ ।पालिकाले स्वास्थ्य क्षेत्रका लागि कुल बजेटको १० दशमलब ५९ अर्थात ११ करोड ७२ लाख ५६ हजार पाँचसय रुपियाँ बजेटमा काम गरीने नगरका आन्तरिक लेखा परीक्षण अधिकृत प्रदिप चापाँगाईले जानकारी दिनु भयो ।
नगर प्रमुख रण बहादुर राईले दिगो बिकासका लक्ष्य प्रप्त गर्ने गरी स्वास्थ्य क्षेत्रमा काम भैरहेको जानकारी दिनु भयो । नगरले भर्खरै मात्र देशमै पहिलो पटक फिक्कल अस्पतालमा बायो क्यामेस्टीको फुल्ली अटोमेटीक एनालाईजर मेसीन जडान जडान गरेको छ । उक्त मेसीनले १५ मिनेटमा सबै प्रकारका रिर्पोट दिन सक्ने बताईएको छ । नगरले फिक्कल अस्पताललाई पेपर लेस बनाएर डिजिटलाईज गर्ने काम समेत गरीरहेको जानकारी दिएको छ ।

 

 

TOP