खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

जनसरोकारका बिषयमा रोङका जनप्रतिनिधिको सक्रियता

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
जनसरोकारका बिषयमा रोङका जनप्रतिनिधिको सक्रियता

गोविन्द पौडेल ,रोङ:
सामाजिक सन्जालमा जोखिमपूर्ण तरिकाले खोला तर्दै गरेको भिडियो सार्वजनिक भए लगत्तै रोङ गाउँपालिकाले तत्काल वास्तबिकताको स्थलगत अनुगमन गरेको छ ।
रोङ गाउँपालिका वडा न ३ खारखोला र ४ को नागदह जोड्ने भालुझोडा खोलामा बाढी आईरहेको बेलामा एक बालिका स्कुल जान काठको मुडावाट खोला तरिरहेको भिडियो सामाजिक संजालमा भाईरल भए पछि गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो ,वडा नं. ३ र ४ का वडाध्यक्षद्धय मात्रिका वराल र राजकुमार लाप्चा सहित स्थाीय ब्याक्ति उक्त स्थानमा पुगेर बिद्यमान अवस्थाको स्थलगत निरीक्षण र जोखिम ब्यवस्थापनको वारेमा अल्पकालिन र दिर्घकालिन समाधानकाका बारेमा छलफल भएको स्थानीय बिर्ख लिम्बुले जानकारी दिनु भयो ।
रोङ गाउँपालिका वडा न.ं ३ र ४ को खारखोला लगायतके बासिन्दालाई आवातजावत सहज बनाउन उक्त स्थानदेखी ६ सय मिटरको दुरीमा उपभोक्ताको माग अनुरूप ४३ लाख ४४ हजार ६ सय १४ रुपैया लागतमा पुल निर्माण भैइ सुचारु भएको २० महिना भईसकेको छ ।तर, स्थानीय नागरिकले आफुलाई छिटो हुनेगरी उक्त काठको पुल प्रयोग गर्ने गरेको पाईएको छ ।
इलामको रोङ र झापाको बुद्धशान्ति ७ सुनमाई जोडिने स्थानमा रोङ ३ को खारखोला टोलबाट भालुझोडा खोला तरेर रोङ ४ को बस्ति बिहिन नागदह हुदै बुद्धशान्ति ७ को मेचीराजमार्ग सुनमाई पुग्न सहज छ ।झापाको सहज स्थान राजमार्गमा पुग्न छिटो हुने कारण खारखोला वासिको वास इलाम र दैनिकि कारोवार झापासग हुने गरेको हो ।

खोलामा पुलको प्रयोग गरौंः अध्यक्ष स्याङबो

खारखोला वासीलाई सहज हुनेगरि तत्काललाई अस्थाई पुल (बासको पुल) जनश्रमदानबाट निर्माण गरिदिने र दिर्घकालिन समाधानको लागि गाउँपालिकाले फलामे पुल नै निर्माण गरेर जनजिवन सहज बनाउने गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनु भएको छ ।
सामाजिक संजालमा दुई दिनदेखि एउटा विद्यार्थी काठको मुढाबाट खोला तरेको भिडियो हेर्दा जो कोहीलाई नरमाइलो लाग्छ र लाग्नु स्वाभाविक हो। घटना लगतै उक्त स्थान पुग्नु भएका अध्यक्ष स्याङ्वोले तत्कालको लागि बासको फड्के र दिर्घकालिन रुपमा फलामे पुल निर्माण गरीदिने बताउनु भयो । उहाले छिटो भनेर बर्खाको समयमा खोलामा जोखीम नमोल्न स्थानीयलाई आग्रह गर्नु भयो ।
रोङ गाउँपालिका भित्र झोलुङ्गे पुल १५ वटाभन्दा बढी आवश्यक छ । ६ वटा झोलुङ्गे पुल निर्माण सपन्न भएको छ । ४ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । क्रमशः वर्षमा दुईतीन वटासम्म झोलुंगे पुल निर्माणको चरणमा रहेको अध्यक्ष स्याङ्वोले बताउनु भयो ।नागरिकले कस्ट पाएको बिषयमा सामाजिक सजालमा आएका बिषयमा स्थानीय जनप्रतिनिधिले तत्काल अनुगमन छलफल र समाधानको उपया खोजिनुलाई भने स्थानीय वासीले अत्यान्तै सकरात्मक रुपमा लिएको पाईएको छ ।

TOP