जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

जनसरोकारका बिषयमा रोङका जनप्रतिनिधिको सक्रियता

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
जनसरोकारका बिषयमा रोङका जनप्रतिनिधिको सक्रियता

गोविन्द पौडेल ,रोङ:
सामाजिक सन्जालमा जोखिमपूर्ण तरिकाले खोला तर्दै गरेको भिडियो सार्वजनिक भए लगत्तै रोङ गाउँपालिकाले तत्काल वास्तबिकताको स्थलगत अनुगमन गरेको छ ।
रोङ गाउँपालिका वडा न ३ खारखोला र ४ को नागदह जोड्ने भालुझोडा खोलामा बाढी आईरहेको बेलामा एक बालिका स्कुल जान काठको मुडावाट खोला तरिरहेको भिडियो सामाजिक संजालमा भाईरल भए पछि गाउँपालिका अध्यक्ष मनिकुमार स्याङ्वो ,वडा नं. ३ र ४ का वडाध्यक्षद्धय मात्रिका वराल र राजकुमार लाप्चा सहित स्थाीय ब्याक्ति उक्त स्थानमा पुगेर बिद्यमान अवस्थाको स्थलगत निरीक्षण र जोखिम ब्यवस्थापनको वारेमा अल्पकालिन र दिर्घकालिन समाधानकाका बारेमा छलफल भएको स्थानीय बिर्ख लिम्बुले जानकारी दिनु भयो ।
रोङ गाउँपालिका वडा न.ं ३ र ४ को खारखोला लगायतके बासिन्दालाई आवातजावत सहज बनाउन उक्त स्थानदेखी ६ सय मिटरको दुरीमा उपभोक्ताको माग अनुरूप ४३ लाख ४४ हजार ६ सय १४ रुपैया लागतमा पुल निर्माण भैइ सुचारु भएको २० महिना भईसकेको छ ।तर, स्थानीय नागरिकले आफुलाई छिटो हुनेगरी उक्त काठको पुल प्रयोग गर्ने गरेको पाईएको छ ।
इलामको रोङ र झापाको बुद्धशान्ति ७ सुनमाई जोडिने स्थानमा रोङ ३ को खारखोला टोलबाट भालुझोडा खोला तरेर रोङ ४ को बस्ति बिहिन नागदह हुदै बुद्धशान्ति ७ को मेचीराजमार्ग सुनमाई पुग्न सहज छ ।झापाको सहज स्थान राजमार्गमा पुग्न छिटो हुने कारण खारखोला वासिको वास इलाम र दैनिकि कारोवार झापासग हुने गरेको हो ।

खोलामा पुलको प्रयोग गरौंः अध्यक्ष स्याङबो

खारखोला वासीलाई सहज हुनेगरि तत्काललाई अस्थाई पुल (बासको पुल) जनश्रमदानबाट निर्माण गरिदिने र दिर्घकालिन समाधानको लागि गाउँपालिकाले फलामे पुल नै निर्माण गरेर जनजिवन सहज बनाउने गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वोले बताउनु भएको छ ।
सामाजिक संजालमा दुई दिनदेखि एउटा विद्यार्थी काठको मुढाबाट खोला तरेको भिडियो हेर्दा जो कोहीलाई नरमाइलो लाग्छ र लाग्नु स्वाभाविक हो। घटना लगतै उक्त स्थान पुग्नु भएका अध्यक्ष स्याङ्वोले तत्कालको लागि बासको फड्के र दिर्घकालिन रुपमा फलामे पुल निर्माण गरीदिने बताउनु भयो । उहाले छिटो भनेर बर्खाको समयमा खोलामा जोखीम नमोल्न स्थानीयलाई आग्रह गर्नु भयो ।
रोङ गाउँपालिका भित्र झोलुङ्गे पुल १५ वटाभन्दा बढी आवश्यक छ । ६ वटा झोलुङ्गे पुल निर्माण सपन्न भएको छ । ४ वटा निर्माणाधीन अवस्थामा रहेका छन् । क्रमशः वर्षमा दुईतीन वटासम्म झोलुंगे पुल निर्माणको चरणमा रहेको अध्यक्ष स्याङ्वोले बताउनु भयो ।नागरिकले कस्ट पाएको बिषयमा सामाजिक सजालमा आएका बिषयमा स्थानीय जनप्रतिनिधिले तत्काल अनुगमन छलफल र समाधानको उपया खोजिनुलाई भने स्थानीय वासीले अत्यान्तै सकरात्मक रुपमा लिएको पाईएको छ ।

TOP