जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

माईजोगमाइमा युवा उद्यमी संग उपाध्यक्ष कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण

  • प्रकाशित मितिः April 18, 2026
  • हाम्रो पालिका
माईजोगमाइमा युवा उद्यमी संग उपाध्यक्ष कार्यक्रम अन्तर्गत प्रविधि हस्तान्तरण

फिक्कल: इलामको माईजोगमाई गाउँपालिकामा युवा उद्यमी संग उपाध्यक्ष कार्यक्रम अन्र्तगत प्रविधि हस्तान्तरण गरीको छ । गाउँपालिकामा युवा उद्यमीलाई लक्षित गरी संचालन गरीएको कार्यक्रम अन्र्तगत बिहिबार एक कार्यक्रमका बिच पालिका भित्रका मापदण्ड पुगेका तीनवटा फर्मलाई ७५ प्रतिशत अनुदानमा प्रविधि हस्तान्तरण गरीको हो ।
पालिकाको एक लाख ५० हजार अनुदान तथा र्फमको २५ प्रतिशत(५० हजार) लागत सहभागितामा पालिकाले प्रस्ताव आवहान गर्दा मागदण्ड पुगेका तीनवटा फर्म माईजोगमाई ६ कोए.एस. डेरी उद्योग माईजोगमाई १ को तीनसौरे कृषि तथा पशुपालन डेरी उद्योग र माईजोमाई २ को डेविट पाण्डे डेरी उद्योगलाई प्रविधि हस्तान्तरण गरीएको छ । पालिकाले केहि दिन अघि प्रस्ताव आवहान गरे पनि पालिकाले निर्धाणर गरेका मापदण्ड पुरा गर्ने तीनवटा उद्योग मात्र भएकाले तीनै तीनवटा उद्योगलाई प्रविधि हस्तान्तरण अन्तरगत डेरी संचालनका सामग्री हस्तान्तरण गरीएको युवा उद्यमी संग उपाध्यक्ष कार्यक्रमका संयोजक तथा गाउपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो ।
पालिकामा युवा उद्यमी संग उपाध्यक्ष कार्यक्रमका संयोजक तथा गाउपालिका उपाध्यक्ष प्रविना राईको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष कुश बहादुर थेवेको प्रमुख आथित्यतामा भएको प्रविधि हस्तान्तरण कार्यक्रममा गाउँपालिका अध्यक्ष थेवेले अनुदानमा सामग्री दिले मात्र नभई प्राप्त सामग्रीको भरपुर उपयोग गर्न आग्रह गर्नु भयो । कार्यक्रममा उपाध्यक्ष तथा उक्त कार्यक्रमकी संयोजक राईले युवा उद्यमी संग उपाध्यक्ष कार्यक्रमले पालिका भित्रका उद्यमशील युवालाई सहयोग पुगेको बताउनु भयो । उहाले भन्नु भयो‘हामीले खुल्ला रुपमा प्रस्ताव आवहान गरेका थियौ तर, मापदण्ड पुग्ने गरी थोरै उद्यमी आउनु भयो, हामीले मापदण्ड पुरा भएकालाई मात्र छनौट गरेका छौ।’ कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रशासकीय कुमार बस्नेत लगायत जनप्रतिनिधि , कर्मचारी र स्थानीयको सहभागीता रहेको थियो । यस अघि युवा उद्यमी संग उपाध्यक्ष कार्यक्रम अन्र्तगत पालिका भित्रका युवालई उद्यमशीलता बिकास तालिम दिइएको थियो ।

TOP