जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाको पन्ध्रौं नगर सभा शुरु

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाको पन्ध्रौं नगर सभा शुरु

फिक्कल: सूर्योदय नगरपालिकाको पन्ध्रौं नगर सभाको तेस्रो बैठक शनिबार बस्यो । बैठकमा ऐनको मस्यौदा र प्रतिवेदन पेश भएको छ । सभामा न्यायीक समितिले उजुरीको कार्वाही किनारा तथा फैसला कार्यान्वयन गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ उपप्रमुख दुर्गा कुमार बरालले पेश गरे ।
त्यस्तै सुर्योदय नगरपालिकामा स्थानीय वनको प्रवर्द्धन, संरक्षण, वन व्यवस्थापन तथा उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ पेस भएको छ । सो विधेयक वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक राजकुमार शेरेङले पेश गरेका छन । शनिबारको बैठकमा सुर्योदय नगरपालिकाको सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ लाइ संशोधन गर्न बनेको विधेयक कार्यपालिका सदस्य लतादेवी गौतमले पेश गरिन ।
नगरसभामा सभाद्वरा गठित विषयगत समितिको प्रतिवेदन समेत पेश भएको छ । अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन सभापति गणेश कुमार खड्का, विधायन समितिको प्रतिवेदन समितिका सभापति शरण लिम्बुले पेस गरेका थियो । त्यस्तै सामाजिक विकास समितिको प्रतिवेदन समितिका सभापति विमल राईले, सुशासन तथा स्थानीय सेवा समितिको प्रतिवेदन सभापति कमल प्रसाद गड्तौला, कृषि पर्यटन पूर्वाधार तथा प्राकृतिक श्रोत समितिको प्रतिवेदन सभापति पुन्यप्राद पोख्रेलले पेस गरेका छन् ।
सभामा नगरपालिकाको अन्तिम लेखा परिक्षण प्रतिवेदन नगरसभा सदस्य चन्द्रकला मैनालीले, स्थानीय आर्थिक सर्वेक्षणको प्रतिवेदन वडा अध्यक्ष देवेन्द्र शर्माले सभामा पेस गरे । न्यायीक समिति र अनुगमन समितिको उपप्रमुख दुर्गा कुमार बरालले पेस गरेका थिए । सभामा सार्वजनिक सम्पत्ति सामुदायिक सम्पत्ति भवन पोखरी पार्कको विवरणा पेस भएको छ ।
सो प्रतिवेदन ११ नम्बरका वडा अध्यक्ष सन्तोष राईले पेश गरेका थिए । नगरसभा अध्यक्ष रणबहादुर राईले आइतबार २ बजे अर्को बैठक बस्नेगरी शनिबारको बैठक स्थगित गरेका छन् । आइतबारको बैठकमा बजेट पेस हुनेछ । नगरसभाको पन्ध्रौं अधिवेशन बैसाख ७ गतेदेखि शुरू भएको हो ।

TOP