पालिका विशेष सूर्योदयमा एआई प्रविधिबाट ८ सय बढीको क्षयरोग परीक्षण जीवनशैली इलाम नगरपालिकामा संचालित घुम्ति शिविरबाट ५ सय बढीलाई सेवा जीवनशैली फिक्कलमा एआई एक्सरे प्रविधिबाट संचालित क्षयरोग पहिचान शिविरमा तीन सय बढीको परीक्षण कला / मनोरञ्जन फिक्कलमा भोली देखि माने क्याम मिनि मेला लाग्दै जीवनशैली फिक्कल–नयाँबजार सडक खण्डमा पर्ने मयुँको पुल तत्काल निर्माण गरिने पालिका विशेष फिक्कलमा AI प्रबिधि सहितको Digital X-ray मार्फत फोक्सो जाच शिबिर जीवनशैली अवलोकन भ्रमणको गन्तब्य बन्दै ऐतिहासिक गोर्खे बजार जीवनशैली इलामको देउमाई नगरपालिका पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा खेलकुद माइजोगमाईअध्यक्ष कपः सूर्योदय क्वाटर फाइनल प्रवेश, आज २ खेल हुदै जीवनशैली सूर्योदयका कर्मचारीलाई एआई तालिम
Hamropalika menu advertisement

सूर्योदय नगरपालिकाको पन्ध्रौं नगर सभा शुरु

  • प्रकाशित मितिः May 15, 2025
  • हाम्रो पालिका
सूर्योदय नगरपालिकाको पन्ध्रौं नगर सभा शुरु

फिक्कल: सूर्योदय नगरपालिकाको पन्ध्रौं नगर सभाको तेस्रो बैठक शनिबार बस्यो । बैठकमा ऐनको मस्यौदा र प्रतिवेदन पेश भएको छ । सभामा न्यायीक समितिले उजुरीको कार्वाही किनारा तथा फैसला कार्यान्वयन गर्दा अपनाउनु पर्ने कार्यविधि सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ उपप्रमुख दुर्गा कुमार बरालले पेश गरे ।
त्यस्तै सुर्योदय नगरपालिकामा स्थानीय वनको प्रवर्द्धन, संरक्षण, वन व्यवस्थापन तथा उपयोग सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ पेस भएको छ । सो विधेयक वन वातावरण तथा विपद् व्यवस्थापन समितिका संयोजक राजकुमार शेरेङले पेश गरेका छन । शनिबारको बैठकमा सुर्योदय नगरपालिकाको सवारी तथा यातायात व्यवस्थापन ऐन २०७६ लाइ संशोधन गर्न बनेको विधेयक कार्यपालिका सदस्य लतादेवी गौतमले पेश गरिन ।
नगरसभामा सभाद्वरा गठित विषयगत समितिको प्रतिवेदन समेत पेश भएको छ । अर्थ तथा सार्वजनिक लेखा समितिको प्रतिवेदन सभापति गणेश कुमार खड्का, विधायन समितिको प्रतिवेदन समितिका सभापति शरण लिम्बुले पेस गरेका थियो । त्यस्तै सामाजिक विकास समितिको प्रतिवेदन समितिका सभापति विमल राईले, सुशासन तथा स्थानीय सेवा समितिको प्रतिवेदन सभापति कमल प्रसाद गड्तौला, कृषि पर्यटन पूर्वाधार तथा प्राकृतिक श्रोत समितिको प्रतिवेदन सभापति पुन्यप्राद पोख्रेलले पेस गरेका छन् ।
सभामा नगरपालिकाको अन्तिम लेखा परिक्षण प्रतिवेदन नगरसभा सदस्य चन्द्रकला मैनालीले, स्थानीय आर्थिक सर्वेक्षणको प्रतिवेदन वडा अध्यक्ष देवेन्द्र शर्माले सभामा पेस गरे । न्यायीक समिति र अनुगमन समितिको उपप्रमुख दुर्गा कुमार बरालले पेस गरेका थिए । सभामा सार्वजनिक सम्पत्ति सामुदायिक सम्पत्ति भवन पोखरी पार्कको विवरणा पेस भएको छ ।
सो प्रतिवेदन ११ नम्बरका वडा अध्यक्ष सन्तोष राईले पेश गरेका थिए । नगरसभा अध्यक्ष रणबहादुर राईले आइतबार २ बजे अर्को बैठक बस्नेगरी शनिबारको बैठक स्थगित गरेका छन् । आइतबारको बैठकमा बजेट पेस हुनेछ । नगरसभाको पन्ध्रौं अधिवेशन बैसाख ७ गतेदेखि शुरू भएको हो ।

TOP