जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

माइजोगमाइका अपाङ्गता भएका ब्यक्तिलाई घरमै स्वास्थ्य परीक्षण सहित परिचय पत्र हस्तान्तरण

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
माइजोगमाइका अपाङ्गता भएका ब्यक्तिलाई घरमै स्वास्थ्य परीक्षण सहित परिचय पत्र हस्तान्तरण

 

फिक्कल
इलामको माइजोगमाइ गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिलाई घरमै गएर स्वास्थ्य परीक्षण सहित परिचय पत्र हस्तान्तरण गरीएको छ ।
अपाङ्गता समन्वय समिति संयोजक तथा माइजोगमाइ गाउँपालिका उपाध्यक्ष प्रविना राईको संयोजकत्वमा गएको टोलीले चिकित्सक सहित अपाङ्गता भएका ब्यक्तिको घरमा गएर परिचय पत्र हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे, डाक्टर यसमीन शेर्पा ,सामाजिक विकास शाखा प्रमुख मान बहादुर पौडेल, अपाङ्गता सहायता सहजकर्ता सरोज पौडेल , अपाङ्गता समन्वय समितिका पदाधिकारीर कर्मचारीको उपस्थितमा स्थलगत अनुगमन गरी परिचय पत्र वितरण गरीएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । उक्त अवसरमा अपाङ्गता भएका ब्यक्तिको स्वास्थ्य परीक्षण गरी पोषण सामग्री समेत वितरण गरीएको थियो ।


परिचय पत्र पाउनेमा माइजोगमाइ २ की चेत कुमारी कार्की (पहेलो) मध्यम अपाङ्गता परिचयपत्र , माइजोगमाइ कै सङ्गिता थापालाई रातो (पुर्ण अशक्त अपाङ्गता ) परिचपत्र हस्तान्तरण गरी पोषण सामाग्री वितरण गरिएको थियो ।
त्यस्तै . माइजोगमाई कै आरोसी सुवेदी , मन कुमारी निरौला , रन्जित शर्मा र प्रकृति पौडेललाई माइजोगमाइ १ स्थिती स्थित स्वास्थ्य संस्थामा जाँच गरी परामर्श सहित अपाङ्गता परिचयपत्र (अति अशक्त अपाङ्गता) यथावत कायम गरी पोषण सामग्री बितरण गरीएको छ । उपाध्यक्ष राईले अपाङ्गता भएका ब्यक्ति गाउँपालिका सम्म आउन समस्या हुने भएकाले गाउँमै गएर परिचय पत्र वितरण गरीएको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘हामी नागरिकको सेवामा रातदिन तल्लीन छौ, त्यसमा पनि अपाङ्गता भएका ब्यक्तिलाई घरमै सेवा दिदा उहाहरुलाई सहज भएको महसुस गरेका छौ ।’

TOP