जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना जीवनशैली यो भिटामिनको कमीले दिमागमा आउँछ नकारात्मक बिचार अर्थ वाणिज्य तीन करोड भन्दा कमका टुक्रे योजना रोक्का
Hamropalika menu advertisement

माइजोगमाइका अपाङ्गता भएका ब्यक्तिलाई घरमै स्वास्थ्य परीक्षण सहित परिचय पत्र हस्तान्तरण

  • प्रकाशित मितिः October 21, 2025
  • हाम्रो पालिका
माइजोगमाइका अपाङ्गता भएका ब्यक्तिलाई घरमै स्वास्थ्य परीक्षण सहित परिचय पत्र हस्तान्तरण

 

फिक्कल
इलामको माइजोगमाइ गाउँपालिकामा अपाङ्गता भएका ब्यक्तिलाई घरमै गएर स्वास्थ्य परीक्षण सहित परिचय पत्र हस्तान्तरण गरीएको छ ।
अपाङ्गता समन्वय समिति संयोजक तथा माइजोगमाइ गाउँपालिका उपाध्यक्ष प्रविना राईको संयोजकत्वमा गएको टोलीले चिकित्सक सहित अपाङ्गता भएका ब्यक्तिको घरमा गएर परिचय पत्र हस्तान्तरण गरेको हो ।
उक्त कार्यक्रममा गाउँपालिका अध्यक्ष कुश बहादुर थेवे, डाक्टर यसमीन शेर्पा ,सामाजिक विकास शाखा प्रमुख मान बहादुर पौडेल, अपाङ्गता सहायता सहजकर्ता सरोज पौडेल , अपाङ्गता समन्वय समितिका पदाधिकारीर कर्मचारीको उपस्थितमा स्थलगत अनुगमन गरी परिचय पत्र वितरण गरीएको गाउँपालिका उपाध्यक्ष प्रविना राईले जानकारी दिनु भयो । उक्त अवसरमा अपाङ्गता भएका ब्यक्तिको स्वास्थ्य परीक्षण गरी पोषण सामग्री समेत वितरण गरीएको थियो ।


परिचय पत्र पाउनेमा माइजोगमाइ २ की चेत कुमारी कार्की (पहेलो) मध्यम अपाङ्गता परिचयपत्र , माइजोगमाइ कै सङ्गिता थापालाई रातो (पुर्ण अशक्त अपाङ्गता ) परिचपत्र हस्तान्तरण गरी पोषण सामाग्री वितरण गरिएको थियो ।
त्यस्तै . माइजोगमाई कै आरोसी सुवेदी , मन कुमारी निरौला , रन्जित शर्मा र प्रकृति पौडेललाई माइजोगमाइ १ स्थिती स्थित स्वास्थ्य संस्थामा जाँच गरी परामर्श सहित अपाङ्गता परिचयपत्र (अति अशक्त अपाङ्गता) यथावत कायम गरी पोषण सामग्री बितरण गरीएको छ । उपाध्यक्ष राईले अपाङ्गता भएका ब्यक्ति गाउँपालिका सम्म आउन समस्या हुने भएकाले गाउँमै गएर परिचय पत्र वितरण गरीएको जानकारी दिनु भयो । उहाले भन्नु भयो ‘हामी नागरिकको सेवामा रातदिन तल्लीन छौ, त्यसमा पनि अपाङ्गता भएका ब्यक्तिलाई घरमै सेवा दिदा उहाहरुलाई सहज भएको महसुस गरेका छौ ।’

TOP