Hamropalika menu advertisement

भारत लैजादै गरीएको अवैध सामान सहित गाडी शसस्त्र प्रहरीको नियन्त्रणमा

  • प्रकाशित मितिः August 22, 2026
  • हाम्रो पालिका
भारत लैजादै गरीएको अवैध सामान सहित गाडी शसस्त्र प्रहरीको नियन्त्रणमा

फिक्कल: इलामको नेपाल भारत सीमा क्षेत्र पशुपतिनगरबाट शसस्त्र प्रहरीले अवैध रुपमा भारत लैजादै गरिएको १३ लाख मुल्य बढीको सामान नियन्त्रणमा लिएको छ ।
शसस्त्र प्रहरीको पशुपतिनगर स्थित प्रस्तावित गुल्मका प्रमुख शसस्त्र प्रहरी नायव उपरीक्षक हेम बहादुर श्रेष्ठको कमाण्डमा खटीएको प्रहरी गस्ती टोलीले सोमबार राती अवैध रुपमा नेपालबाट भारत लैजादै गरीएको १३ लाख ८३ हजार मुल्य बराबरको सामान सीमा क्षेत्रको दुई माइलबाट नियन्त्रणमा लिएको हो ।
प्रहरीले कपडा लगायतका सामग्री सहित प्र. १ ०३–००१ ज ००१९ नम्बरको बुलेरो गाडी समेत नियन्त्रणमा लिएको छ । प्रहरीलाई देखे पछि सामान सहितको गाडी छोडेर सवारी चालक भागे पछि उक्त सामान र सवारी शसस्त्र प्रहरीले नियन्त्रणमा लिइएको शसस्त्र प्रहरी नायव उपरीक्षक हेम बहादुर श्रेष्ठले जानकारी दिनु भयो ।
पक्राउ गरीएको सामानमा बक्खु कपडा, ज्याकेट, चप्पल, टिसर्ट सहित मकै , गहुँ , मकैको च्याख्ला लगायतका सामग्री रहेका छन् । सवारी साधन सहित भन्सार मूल्य १३ लाख ८३ हजार कायम गरी उक्त सामान भन्सार कार्यालय पशुपतिनगरमा दाखिला गरीएको छ । पशुपतिनगरको सीमा नाकामा भन्सार छलीको कारोबार हुँने गरे पछि शसस्त्र प्रहरीले सीमा क्षेत्रमा कडाई गर्दै आएको छ ।

TOP