जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

दलित पत्रकार संघ इलामको दोस्रो  अधिवेशन सम्पन्न, अध्यक्षमा बलराम बराइली

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
दलित पत्रकार संघ इलामको दोस्रो  अधिवेशन सम्पन्न, अध्यक्षमा  बलराम बराइली

इलाम– इलामस्थित राष्ट्रिय दलित पत्रकार संघको अध्यक्षमा पुनः बलराम बराइली चयन भएका छन् । शनिबार इलाममा सम्पन्न दोस्रो जिल्ला अधिवेशनले बराइलीको अध्यक्षतामा नौ सदस्यीय कार्य समिति चयन गरेको हो ।समितिको उपाध्यक्षमा योगेन्द्र शंकर, सचिवमा विक्रम सुन्दास, सहसचिवमा जमुना परियार तथा कोषाध्यक्षमा प्रवीण बिसी चयन भएका छन् ।
सदस्यहरूमा सुनील शंकर, रामकृष्ण परियार, गंगा परियार र जुनु बराइली चुनिएका छन् ।अधिवेशनले मनकुमार बराइली र प्रकाश परियारलाई केन्द्रीय पार्षद तथा भीम विसुंखे र अंकित बराइलीलाई प्रदेश पार्षदमा चयन गरेको नवनिर्वाचित अध्यक्ष बराइलीले बताए ।जिल्ला समन्वय समिति प्रमुख जयप्रकाश राईको प्रमुख आतिथ्य, माइजोगमाई गाउँपालिका अध्यक्ष कुशबहादुर थेबे र संघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष तथा नेपाल पत्रकार महासंघका निवर्तमान केन्द्रीय सदस्य गोपाल बराइलीको विशिष्ट आतिथ्यमा अधिवेशन उद्घाटनसत्र सम्पन्न भयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य सटेन्द्र जबेगू, महासंघ इलाम शाखा सचिव भीम चापागाईं, इलाम नगरपालिका २ का वडाध्यक्ष गिरिराज रिजाल, नेपाल प्रेस युनियनका गणेश घिमिरे, प्रेस सेन्टरका प्रदेश महासचिव सुजन तिम्सिना, नेपाल आदिवासी जनजाति पत्रकार महासंघ अध्यक्ष राम योङहाङ, सञ्चारिका समूह अध्यक्ष सिर्जना श्रेष्ठ, दलित आन्दोलनका अगुवा, अधिकारकर्मी लगायतले मन्तव्य राखेका थिए ।

संघ उपाध्यक्ष योगेन्द्र शंकरले सहभागी अतिथिलाई स्वागत गरेका थिए भने कार्यक्रमको सञ्चालन संघका जिल्ला सचिव विक्रम सुन्दासले गरेका थिए ।  उद्घाटनsf  अवसरमा संघले हरेक वर्ष एक क्रियाशील पत्रकारलाई पुरस्कृत गर्नेगरी पुरस्कार कोषको पनि घोषणा गरेको छ ।त्यसै अवसरमा दलित आन्दोलन र सञ्चारको क्षेत्रमा महत्वपूर्ण योगदान गर्ने दिवंगत युवाद्वय नवराज शंकर र रेशम बराइलीलाई मरणोपरान्त सम्मान समेत गरिएको छ ।

TOP