जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

बन्दले मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात ठप्प

  • प्रकाशित मितिः September 24, 2026
  • हाम्रो पालिका
बन्दले मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात ठप्प

ताप्लेजुङ:  पाथीभरा केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको समूहले आह्वान गरेको बन्दका कारण मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ , पाँचथर र इलाममा यातायात ठप्प भएको छ । सो समूहले आह्वान गरेको दुई दिने बन्दका कारण बुधवार बिहानैदेखि यातायात सेवा ठप्प भएको हो ।

ताप्लेजुङस्थित प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा पाथीभरा ९मुक्कुमलुङ० दर्शन केबलकार प्रालिले परियोजना सञ्चालन गर्न लागेको हो । यता आफ्नो माग विपरीत केबलकार परियोजनाको क्रियाकलाप सुरु गरिएकोभन्दै सङ्घर्षरत समूहले मङ्गलबार नै विज्ञप्ति जारी गर्दै मेची राजमार्ग, तमोर कोरिडोर र ताप्लेजुङ जिल्लामा यातायात बन्द आह्वान गरेको हो ।

बन्दका कारण मेची राजमार्ग र तमोर कोरिडोर हुँदै सञ्चालन हुने लामो दूरीका सवारी साधन ठप्प भएका छन् । यस्तै ताप्लेजुङभित्र सञ्चालन हुने स्थानीय यातायात सेवा पनि ठप्प भएको छ । यातायात सेवा ठप्प हुँदा मेची राजमार्ग हुँदै ताप्लेजुङदेखि पाँचथर, इलाम, झापा जाने यात्रु रोकिएका छन् । त्यस्तै तमोर कोरिडोर हुँदै ताप्लेजुङदेखि पाँचथर, धनकुटा चौबिसे, भेडेटार हुँदै धरान, इटहरीका लागि यात्रा गर्ने यात्रु पनि रोकिएका छन् ।

स्थानीय जनताको माग र भावना विपरीत केबलकार निर्माण गर्ने कार्यअन्तर्गत परियोजनास्थलमा रुख कटान गर्न सुरु गरिएपछि सङ्घर्षरत समूह थप आन्दोलित बनेको हो । केबलकार परियोजनाविरुद्ध सङ्घर्षरत रहेको मुक्कुमलुङ संयुक्त सङ्घर्ष समिति, पाथीभरा केबलकार खारेजी संयुक्त सङ्घर्ष समितिलगायत विभिन्न छ वटा समूहले संयुक्त विज्ञप्ति प्रकाशित गरी यातायात बन्दको आह्वान गरेका हुन् ।

पवित्र आस्थाको केन्द्र तथा ऐतिहासिक पवित्र धार्मिक स्थलमा बहुमूल्य जडीबुटी, राष्ट्रिय फूल लालीगुराँससहितका लोपोन्मुख वनस्पतिहरू डकैत शैलीमा कटान गर्न थालिएकाले आफूहरू आन्दोलनमा उत्रनुपरेको सङ्घर्षरत पक्षले उल्लेख गरेका छन् । ऐतिहासिक स्थलको वन उजाड बनाउने गरी रुख कटान गर्ने व्यक्तिहरूले सार्वजनिक रूपमा माफी माग्नुपर्ने र केबलकार योजना रद्द गर्नुपर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।गोरखापत्र अनलाईनबाट

TOP