जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेद्वारा लारुम्बाको चुनावी सभामा सम्बोधन,कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
रास्वपा सभापति एवं गृहमन्त्री लामिछानेद्वारा लारुम्बाको चुनावी सभामा सम्बोधन,कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप

इलाम:  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गृहमन्त्री रवि लामिछानेले नेपाली कांग्रेस प्रतिपक्षमा पुगेपछि बर्बराउन थालेको आरोप लगाएका छन् ।इलाम–२ को लारुम्बामा चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले रास्वपा प्रतिपक्षमा हुँदा निभाएको भूमिका हेर्न कांग्रेसलाई आग्रह गरे ।
रास्वपाबाट उम्मेदवार बनेका मिलन लिम्बुको पक्षमा मत माग्दै लामिछानेले इलाम–२ का स्वास्थ्य चौकी, अस्पताल बाटो हेरेर ३० वर्षमा पुराना पार्टीहरूले गरेको काम देखिने बताए ।‘जे छ, त्यही ठीक छ भन्ने लाग्छ भने त्यस्तैलाई निरन्तरता दिनुपर्दछ । होइन अब हामीले मत परिवर्तन गर्नुपर्छ भन्ने लाग्छ भने अब सोच्नै पर्दछ,’ गृहमन्त्री लामिछानेले भने
अस्तित्व र पहिचान रास्वपाले स्वीकारेको उनले मतदातासँग प्रतिवद्धता जनाए । ‘एउटा मात्रै पहिचान भएको ठाउँ होइन यो । यहाँ धेरै पहिचान छन् । यसमा गौरव गर्ने ठाउँमा कहिले पनि कञ्जुस्याईं गरेका छैनौं,’ लामिछानेले भने । उनले पहिचानको दायरा फराकिलो बनाउनुपर्ने धारणा राखे ।

TOP