Hamropalika menu advertisement

इलामबासीका समस्यामा सधैं साथ दिइरहेको छु: कांग्रेस उम्मेदवार खड्का

  • प्रकाशित मितिः August 30, 2026
  • हाम्रो पालिका
इलामबासीका समस्यामा सधैं साथ दिइरहेको छु: कांग्रेस उम्मेदवार खड्का

इलाम:  इलामस्थित नेपाली कांग्रेस सभापति तथा आउँदो १५ गते हुने इलाम क्षेत्र २ को उपनिर्वाचनका उम्मेदवार डम्बरबहादुर खड्काले इलामको शिर ठाडो हुनेगरी काम गर्ने प्रतिबद्धता जनाएका छन् ।उम्मेदवार खड्काले इलाम लामो समयदेखि विकासमा पछि परेको भन्दै इलामबासीका समस्यामा आफूले सधैं साथ दिइरहेको बताए ।

पार्टीले आज ९शनिबार० इलाम बजारमा आयोजना गरेको चुनावी सभामा खड्काले जस्तोसुकै संकटमा पनि आफूले इलामबासीको सेवा गरेको बताए ।‘फेरि पनि इलामबासीको सहयोग गर्ने अवसर दिनुुहुनेछ भन्ने विश्वास लिएको छु, यसपटक मलाई विजयी गराएर सहयोग गरिदिनुस्,’ उनले भने, ‘डम्बर खड्का तपाइँको आशामात्रै होइन, भरोसा हो, भरोसा गर्नुस् ।’

उनले पहिचानको मुद्दामा पनि कांगे्रेस सँगै रहेको बताए । उनले इलामको विकासमा धेरै काम हुन बाँकी रहेको भन्दै आफू निर्वाचित भए विकासका काममा सक्रिय भएर लागिपर्ने प्रतिबद्धता पनि गरे । पालिका पेज

TOP