जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

बैशाख १५ गते कांग्रेसलाई सबैले मतदान गर्छनः महामन्त्री बिश्व प्रकाश शर्मा

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
बैशाख १५ गते कांग्रेसलाई सबैले मतदान गर्छनः महामन्त्री बिश्व प्रकाश शर्मा

इलाम: नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टीलाई भरोसा गर्न सबैलाई आग्रह गरेका छन् । इलाम चोकबजारमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै महामन्त्री शर्माले कांग्रेसले सधै जनताकै पक्षमा काम गरेको भन्दै कहीँ कतै बेइमान नगरेको पनि बताए ।सो क्रममा उनले गृहमन्त्री रवि लामिछानेमाथि छानबिन हुनुपर्ने बताए । मकै पोलेकी आमाले थोरै थोरै पैसा जम्मा गरेर सहकारीमा गएर जम्मा गर्ने अनि त्यही पैसा अर्कैले कुम्ल्याउने राम्रो नभएको बताए ।
उनले गृहमन्त्री रवि लामिछाने सहकारीको ठगी प्रकरणमा मुछिएको भन्दै छानबिन गर्न संसदीय छानबिन समिति बनाउनु पर्ने बताएका हुन् ।
उनले दोषी भए कारबाही होस् मुक्त भए स्वागत गरौँ भनी उनले बताएका छन् । कांग्रेसका दुवै महामन्त्रीले २०४६ साल यताका सबै सार्वजनिक पदमा आसिनहरुको सम्पत्ति छानबिन गर्नुपर्ने भनी संसदमा प्रस्ताव दर्ता गराएको स्मरण गराउँदै महामन्त्री शर्माले गृहमन्त्री लामिछानेले पनि सहज रुपमा छानबिन गर्न दिनुपर्ने बताए ।रवि लामिछानेले सबै कुरा स्वीकार गर्ने तर छानबिन गर्न स्वीकार नगर्ने यो दुर्भाग्य भएको बताए । उनले इलामे एक सोझो राई दाइको उदाहरण दिँदै भनले राई दाइले पाँच हजार खायो भनेर उजुरी पर्यो भने प्रहरीले लगेर जाने अनि ८० करोड खायो भनेर उजुरी पर्यो भने प्रहरीले सलाम गर्नुपर्ने रु भनेर उनले प्रश्न गरे टीभीमा काम गर्ने रवि लामिछाने र सहकारीको ठगी गर्ने रवि लामिछाने एकै हो कि हैन रु छानबिन गरे स्पष्टै हुने पनि महामन्त्री शर्माले बताए ।
संघीयतामा विश्वास गर्ने पार्टी रास्वपाले किन बझाङ १ ९क० मा उम्मेदवार खोइ त रु भनी प्रश्नसमेत गरे ।रास्वपाका एक कार्यकर्ताको भनाइलाई उद्धृत गर्दै नेता शर्माले कांग्रेस छाडेर संघीयता नमान्नेको पछाडि लागेकाले अहिले पार्टीमा प्रवेश गरे लाज हुने भन्दै बैशाख १५ मा भने कांग्रेसलाई नै भोट हाल्ने बताएको सुनाए ।

TOP