जीवनशैली सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने अर्थ वाणिज्य रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै अर्थ वाणिज्य पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात कला / मनोरञ्जन ‘किम्फ’ फिल्ममा रम्दै इलामेली अर्थ वाणिज्य इलामको माइजोगमाई गाउँपालिकाको माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित
Hamropalika menu advertisement

इलामको गोर्खेमा स्वास्थ्य शिविर हुँदै, ३५ सयमा ‘होलबडी जाँच

  • प्रकाशित मितिः January 22, 2025
  • हाम्रो पालिका
इलामको गोर्खेमा स्वास्थ्य शिविर हुँदै, ३५ सयमा ‘होलबडी जाँच
Spread the love

इलाम:  सूर्योदय नगरपालिका–१ गोर्खे बजारमा कम मुल्यमा ‘होलबडी चेकअप’ गर्न शिविर आयोजना गरिने भएको छ । नेपाल रेडक्रस सोसाईटी गोर्खे उपशाखा र सूर्यविनायक मेडिकल हल पशुपतिनगरको आयोजनामा यहि वैशाख ९ गते शिविर सञ्चालन गरिने रेडक्रस गोर्खे उपशाखाका सभापति निधिप्रसाद पोखरेलले बताउनुभएको छ ।

‘९ गते सबैको भिडियो एक्स रे गरिन्छ । प्राप्त रिपोर्टका आधारमा ११ गते विशेषज्ञको परामर्श हुन्छ ।’ पोखरलले भन्नुभयो, ‘यस क्षेत्रमा पहिलोपटक उच्च प्रविधिको स्वास्थ्य शिविर आयोजना हुनेभएपछि नाम टिपाउनेको संख्या बढ्दै गएको छ । आवश्यकता परेमा एक दिन थप गरेर भएपनि सेवा उपलब्ध गराउने हाम्रो तयारी छ ।’

अस्पतालमा करिब पन्ध्र हजार तिरेर गरिने ‘होलबडी चेकअप’ आयोजकले तीन हजार पाँच सय रुपैयामा नै गरिदिने भएपछि नाम टिपाउनेको संख्या बढेको हो ।नारपाटा हेल्थ केयर प्रा।लि काठमाण्डौँ र पशुपति ओरल डेण्टल पशुपतिनगरकोे प्राविधिक सहयोग रहने शिविरमा वडा कार्यालयले खाना ब्यवस्थापनमा सहयोग गर्ने सभापति पोखरेलले बताउनुभयो ।

शिविरमा कलेजो,मृगौला,मुटु र थाइराइट कार्य, चिनी रोग र रक्त कोष परिक्षण हुनेछ भने युरिक एसिड जाँच,ई।सि।जि, भिडियो एक्स–रे, बरिष्ट चिकित्सक परामर्श, तीन महिने सुगर र निशुल्क दन्त परिक्षण हुनेछ ।वैशाख ९ गते विहान ७ बजेबाट शिविर सुरु हुने छ । एक्स–रे गर्न खालि पेटमा सहभागि हुन आग्रह गरिएको छ । थप जानकारि लिन सम्पर्क ब्यक्ति निधि पोखरेललाई ९८४२६५२३८० मा सम्पर्क गर्न सकिने सुचनामा उल्लेख छ ।

‘पछिल्लो समय मानिसहरुमा थाहा नपाई जटिल रोगले आक्रमण गर्र्न थालेपछि स्वास्थ्य क्षेत्रमा समस्या हुँदै गएको छ ।’ रेडक्रस गोर्खे उपशाखाका सचिव कुल प्रसाद ढकालले भन्नुभयो, ‘रोगले नच्यापि अस्पताल नजाने हाम्रो बानी र जिल्ला बाहिरका अस्पताल पुगेर चेक गर्न महंगो शुल्क तिर्नुपर्ने भएपछि शरीर भित्रको रोग पहिचान हुन नसक्दा स्वास्थ्यमा समस्या बढेको छ । सकेसम्म इच्छुक सबैको चेकजाँच गराउने गरि तयारी गरेका छौँ ।’

TOP