जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामको गोर्खेमा स्वास्थ्य शिविर हुँदै, ३५ सयमा ‘होलबडी जाँच

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
इलामको गोर्खेमा स्वास्थ्य शिविर हुँदै, ३५ सयमा ‘होलबडी जाँच

इलाम:  सूर्योदय नगरपालिका–१ गोर्खे बजारमा कम मुल्यमा ‘होलबडी चेकअप’ गर्न शिविर आयोजना गरिने भएको छ । नेपाल रेडक्रस सोसाईटी गोर्खे उपशाखा र सूर्यविनायक मेडिकल हल पशुपतिनगरको आयोजनामा यहि वैशाख ९ गते शिविर सञ्चालन गरिने रेडक्रस गोर्खे उपशाखाका सभापति निधिप्रसाद पोखरेलले बताउनुभएको छ ।

‘९ गते सबैको भिडियो एक्स रे गरिन्छ । प्राप्त रिपोर्टका आधारमा ११ गते विशेषज्ञको परामर्श हुन्छ ।’ पोखरलले भन्नुभयो, ‘यस क्षेत्रमा पहिलोपटक उच्च प्रविधिको स्वास्थ्य शिविर आयोजना हुनेभएपछि नाम टिपाउनेको संख्या बढ्दै गएको छ । आवश्यकता परेमा एक दिन थप गरेर भएपनि सेवा उपलब्ध गराउने हाम्रो तयारी छ ।’

अस्पतालमा करिब पन्ध्र हजार तिरेर गरिने ‘होलबडी चेकअप’ आयोजकले तीन हजार पाँच सय रुपैयामा नै गरिदिने भएपछि नाम टिपाउनेको संख्या बढेको हो ।नारपाटा हेल्थ केयर प्रा।लि काठमाण्डौँ र पशुपति ओरल डेण्टल पशुपतिनगरकोे प्राविधिक सहयोग रहने शिविरमा वडा कार्यालयले खाना ब्यवस्थापनमा सहयोग गर्ने सभापति पोखरेलले बताउनुभयो ।

शिविरमा कलेजो,मृगौला,मुटु र थाइराइट कार्य, चिनी रोग र रक्त कोष परिक्षण हुनेछ भने युरिक एसिड जाँच,ई।सि।जि, भिडियो एक्स–रे, बरिष्ट चिकित्सक परामर्श, तीन महिने सुगर र निशुल्क दन्त परिक्षण हुनेछ ।वैशाख ९ गते विहान ७ बजेबाट शिविर सुरु हुने छ । एक्स–रे गर्न खालि पेटमा सहभागि हुन आग्रह गरिएको छ । थप जानकारि लिन सम्पर्क ब्यक्ति निधि पोखरेललाई ९८४२६५२३८० मा सम्पर्क गर्न सकिने सुचनामा उल्लेख छ ।

‘पछिल्लो समय मानिसहरुमा थाहा नपाई जटिल रोगले आक्रमण गर्र्न थालेपछि स्वास्थ्य क्षेत्रमा समस्या हुँदै गएको छ ।’ रेडक्रस गोर्खे उपशाखाका सचिव कुल प्रसाद ढकालले भन्नुभयो, ‘रोगले नच्यापि अस्पताल नजाने हाम्रो बानी र जिल्ला बाहिरका अस्पताल पुगेर चेक गर्न महंगो शुल्क तिर्नुपर्ने भएपछि शरीर भित्रको रोग पहिचान हुन नसक्दा स्वास्थ्यमा समस्या बढेको छ । सकेसम्म इच्छुक सबैको चेकजाँच गराउने गरि तयारी गरेका छौँ ।’

TOP