खेलकुद कोशी प्रदेश स्तरीय राष्ट्रपति रनिङ शिल्डमा २२ पदक सहित इलाम जिल्ला तेस्रो स्थानमा पालिका विशेष सूर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ Uncategorized सर्योदयको छिपिटारबाट खैरो हिरोइन सहित सुनिल श्रेष्ठ पक्राउ कुराकानी इलाम नगरपालिकाको सूचना पालिका विशेष सूर्योदयका सामुदायिक बिद्यालयलाई २० लाख बराबरको आईसीटी सामग्री हस्तान्तरण जीवनशैली सूर्योदय नगरपालिकाको ८ र ९ ‘वातावरणमैत्री वडा’ घोषणा पालिका विशेष सूर्योदय नगरपालिकाको वातावरणमैत्री वडा घोषणाको सूचना पालिका विशेष करफोकमा पर्यटन पत्रकारिता तालिम कला / मनोरञ्जन फिक्कलमा बृहत साकेला प्रदर्शनी गरिदै अर्थ वाणिज्य सूर्योदयका ५५५ जना किसानलाई कृषि सामग्री वितरण
Hamropalika menu advertisement

पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमको मंगलबारेमा चुनावी सभा

  • प्रकाशित मितिः June 13, 2025
  • हाम्रो पालिका
पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमको मंगलबारेमा चुनावी सभा

इलाम: मुढा चुनाव चिन्ह मुढा पाएका पहिचानवादी स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकले शुक्रबार इलामको मंगलबारे बजारमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै किरात राई यायोक्खा उपाध्यक्ष राकेश राईले डकेन्द्रसिंह थेगिमले चुनाव हारेमा पितृदेवले सराप्ने भन्दै मुढा चिन्हमा भोट लगाउन आव्हान गरेका छन् । राई समुदायले आफ्नो पूर्खालाई पितृदेवा वा भगवान मान्दछ । पितृ रिसाएमा घर परिवार र गाउँमा अशुभहुने विस्वास राख्दछन् ।
राई समुदायको साझा संस्था किरात राई यायोक्खाले स्वातन्त्र उमेद्वार डकेन्दसिंह थेगिम लिम्बूलाई भोट लगाउने निर्णय गरेको भन्दै राई लगायत इलाम—२ का आम मतदातालाई हातले बुनेको मुढामा भोट लगाउन अनुरोध गरेका छन् । सभामा अभियान्ता तथा नेपाल आदिबासी जनजाति महासंघका पूर्ब महासचिव आङ्काजी शेर्पाले डकेन्द्रसिंह थेगिम स्थानीय ओर्गानिक उमेद्वार भएकाले सबै लागेर जिताउन आव्हान गरेका छन् ।
थेगिम इलामे जनताको सुख, दुःखमा रहने उमेद्वार भएको शेर्पाले बताए । शेर्पाले अष्ट्रेलियामा विदेशीको भाडाँ माझ्दै गरेका सुहाङलाई टिकट दिएर एमालेले अन्याय गरेको भन्दै राजाको छोरा राजा मानेर बस्नुभन्दा इमान्दार कार्याकर्ताले डकेन्द्र थेगिमलाई भोट लगाउने बताए ।
चुनावी सभामा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू, चुम्लुङ संघीय अध्यक्ष प्रेम एक्तेन, पूर्व संस्कृति मन्त्री गोपाल किराती, केशव सुर्यबंशी, आर्यन मंगोल, पदम अधिकारी लगायतले विचार राखेका थिए । कार्यक्रममा गायक कलाकार एकदेब लिम्बू, सुनिता थेगिम, गंगा फियाक, तिर्सना नेम्वाङ, राजेन्द्र केरुङ लगायतले गीत प्रस्तुत गरेका थिए ।

 

TOP