प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमको मंगलबारेमा चुनावी सभा

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
पहिचानवादी उम्मेदवार डकेन्द्रसिंह थेगिमको मंगलबारेमा चुनावी सभा

इलाम: मुढा चुनाव चिन्ह मुढा पाएका पहिचानवादी स्वतन्त्र उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू समर्थकले शुक्रबार इलामको मंगलबारे बजारमा चुनावी सभा गरेका छन् । सभालाई सम्बोधन गर्दै किरात राई यायोक्खा उपाध्यक्ष राकेश राईले डकेन्द्रसिंह थेगिमले चुनाव हारेमा पितृदेवले सराप्ने भन्दै मुढा चिन्हमा भोट लगाउन आव्हान गरेका छन् । राई समुदायले आफ्नो पूर्खालाई पितृदेवा वा भगवान मान्दछ । पितृ रिसाएमा घर परिवार र गाउँमा अशुभहुने विस्वास राख्दछन् ।
राई समुदायको साझा संस्था किरात राई यायोक्खाले स्वातन्त्र उमेद्वार डकेन्दसिंह थेगिम लिम्बूलाई भोट लगाउने निर्णय गरेको भन्दै राई लगायत इलाम—२ का आम मतदातालाई हातले बुनेको मुढामा भोट लगाउन अनुरोध गरेका छन् । सभामा अभियान्ता तथा नेपाल आदिबासी जनजाति महासंघका पूर्ब महासचिव आङ्काजी शेर्पाले डकेन्द्रसिंह थेगिम स्थानीय ओर्गानिक उमेद्वार भएकाले सबै लागेर जिताउन आव्हान गरेका छन् ।
थेगिम इलामे जनताको सुख, दुःखमा रहने उमेद्वार भएको शेर्पाले बताए । शेर्पाले अष्ट्रेलियामा विदेशीको भाडाँ माझ्दै गरेका सुहाङलाई टिकट दिएर एमालेले अन्याय गरेको भन्दै राजाको छोरा राजा मानेर बस्नुभन्दा इमान्दार कार्याकर्ताले डकेन्द्र थेगिमलाई भोट लगाउने बताए ।
चुनावी सभामा उमेद्वार डकेन्द्रसिंह थेगिम लिम्बू, चुम्लुङ संघीय अध्यक्ष प्रेम एक्तेन, पूर्व संस्कृति मन्त्री गोपाल किराती, केशव सुर्यबंशी, आर्यन मंगोल, पदम अधिकारी लगायतले विचार राखेका थिए । कार्यक्रममा गायक कलाकार एकदेब लिम्बू, सुनिता थेगिम, गंगा फियाक, तिर्सना नेम्वाङ, राजेन्द्र केरुङ लगायतले गीत प्रस्तुत गरेका थिए ।

 

TOP