प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

वैशाख १५ मा हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनको तयारी तीव्र

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
वैशाख १५ मा हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनको तयारी तीव्र

इलाम:  निर्वाचन आयोगसहित सरकारी निकायहरूले वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनको तयारी तीव्र पारेका छन् । उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त भइरहेका बेला सुरक्षा निकायलगायतका सरकारी संयन्त्रहरुले पनि आफ्नो कामको गति बढाएका हुन् ।

निर्वाचनमा आवश्यक पर्ने मतपेटिका र मतपत्रसहितको निर्वाचन सामग्री जिल्लामा पुगिसकेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित गृह र रक्षा सचिवहरूको संयुक्त टोलीले निर्वाचन सुरक्षासम्बद्व सरोकारवालाहरुसँग छलफल गरेको छ । निर्वाचन आचार संहिता लागू भइसकेकाले अव दलहरूले चुनावी सभा र प्रचार(प्रसारका कार्यक्रमलाई व्यवस्थित गर्न आयोगले आग्रह गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतसहित निर्वाचनमा खटाइने ७ सय ४९ जना कर्मचारीको सूची तयार गरेको छ । योसँगै प्राप्त भएका मतपत्र रुजु गरिँदैछ । अब मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएर आवश्यक सामग्रीसहित मतदान स्थलमा खटाउने तयारी छ ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला सुरक्षा समितिले इलामका ९७ वटै मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेर सुरक्षा योजना बनाएको छ । उपनिर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ८ सय ९४ जना कर्मचारी खटाइँदैछ । निर्वाचनको सुरक्षाका लागि ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइने छ ।

जिल्ला निर्वाचन कार्यालयले वैशाख ११ गतेसम्मका लागि ८४ जना मतदाता शिक्षा स्वयंसेवक खटाएको छ । योसँगै मतदान स्थलमा आवश्यक पर्ने सबै खालका सामग्री व्यवस्थापन भइसकेको कार्यालयले जनाएको छ ।निर्वाचनसम्बद्ध निकायले तयारी तीव्र पारेपछि चुनाव शान्तिपूर्ण हुने अपेक्षा मतदाताको छ । बिप्लब भटराई कान्तिपुर

TOP