खेलकुद माई हुने राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको तयारी पुरा पालिका विशेष इलाको सुन्तलेका धनराज राईको हत्या, छोरा–बुहारी पक्राउ खेलकुद राष्ट्रपति रनिङ शिल्डले इलाममा ग्रामिण खेलकुद जुर्मुराउदै पालिका विशेष सूर्योदयमा बाल शिक्षकका लागि मन्टेश्वरी तथा क्षमता विकास तालिम पालिका विशेष सूर्योदयमा पाठेघरको मुखको क्यान्सर बिरुद्धको एचपिभी खोप अभियान शुरु प्रदेश माओवादी केन्द्र इलाम नगरको दोश्रो अधिबेशन सम्पन्न जीवनशैली टोल बिकास संस्थालाई ब्यवस्थित गर्दै सूर्योदय पालिका विशेष चुम्लुङको सूर्योदय नगर अधिवेसन सम्पन्न जीवनशैली एच पि.भी. खोप अभियान सम्बन्धि सूर्योदय नगरपालिकाको सूचना पर्यटन पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो
Hamropalika menu advertisement

वैशाख १५ मा हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनको तयारी तीव्र

  • प्रकाशित मितिः February 15, 2025
  • हाम्रो पालिका
वैशाख १५ मा हुने इलाम क्षेत्र नं. २ को उपनिर्वाचनको तयारी तीव्र
Spread the love

इलाम:  निर्वाचन आयोगसहित सरकारी निकायहरूले वैशाख १५ गते हुने इलाम क्षेत्र नं २ को उपनिर्वाचनको तयारी तीव्र पारेका छन् । उम्मेदवारहरू प्रचारप्रसारमा व्यस्त भइरहेका बेला सुरक्षा निकायलगायतका सरकारी संयन्त्रहरुले पनि आफ्नो कामको गति बढाएका हुन् ।

निर्वाचनमा आवश्यक पर्ने मतपेटिका र मतपत्रसहितको निर्वाचन सामग्री जिल्लामा पुगिसकेको छ । निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित गृह र रक्षा सचिवहरूको संयुक्त टोलीले निर्वाचन सुरक्षासम्बद्व सरोकारवालाहरुसँग छलफल गरेको छ । निर्वाचन आचार संहिता लागू भइसकेकाले अव दलहरूले चुनावी सभा र प्रचार(प्रसारका कार्यक्रमलाई व्यवस्थित गर्न आयोगले आग्रह गरेको छ ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयले मतदान अधिकृतसहित निर्वाचनमा खटाइने ७ सय ४९ जना कर्मचारीको सूची तयार गरेको छ । योसँगै प्राप्त भएका मतपत्र रुजु गरिँदैछ । अब मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई प्रशिक्षण दिएर आवश्यक सामग्रीसहित मतदान स्थलमा खटाउने तयारी छ ।

प्रमुख जिल्ला अधिकारी संयोजक रहेको जिल्ला सुरक्षा समितिले इलामका ९७ वटै मतदान स्थललाई अति संवेदनशील सूचीमा राखेर सुरक्षा योजना बनाएको छ । उपनिर्वाचनमा मतदान अधिकृत र सहायक मतदान अधिकृत सहित ८ सय ९४ जना कर्मचारी खटाइँदैछ । निर्वाचनको सुरक्षाका लागि ३ हजारभन्दा बढी सुरक्षाकर्मी खटाइने छ ।

जिल्ला निर्वाचन कार्यालयले वैशाख ११ गतेसम्मका लागि ८४ जना मतदाता शिक्षा स्वयंसेवक खटाएको छ । योसँगै मतदान स्थलमा आवश्यक पर्ने सबै खालका सामग्री व्यवस्थापन भइसकेको कार्यालयले जनाएको छ ।निर्वाचनसम्बद्ध निकायले तयारी तीव्र पारेपछि चुनाव शान्तिपूर्ण हुने अपेक्षा मतदाताको छ । बिप्लब भटराई कान्तिपुर

TOP