प्रदेश रास्वपा इलामको सभापतिमा महत जीवनशैली इलाममा केचना-कञ्चनजङ्घा रेस्पोन्सिबल टुरिजम मिट जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न
Hamropalika menu advertisement

आचारसंहिता विपरित इलाममा दुर्गा प्रसाईंको ‘नो भोट’ अभियान

  • प्रकाशित मितिः June 16, 2026
  • हाम्रो पालिका
आचारसंहिता विपरित इलाममा दुर्गा प्रसाईंको ‘नो भोट’ अभियान

इलाम:  आउँदो १५ गते हुने इलाम क्षेत्र २ को उपनिर्वाचन लक्षित गरेर बिहिबार सदरमुकामस्थित चोकबजारमा ‘नो भोट’ अभियान चलाईएको छ । निर्वाचन आचारसंहिता–२०७९ को परिच्छेद २ दफा ४ ९थ० मा निर्वाचनलाई प्रतिकूल प्रभाव पार्ने वा अवरोध गर्नेगरी विचार राख्न, प्रचारप्रसार गर्न नपाइने व्यवस्था छ ।

तर, झापाका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले नेतृत्व गरेको धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियानको ब्यानरमा ‘नो भोट’को सभा शुक्रबार दिनभर चल्यो । सभामा प्रसाईं आफैं सहभागी भए भने उनको स्वागतका लागि ‘पञ्चकन्या’का नाममा बालबालिका प्रयोग गरियो ।

महाअभियानमा सहभागी हुन जिल्लाबाहिरबाट दर्जनौं सवारी साधनमा हुलका हुल मानिस आए । उनीहरूले भारतीय नम्बरका सवारी साधन ल्याएका थिए । उनीहरूले ल्याएका भारतीय सवारीमा नेपालको राष्ट्रिय झन्डा प्रयोग गरिएको थियो ।

र, गाडीमा टाँसिएका प्लेक्समा लेखिएको थियो–‘धर्म, राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाभियान ।’ महाभियानमा आउनेले प्लेकार्डमा समेत ‘नो भोट’ लेखेका थिए ।इलाम सदरमुकाममा आउँदो निर्वाचनलाई प्रभाव पार्न आचारसंहिता विरुद्धको कार्यक्रम चलिरहेपनि प्रशासन मौन देखिएको स्थानिय भिम विशुङ्खेले बताउनुभयो ।

जिल्ला प्रहरी प्रमुख एसपी वासुदेव खतिवडाले निर्वाचनविरोधी क्रियाकलापलाई कडाई गरिएको भन्दै निर्वाचनविरुद्ध कुनै कार्यक्रम हुन नदिने दाबी गर्नुभएको छ । तर, खुलेआम सयौँ सुरक्षाकर्मीको घेरा भित्र आचारसंहिता विरुद्धको कार्यक्रम चलिरहँदा प्रशासन रमिते देखिएको अर्का स्थानीय वविता मैनालिले बताउनुभयो ।

‘यस्तो कार्य विरुद्ध निर्वाचन कार्यालय र प्रशासनको ध्यान जानुपर्छ ।’ मैनालिले भन्नुभयो ‘एकातिर मतदाता शिक्षा भन्दै सिकाउँदै हिँड्ने चोकबजारमा नो भोट भन्ने अभियान चल्दा नदेख्ने पनि हुन्छ ।’

TOP