जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाममा छोरीले गर्दैछन् बाबुको ‘काजक्रिया’

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलाममा छोरीले गर्दैछन् बाबुको ‘काजक्रिया’

फिक्क्ल : हिन्दु धर्मावलम्बीहरुको परम्पराअनुसार बाबुआमाको मृत्यु हुँदा छोराले नै दागबत्ती दिने र काजकिरिया गरेको प्रचलन रहेको पाइन्छ । बाबुआमाको मृत्युपश्चात् छोरीले दागबत्ती दिन हुन्न भन्ने परम्परा अझै पनि यो समाजमा रहँदै आएको छ । तर पछिल्लो समयमा छोरीले पनि आफ्ना बाबुआमाको मृत्यु हुँदा दागबत्ती दिएको विरलै मात्रामा देख्न र सुन्न सकिन्छ ।

त्यस्तै समाजलाई चुनौती दिँदै उदाहरणीय छोरी बनेका छन् इलामका पुनम अधिकारी कार्की र उनका बहिनिहरु कल्पना अधिकारी कार्की,सुनी अधिकारी मगर र कान्छी बहिनी हेमकुमारी अधिकारी । बुवा भविन्द्र अधिकारीको गत फागुन ३० गते निधन भएपछि चार जना छोरी र आमा अनन कुमारी काजक्रियामा बसेका हुन् । हिन्दु धर्म संस्कार अनुसार छोरा मात्र क्रिया बस्नुपर्छ भन्ने मान्यतालाई अस्विकार गर्दै उनिहरु क्रिया बसेका छन् । सूर्योदय नगरपालिका–१२ का भविन्द्रको ८१ बर्षको उमेरमा निधन भएपछि छोरीहरु क्रिया बसेको स्थानीय रमेश भट्टराईले बताउनुभयो ।

महिला किरियाकर्ममा बस्न नपाउने भनि शास्त्रमा कहिँ उल्लेख नभएको कर्म गराई रहनु भएका याङका पण्डित सोमनाथ घिमिरेले बताउनु भयो । छोराछोरी बराबरी भएको भन्दै बुवाआमाको काजक्रिया छोराले मात्र गर्नुपर्छ भन्ने परम्परागत सोचमा परिबर्तन ल्याउनका लागि आफुहरु बुवाको काजमा बसेको जेठी छोरी पुनमले बताउनु भयो ।

TOP