कला / मनोरञ्जन “मैले गाउने गीतहरुमा” सार्वजनिक जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन
Hamropalika menu advertisement

इलाम साखेजुङको बहुप्राविधिक शिक्षालय उद्घाटन

  • प्रकाशित मितिः November 9, 2025
  • हाम्रो पालिका
इलाम साखेजुङको बहुप्राविधिक शिक्षालय उद्घाटन

इलाम:  इलाम नगरपालिका–१, साखेजुङमा सञ्चालित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको आज ९बिहीबार० औपचारिक उद्घाटन गरिएको छ ।पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षालय उद्घाटन गरे । खनालको जन्मगाउँमा निर्मित शिक्षालयका लागि उनी आफैंले यसअघि ५६ रोपनी जग्गासमेत दान दिएका थिए । उद्घाटन अवसरमा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०को आंगिक तथा कोशी प्रदेशको नमुना प्राविधिक शिक्षालयका रूपमा २०७४ सालमा सालमा यो शिक्षालय स्थापना भएको हो । शिक्षालयले स्थापनाको वर्ष डिप्लोमातर्फको तीनवर्षे पशुविज्ञान कार्यक्रम सञ्चालन गरेको थियो । २०७५ र २०७६ सालमा बाली विज्ञान र वन विज्ञान थपियो । २०७७ सालमा सिभिल इन्जिनियरिङ र फार्मेसी सञ्चालन गरियो । २०७७ सालमा फार्मेसीतर्फ विशेष फार्मेसी कार्यक्रम थप गरी यो वर्षदेखि प्रिडिप्लोमातर्फको चिया प्रविधि पनि थपेर छ कार्यक्रम सञ्चालन भइरहेको शिक्षालय प्रमुख दीपक खनालले जानकारी दिए ।

‘विशेष छात्रवृत्तितर्फ डिप्लोमा कार्यक्रम र फार्मेसी सिभिल इन्जिनियरिङमा छोटो अवधिका कार्यक्रम, सीप परीक्षणका कार्यक्रमसमेत नियमित चलिरहेका छन्,’ उनले भने, ‘शिक्षालयमा अहिले साढे पाँच सय हारहारीमा विद्यार्थी अध्ययनरत छन् ।’शिक्षालयमा डिप्लोमातर्फ फार्मेसीमा डेढ सय, कृषितर्फ पशुविज्ञान र बालीविज्ञानमा डेढ सय, सिभिल इन्जिनियरिङमा एक सय ४५, फरेस्टमा ७०, प्रि–डिप्लोमा चियातर्फ ४० विद्यार्थी छन् । शिक्षालयमा इलामसहित देशका विभिन्न जिल्लाका विद्यार्थी अध्ययनरत छन् । यहाँबाट अहिलेसम्म करिब सय विद्यार्थी ग्राजुएटेड भएको शिक्षालयले जनाएको छ ।पालिका पेजबाट

TOP