जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलाम साखेजुङको बहुप्राविधिक शिक्षालय उद्घाटन

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलाम साखेजुङको बहुप्राविधिक शिक्षालय उद्घाटन

इलाम:  इलाम नगरपालिका–१, साखेजुङमा सञ्चालित रत्नकुमार बान्तवा बहुप्राविधिक शिक्षालयको आज ९बिहीबार० औपचारिक उद्घाटन गरिएको छ ।पूर्वप्रधानमन्त्री झलनाथ खनालले शिक्षालय उद्घाटन गरे । खनालको जन्मगाउँमा निर्मित शिक्षालयका लागि उनी आफैंले यसअघि ५६ रोपनी जग्गासमेत दान दिएका थिए । उद्घाटन अवसरमा विभिन्न सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो ।

प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् ९सिटिइभिटी०को आंगिक तथा कोशी प्रदेशको नमुना प्राविधिक शिक्षालयका रूपमा २०७४ सालमा सालमा यो शिक्षालय स्थापना भएको हो । शिक्षालयले स्थापनाको वर्ष डिप्लोमातर्फको तीनवर्षे पशुविज्ञान कार्यक्रम सञ्चालन गरेको थियो । २०७५ र २०७६ सालमा बाली विज्ञान र वन विज्ञान थपियो । २०७७ सालमा सिभिल इन्जिनियरिङ र फार्मेसी सञ्चालन गरियो । २०७७ सालमा फार्मेसीतर्फ विशेष फार्मेसी कार्यक्रम थप गरी यो वर्षदेखि प्रिडिप्लोमातर्फको चिया प्रविधि पनि थपेर छ कार्यक्रम सञ्चालन भइरहेको शिक्षालय प्रमुख दीपक खनालले जानकारी दिए ।

‘विशेष छात्रवृत्तितर्फ डिप्लोमा कार्यक्रम र फार्मेसी सिभिल इन्जिनियरिङमा छोटो अवधिका कार्यक्रम, सीप परीक्षणका कार्यक्रमसमेत नियमित चलिरहेका छन्,’ उनले भने, ‘शिक्षालयमा अहिले साढे पाँच सय हारहारीमा विद्यार्थी अध्ययनरत छन् ।’शिक्षालयमा डिप्लोमातर्फ फार्मेसीमा डेढ सय, कृषितर्फ पशुविज्ञान र बालीविज्ञानमा डेढ सय, सिभिल इन्जिनियरिङमा एक सय ४५, फरेस्टमा ७०, प्रि–डिप्लोमा चियातर्फ ४० विद्यार्थी छन् । शिक्षालयमा इलामसहित देशका विभिन्न जिल्लाका विद्यार्थी अध्ययनरत छन् । यहाँबाट अहिलेसम्म करिब सय विद्यार्थी ग्राजुएटेड भएको शिक्षालयले जनाएको छ ।पालिका पेजबाट

TOP