जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

डिडिसीले दिएन नौ लाख ५६ हजार लिटर दूधको भुक्तानी

  • प्रकाशित मितिः April 16, 2026
  • हाम्रो पालिका
डिडिसीले दिएन नौ लाख ५६ हजार लिटर दूधको भुक्तानी

इलाम :  इलामका किसानले दुग्धजन्य पदार्थको निकासी र भुक्तानीमा देखिएको समस्या समाधानका लागि पहल गर्न इलाम नगरपालिकासँग माग गरेका छन् । इलाम नगरपालिकाद्वारा  आयोजित ‘इलाम नगर क्षेत्रभित्र दुग्ध क्षेत्रमा देखिएको समस्या र समाधान’ विषयक अन्तक्र्रिया कार्यक्रममा सहभागीले पछिल्लो पाँच महिनादेखि दूध र दुग्धजन्य पदार्थको भुक्तानी नहुँदा समस्या भोग्नुपरेको गुनासो गरेका थिए ।

इलाम–५ का किसान वीरबहादुर अधिकारीले गतसाउन १५ देखि दूधको पैसा नपाएको गुनासो पोख्नुभयो । “साउनयता दूधको भुक्तानी भएको छैन । पाउनुपर्ने रकम नपाएपछि परिवार चालाउन धौधौ भइसक्यो”, उहाँले भन्नुभयो, “हामीले कसलाई भन्दा भुक्तानी हुने हो, थाहा छैन । हाम्रो अभिभावक नगरपालिका हो । नगरपालिकाले आवश्यक पहल गरिदिनुपर्छ ।”

सोही ठाउँका अर्का किसान गङ्गाप्रसाद नेपालले किसानले पाउनुपर्ने रकम स्थानीय, प्रदेश र सङ्घीय सरकार मिलेर भुक्तानी गर्न माग गर्नुभयो । उहाँले किसानले दूधको भुक्तानी नपाउँदा नगरपालिकाले राहतको कार्यक्रम नल्याएको गुनासो गर्दै दुग्ध उत्पादक किसानलाई राहत ‘प्याकेज ’ ल्याउन नगरपालिकासँग माग गर्नुभयो ।

इलाम–५ माइपोखरीका किसान भुप्रसाद बजगाईँले दूध लिन दुग्ध विकास संस्थान ९डिडिसी०को गाडी दैनिक आउन छोडेकाले दूध बिक्री हुन छोडेको बताउनुभयो । “डिडिसीको गाडी दैनिकरूपमा दुग्ध चिस्यान केन्द्रमा आउनुपर्ने हो । तर आजकल दुई–तीन दिनमा मात्र आउँछ । नआएको दिन दूध बिक्री हुँदैन, किसान मारमा छन्”, उहाँले भन्नुभयो, “किसानको दूध लिन कमसेकम डिडिसीको गाडी दैनिकरूपमा आउने वातावारण बनाउन नगरपालिले पहल गर्नुपर्छ ।”

जिल्ला दुग्ध उत्पादक सहकारी सङ्घ इलामका अध्यक्ष होम कट्टेलले गत भदैदेखि किसानले दूधको भुक्तानी नपाएको गुनासो गर्नुभयो । उहाँले माघ तेस्रो सातासम्म पनि दूधको भुक्तानी नपाए किसानले आन्दोलन गर्नुपर्ने परिस्थिति सिर्जना भएको बताउनुभयो ।

“किसानले गत भदौदेखि हालसम्म मासिक १५ दिनको मात्र दूधको भुक्तानी पाएका छन् । किसानलाई दैनिक गुजारा चलाउनसमेत धौधौ पर्न थालिसक्यो”, उहाँले भन्नुभयो, “किसानका समस्या समाधानका लागि चाँडो पहल गरियोस् । यो महिनाको तेस्रो सातासम्म पनि भुक्तानी नपाए किसान आन्दोलित हुनुको विकल्प छैन ।”

डिडिसीले साउनदेखि पुससम्मको नौ लाख ५६ हजार पाँच सय ६० लिटर दूधको भुक्तानी दिन बाँकी रहेको अध्यक्ष कट्टेलले बताउनुभयो । डिडिसीले दुग्ध चिस्यान केन्द्र बिब्ल्याँटेमा दुई लाख ११ हजार ५० लिटर, दुग्ध चिस्यान केन्द्र तीनघरेमा दुई लाख ६१ हजार छ सय १० लिटर, दुग्ध चिस्यान केन्द्र फिक्कलमा एक लाख ८२ हजार चार सय लिटर र दुग्ध चिस्यान केन्द्र शान्तिडाँडामा तीन लाख एक हजार चार सय लिटर दूधको भुक्तानी दिन बाँकी रहेको उहाँले जानकारी दिनुभयो ।

इलाम उद्योग वाणिज्य सङ्घका अध्यक्षसमेत रहनुभएका व्यवसायी चेतनाथ पौड्यालले रु एक करोड १५ लाख बढीको घिउ र छुर्पी नबिकेर स्टोरमा थन्क्याउनुपरेको बताउनुभयो । उहाँले अझ स्टोरमा नै रहने हो भने अखाद्य तत्वका रूपमा परिणत हुने चिन्ता व्यक्त गर्नुभयो । “हामी व्यवसायीसँग रु करोड १५ लाख बढीको घिउ र छुर्पी नबिकेर स्टोरमै राख्न बाध्य छौँ । अझ १५ दिनसम्म पनि बिक्री भएन भने अखाद्य तत्वमा परिणत हुन्छ । नष्ट गर्नुको विकल्प रहँदैन”, उहाँले भन्नुभयो, “यसबाट हामीले करोडौँको क्षति व्यहोर्नुपर्छ ।” उहाँले एक लिटर दूध उत्पादनमा रु ५६ उत्पादन लागत लाग्ने भएकाले दूधको मूल्य घट्दासमेत किसान नै मर्कामा परेको बताउनुभयो ।

राष्ट्रिय कृषक महासङ्घका संयोजक राम मगरले गुणस्तरीय दुग्ध सामग्री उत्पादन र बजारीकरणका लागि रणनीतिक अनुगमन गर्नुपर्ने बताउनुभयो । इलाम नगर प्रवक्ता एवं वडा नं ४ का वडाध्यक्ष नुतनदेव दुलालले भारतीय दुग्ध सामग्री आयातमा प्रतिबन्ध लगाएमात्र नेपाली दुग्ध उत्पादनले बजार पाउने बताउनुभयो ।

प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले किसानको समस्या सधानका लागि आफ्नो तर्फबाट पहल हुने प्रतिबद्धता जनाउनुभयो । “किसानले राख्नुभएका विभिन्न समस्या र सुझावलाई प्रधानमन्धी तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय, कृषि तथा पशुपक्षी विकास मन्त्रालय तथा सम्बन्धित निकायमा सम्प्रेषण गर्नेछु”, उहाँले भन्नुभयो, “दुग्ध विकास संस्थान ९डिडिसी०को गाडी दैनिकरूपमा आउने वातावरण बनाउन समन्वय गर्छु ।”

नगरप्रमुख केदार थापाले किसानका समस्यालाई नगरपालिकाले गम्भीरतापूर्वक लिएको बताउनुहुँदै स्थानीय सरकारको तर्फबाट सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । “उत्पादनदेखि बजारीकरणसम्म नै किसानका थुप्रै समस्या छन्, ती समस्याबारे नगरपालिका गम्भीर छ” उहाँले भन्नुभयो, “स्थानीय सरकारका तर्फबाट किसानका लागि गर्नसक्ने काममा नगरपालिका सधैँ प्रतिबद्ध छ ।  तर प्रदेश र सङ्घीय सरकारबाट गर्नुपर्ने काममा विषयमा हामीले उहाँहरूसँग सहजीकरण र आवश्यक पहल गरिरहेका छौँ ।”

इलाम नगरमा मात्र दैनिक २० हजार लिटर दुध उत्पादन हुने गरेको इलाम नगरपालिका पशु शाखाका प्रकाश लुइँटेलले बताउनुभयो । उहाँका अनुसार दैनिक दुई हजार लिटर दूध डिडिसीमार्फत विराटनगर जाने गरेको छ । बाँकी दूध निजी डेरी, चिज कारखाना, छुर्पी बनाउने उद्योग र मीठाइ बनाउने उद्योगमा खपत हुने गरेको छ ।

जिल्लामा भने निजी क्षेत्रमा दैनिक ५३ हजार लिटर हाराहारीमा दुग्ध खपत हुँदै आएको छ । निजी डेरीमा मात्र एक हजारभन्दा धेरै किसानले दूध बिक्री गर्दै आएका छन् । इलाममा १८ वटा चिज कारखाना, एक सय ५० वटा छुर्पी बनाउने उद्योग र १३ वटा दुग्ध मीठाइ बनाउने उद्योग रहेको सरकारी तथ्याङ्क छ ।  इलाममा वार्षिक एक लाख १६ हजार ८६ मेट्रिक टन दुग्ध पदार्थ उत्पादन हुने गरेको छ । होलिस्टिन र जर्सी गरी यहाँ ३३ हजार तीन सय ७१ वटा उन्नत जातका गाई पालिएको सरकारी तथ्याङ्क छ । रासस

TOP