जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

बिनोद राईलाई ‘द भ्वाईस अफ नेपाल’को बिजेता बनाउन जुट्यो इलाम

  • प्रकाशित मितिः June 7, 2026
  • हाम्रो पालिका
बिनोद राईलाई ‘द भ्वाईस अफ नेपाल’को बिजेता बनाउन जुट्यो इलाम

फिक्कल: द भ्वाईस अफ नेपाल सिजन ५ को फाईनल राउण्डमा रहनु भएका गायक बिनोद राईलाई बिजेता बनाउन गृह जिल्ला इलाममा अभियान संचालन गरीएको छ ।
आउने शुक्रबार हुँने राती भोटिङ मार्फत हुँने प्रतिष्पर्धाका लागि गायक बिनोद सहित इलामका बिभिन्न स्थानमा सांगीतिक कार्यक्रम गर्दै अभियान संचालन गरीएको हो ।
सोबमार इलामको फिक्कलमा पंचम संगीत प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा गायक राईले केहि गीत गाउदै जिल्लाबासी समक्ष भोट माग्नु भयो । उहाले सबै जिल्ला बासीलाई भोट गरेर आफुलाई बिजेता बनाउन आग्रह गर्नु भयो । गायक राइृले भन्नु भयो‘मलाई पाmईनल राण्डका लागि भोट चाहिन्छ, भोट गर्नुहोस म इलाम जिल्लाको शिर राख्ने काम गर्नेछु ।’
इलामका गायक भुपेन्द्र राईले बिनोदलाई बिजेता बनाउनका लागि जिल्ला भर अभियान संचालन गरीएको जानकारी दिनु भयो । उहाले फिक्कल र इलाममा कार्यक्रम आयोजना गरीएको जानकारी दिनु भयो । राईले भन्नु भयो‘संगीतमा कहलिएको इलामको नाम राख्ने समय आएको छ, सबैलाई सहयोग गर्न अपिल गरीरहेका छौ ।’
इलामका १० वटै स्थानीय पालिकामा समेत बिनोद जिताऔं अभियान संचालन गरीएको छ । यस्तै झापा र मोरङका संगीतप्रेमी समेत बिनोदलाई बिजेता बनाउन एक जुट भएका छन् ।
इलामको फाकफोकथुम गाउँपालिका स्थाई घर भएका ३३ बर्षीय राईले अध्ययन गर्नु भएको मोरङ पथरीशनिश्चरेमा पनिन बिनोद राई जिताउ अभियान सुरु भएको छ । त्यहाँका संगीतप्रेमी आफन्त तथा शुभेच्छ्ुकहरुको सक्रियतामा बिनोद राई जिताउ अभियान सुरु गरिएको हो । राईलाई जिताउन खल्ती एप मार्फत भोट गर्न सकिने जनाईएको छ । आउने शुक्रबार बिनोद सहित ४ जना बिच कडा प्रतिष्पर्धा हुँदै छ ।
इलामका बिभिनन स्थानमा बिनोद राईलाई भोट माग्दै युवायुवती र बिभिन्न संघसंस्थाले अभियान चलाउदै आएका छन् । इलाम बजारमा राईले गीत प्रस्तुत गर्नु भयो । कार्यक्रममा संघीय सांसद महेश बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

 

TOP