जीवनशैली सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने अर्थ वाणिज्य रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै अर्थ वाणिज्य पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात कला / मनोरञ्जन ‘किम्फ’ फिल्ममा रम्दै इलामेली अर्थ वाणिज्य इलामको माइजोगमाई गाउँपालिकाको माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित
Hamropalika menu advertisement

बिनोद राईलाई ‘द भ्वाईस अफ नेपाल’को बिजेता बनाउन जुट्यो इलाम

  • प्रकाशित मितिः January 21, 2025
  • हाम्रो पालिका
बिनोद राईलाई ‘द भ्वाईस अफ नेपाल’को बिजेता बनाउन जुट्यो इलाम
Spread the love

फिक्कल: द भ्वाईस अफ नेपाल सिजन ५ को फाईनल राउण्डमा रहनु भएका गायक बिनोद राईलाई बिजेता बनाउन गृह जिल्ला इलाममा अभियान संचालन गरीएको छ ।
आउने शुक्रबार हुँने राती भोटिङ मार्फत हुँने प्रतिष्पर्धाका लागि गायक बिनोद सहित इलामका बिभिन्न स्थानमा सांगीतिक कार्यक्रम गर्दै अभियान संचालन गरीएको हो ।
सोबमार इलामको फिक्कलमा पंचम संगीत प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा गायक राईले केहि गीत गाउदै जिल्लाबासी समक्ष भोट माग्नु भयो । उहाले सबै जिल्ला बासीलाई भोट गरेर आफुलाई बिजेता बनाउन आग्रह गर्नु भयो । गायक राइृले भन्नु भयो‘मलाई पाmईनल राण्डका लागि भोट चाहिन्छ, भोट गर्नुहोस म इलाम जिल्लाको शिर राख्ने काम गर्नेछु ।’
इलामका गायक भुपेन्द्र राईले बिनोदलाई बिजेता बनाउनका लागि जिल्ला भर अभियान संचालन गरीएको जानकारी दिनु भयो । उहाले फिक्कल र इलाममा कार्यक्रम आयोजना गरीएको जानकारी दिनु भयो । राईले भन्नु भयो‘संगीतमा कहलिएको इलामको नाम राख्ने समय आएको छ, सबैलाई सहयोग गर्न अपिल गरीरहेका छौ ।’
इलामका १० वटै स्थानीय पालिकामा समेत बिनोद जिताऔं अभियान संचालन गरीएको छ । यस्तै झापा र मोरङका संगीतप्रेमी समेत बिनोदलाई बिजेता बनाउन एक जुट भएका छन् ।
इलामको फाकफोकथुम गाउँपालिका स्थाई घर भएका ३३ बर्षीय राईले अध्ययन गर्नु भएको मोरङ पथरीशनिश्चरेमा पनिन बिनोद राई जिताउ अभियान सुरु भएको छ । त्यहाँका संगीतप्रेमी आफन्त तथा शुभेच्छ्ुकहरुको सक्रियतामा बिनोद राई जिताउ अभियान सुरु गरिएको हो । राईलाई जिताउन खल्ती एप मार्फत भोट गर्न सकिने जनाईएको छ । आउने शुक्रबार बिनोद सहित ४ जना बिच कडा प्रतिष्पर्धा हुँदै छ ।
इलामका बिभिनन स्थानमा बिनोद राईलाई भोट माग्दै युवायुवती र बिभिन्न संघसंस्थाले अभियान चलाउदै आएका छन् । इलाम बजारमा राईले गीत प्रस्तुत गर्नु भयो । कार्यक्रममा संघीय सांसद महेश बस्नेत लगायतको उपस्थिति रहेको थियो ।

 

TOP