जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

इलामका केहि ब्यक्ति सिक्किममा सम्पर्क बिहिन

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
इलामका केहि ब्यक्ति सिक्किममा सम्पर्क बिहिन

फिक्क्ल:  इलामबाट कामको शिलशिलामा भारतको सिकिम गएको केहि ब्यक्ति सिक्मिमा गएको बिनासकारी बाढी पहिरोका कारण घर परिवार संग सम्पर्क बिहिन भएका छन । असोज १७ गते टिस्टा नदीमा आएको बाढी पहिरोका कारण सिक्मिमा मोवाईल , टेलिफोन , इन्टरनेट जस्ता संचार सुविधा सहित यातायत समेत अवरुद्ध भए पछि घर परिवार संग सम्पर्क बिहिन भएका हुँन ।
इलामका १० जना बेपत्ता भएको समाचार बाहिर आए पनि हाल सम्म परिवारको सम्पर्कमा नआएका पाँचजना मात्र रहेको पुष्टी भएको छ । इलाम नगरपालिका–९ घर भई कामका लागि सिक्मि गएकासेन बहादुर कार्की , लाक्पा शेर्पा, नरमाया बस्नेत, खुशी बस्नेत र कुमार बस्नेत हाल सम्म परिवारको सम्पर्कमा नआएको इलाम नगरपालिका वडा नं. ९ का गोपाल चौहानले जानकारी दिनु भयो । वडाध्यक्ष चौहानले बेपत्ता भएको नभई सम्पर्क बिहिन भएको जानकारी दिनु भयो । उहाले भन्नु भयो‘बाहिर हल्ला आए जस्तो मृत्यु भयो भन्ने केहि पुष्टी छैन, संचार सम्पर्क नभएको मात्र हो ।’ वडाध्यक्ष चौहानले आफना छिमेकी नै हराएको भन्ने खवर आए पछि बुझदा इलामका नागरिक बसेको स्थान पहिरो गए भन्दा पाँच घण्टा टाढा बस्ने गरेकाले सुरक्षित रहे पनि सम्पर्क हुन नसकेको जानकारी दिनु भयो।
इलामका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार पोखरेलले कार्की र शेर्पा बेपत्ता भएको विषयमा आफूलाई परिवारबाट जानकारीमा आएको भएपनि अन्यको विषयमा थाहा नभएको बताउनु भयो । उहाले भारतीय सुरक्षा अधिकारी संग निरन्तर सम्पर्क गरीरहदा पनि पाँचजना सम्पर्क बिहिन भएको जानकारी प्राप्त भएको जानकारी दिनु भयो ।
इलामका अन्य पालिका कतैबाट पनि कोहि हराएको कुनै खबर हाल सम्म आएको छैन् । प्रजिअ पोख्रेलले भन्नु भयो‘संचार माध्यममा लगायत भनेर नाम नखुलाई समाचार आएको छ, पुष्टी हुने आधार केहि पनि छैन ।’ उहाले अन्य नागरिक हराएको भनेर हाल सम्म कुनै जानकारी आफु संग नआएको बताउनु भयो ।
असोज १६ गते मङ्गलबार रातिबाट सिक्किम राज्यको उत्तरी भेगमा हिमतालको माथिल्लो तटीय क्षेत्रमा मुसलधारे वर्षा भएपछि उपत्यकाको टिस्टा नदीमा एकाएक पानीको सतह बढेको थियो ।बुधवार बिहान ६ बजे केन्द्रीय जल आयोग सीडब्ल्यूसीको मेली केन्द्रमा जल सतह प्रतिसेकेन्ड १५ मिटरको उच्च गतिमा बढ्दै गएको थियो र खतराको तहभन्दा तीन मिटर बढेको थियो । स्थानीय सञ्चारमाध्यमका अनुसार प्रभावित क्षेत्रमा ३ हजार भन्दा धेरै पर्यटक रोकिएका छन् । बाढीका कारण २२ जना सैनिकसहित कम्तीमा १०५ जना हराइरहेको जनाईएको छ ।

TOP