जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द जीवनशैली सूर्योदय नगरपालिकाको अनुरोध
Hamropalika menu advertisement

कोशी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

  • प्रकाशित मितिः April 15, 2026
  • हाम्रो पालिका
कोशी प्रदेश सभा अनिश्चितकालका लागि स्थगित

विराटनगर :कोशी प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ ।प्रदेश सभाको अध्यक्षता गरिरहेका इस्राइल मन्सुरीले बैठकको प्रारम्भ गर्नासाथ प्रमुख प्रतिपक्ष नेकपा एमाले र राप्रपाका प्रदेश सभा सदस्यहरूले उठेर विरोध गरेका थिए ।
राप्रपा संसदीय दलका नेता भक्तिप्रसाद सिटौला र एमालेका प्रदेश सभा सदस्य तिलकुमार मेन्याङ्बो लिम्बूले भदौ ४ गते अमर्यादित तथा संसदीय परम्परामा कहीँ कतै नभएको घटना भएको र सभाको अध्यक्षता गरेको व्यक्तिले संविधान उल्लंघन गरेको धारणा राखेका थिए ।

मन्सुरीबाट संविधान उल्लंघन गर्ने काम भएको र पुनस् गैरसंवैधानिक काम हुन सक्छन् भन्ने आशंका भएकाले आफूहरूले प्रदेश सभाको बैठक बहिष्कार गरेको जानकारी गराएर बैठक कक्षबाट बाहिरिएका थिए ।

प्रमुख प्रतिपक्षलगायत प्रतिपक्षका सबै प्रदेश सभा सदस्यहरू नाराबाजी गर्दै बैठक कक्षबाट बाहिरिएपछि सभाको अध्यक्षता गरेका मन्सुरीले अनिश्चितकालका लागि प्रदेश सभा बैठक स्थगित गरेका छन् ।

प्रदेश सभाको कार्यव्यवस्था परामर्श समितिले प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक र स्थानीय सेवाको गठन सञ्चालन र सेवाका सर्तहरू सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रस्ताव स्वरुप सभामा पेस गर्ने कार्यसूची बनाएको थियो । तर, प्रतिपक्षको बहिष्कारका कारण उक्त प्रस्ताव प्रदेश सभामा पेस हुन सकेन ।

कार्यव्यवस्था परामर्श समितिको बैठकले राप्रपा र नेकपा एमालेलाई प्रारम्भमा बोल्न दिने कार्यसूची तय गरेको थियो । तर पछि मुख्यमन्त्री उद्धव थापाले बोल्न नदिन निर्देशन गरेपछि एमाले र राप्रपालाई बोल्न दिने समय कार्यसूचीबाट हटाइयो । सभामुखले बोल्न नदिने भएपछि एमाले र राप्रपाले बैठक प्रारम्भ हुनासाथ आफ्नो ठाउँबाट उठेर आफ्ना कुरा राखी बैठक बहिष्कार गरेका हुन् ।कान्तिपुर टिभीबाट

TOP