जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण जीवनशैली फिक्कलमा ‘क्यान्सर सचेतना’ कार्यक्रम सम्पन्न पालिका विशेष सूचना
Hamropalika menu advertisement

घरेलु लिग खेल्न आतुर सन्दीप

  • प्रकाशित मितिः September 12, 2026
  • हाम्रो पालिका
घरेलु लिग खेल्न आतुर सन्दीप

गत वर्ष फाइनल पुगे पनि मेलवर्न डर्बीमा रेनेगाड्ससँग पराजित भएपछि स्टार उपाधिबाट बन्चित भएको थियो । यस सिजन सन्दीप र मेलवर्न दुवैले उत्कृष्ट प्रदर्शन गरिरहेका छन् । मेलबर्न स्टार्सले च्याम्पियन बन्ने छनक देखाइसकेको छ ।

गत सिजन एभरेष्ट प्रिमियर लिग (इपीएल) बीचमै छाडेर सन्दीप बीबीएल खेल्न अष्ट्रेलिया पुगेका थिए । ललितपुर प्याट्रिओट्सबाट २ खेल खेल्दै उनी ड्रिम लिग खेल्न गएका थिए । यो सिजन त्यही ड्रिम लिग खेलेपछि घरेलु लिग खेल्न आउँदैछन् ।

गतवर्ष पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सको कप्तानी गरेका सन्दीपले त्यसयता घरेलु लिग खेलेका छैनन् ।

यस पटक उनलाई काठमाडौं किंग्स ११ ले अनुबन्ध गरेको छ । ईपीएल चैत १ देखि १५ गतेसम्म हुँदैछ ।

प्लेअर ट्रेडमा काठमाडौंले सन्दीपलाई ललितपुरबाट लिएको हो । अनुबन्ध रकम खुलाइएको छैन ।

नयाँ सिजन नयाँ फ्रेन्चाइजमा अनुबन्ध भएपछि सन्दीपले खुशी व्यक्त गरेका छन् । उनले ट्वीटमार्फत नयाँ सिजन काठमाडौंबाट खेल्न लागेको भन्दै खुशी व्यक्त गरेका छन् ।

‘आगामी ईपीएलको लागि काठमाडौं किंग्स ११ मा अनुबन्ध हुँदा खुशी छु । लामो समयपछि घरेलु लिग खेल्न लागेको छु । घरेलु दर्शकको अगाडि खेल्न पाउनु रमाइलो हुन्छ । धेरै प्रतीक्षा गर्न सक्दिन’ सन्दीपले ट्वीटमा लेखेका छन् ।

सन्दीपले यस सिजन बीबीएलमा स्टार्सका लागि ९ खेल खेल्दै ११ विकेट लिइसकेका छन् । उनी सर्वाधिक विकेट लिनेमा बलरहरुको सूचीमा आठौं स्थानमा छन् । सिड्नी थण्डरका ड्यानिएल साम्सले सर्वाधिक १७ विकेट लिएका छन् । मेलवर्न स्टार्सकै पाकिस्तानी खेलाडी हरिस राउफले पनि ७ खेलमा १६ विकेट लिएका छन् ।

सन्दीपले पछिल्लो पटक नेपालमा लिग खेल्दा पोखरा प्रिमियर लिगमा विराटनगर टाइटन्सको कप्तानी गरेका थिए । उनले ५ खेलमा १० विकेट लिए पनि विराटनगरले भने जम्मा १ खेल मात्र जित्दै लिग तालिकाको अन्तिम स्थानमा रहेको थियो । यस पटक आँखाको लेजर शल्यक्रिया गरेको नेपालमै भएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) समेत नखेलेका सन्दीपले दोस्रो संस्करणको पीपीएल पनि खेलेनन् । उनी बीबीएल खेल्न अष्ट्रेलिया गएकाले पीपीएल नखेलेका हुन् ।

उनको अनुपस्थितिमा प्रदीप ऐरीले विराटनगर टाइटन्सको कप्तानी गरेका थिए र विराटनगर फाइनलमा चितवन राइनोजसंग पराजित हुँदै उपविजेता बनेको थियो ।

सन्दीपले २०१७ मा ललितपुर प्याट्रिओट्सबाटै ईपीएल खेलेका थिए । उनले त्यसमा ७ खेल खेल्दै ९ विकेट लिएका थिए ।

२०१८ मा इन्डियन प्रिमियर लिग आईपीएलमा दिल्ली डेयर डेभिल्स (हाल दिल्ली क्यापिटल्स) मा छनोट भएपछि विश्वभर चर्चित बनेका सन्दीपले त्यसयता प्राय सबै देशमा फ्रेन्चाइज लिग खेलिसकेका छन् । उनले भारत र अष्ट्रेलियाका साथै क्यानडा, क्यारेबियन प्रिमियर लिग, बंगलादेश प्रिमियर लिग, अफगानिस्तान प्रिमियर लिग र अबुधावी टी– १० लिगसमेत खेलेका छन् ।

यस्तै इंग्ल्याण्डमा हुन लागेको नयाँ फर्म्याटको दी–१०० बल क्रिकेटको लागि उनी छनोट भइसकेका छन् ।

सन्दीपले सन् २०१६ मा विश्व क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध राष्ट्रिय टिममा डेब्यू गरेका थिए । उनले ओडीआईमा ६ खेल खेल्दै १५ विकेट लिएका छन् भने टी–२०आईमा १८ खेलबाट २८ विकेट लिएका छन् । गत नोभेम्बरमा टीयू मैदानमै एमसीसीविरुद्ध फस्ट क्लास क्रिकेटमा डेब्यु गरेका सन्दीपले डेब्युमै नटआउट ३९ रन बनाएका थिए ।

TOP