Hamropalika menu advertisement

सरकारलाई प्रश्न : सत्याग्रहीलाई मार्न खोजेको ?

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
सरकारलाई प्रश्न : सत्याग्रहीलाई मार्न खोजेको ?


२४ असोज, काठमाडौं : ६बुदे माग राखेर २७ दिनदेखि अनसनरत डा गोविन्द केसीको पक्षमा शनिबार माइतीघरमा प्रदर्शन भएको छ ।

डा .केसीको स्वास्थ्यमा गम्भिर समस्या देखिँदा पनि सरकार उदासिन बनेको भन्दै सोलिडारिटी फर डा। केसीको आहृवानमा प्रदर्शन भएको हो । प्रदर्शनमा सहभागीहरुले ‘माफियाको समाजवाद, यती, ओम्नी, मार्सी भात’, ‘सत्याग्रही मार्न खोजेको ? ‘दूरदराजमा मेडिकल शिक्षा खै ?’ लगायतका नारा लगाएका छन ।

सरकारी र डा। केसीको तर्फबाट बनेको वार्ता टोलीबीच शुक्रबार राति अबेर भएको वार्ता असफल भएको थियो । प्रदर्शनमा सहभागी वार्ता टोलीका सदस्य अधिवक्ता ओम प्रकाश अर्यालले असोज २२ गते सरकारी पक्षसँग समझदारी भएपनि प्रधानमन्त्री र शिक्षामन्त्री निर्देशनमा सहमति गर्न रोकिएको बताए ।

TOP