जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

गोविन्द केसीका मागप्रति दर्जन नागरिक अभियन्ताहरुको ऐक्यबद्धता

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
गोविन्द केसीका मागप्रति दर्जन नागरिक अभियन्ताहरुको ऐक्यबद्धता


काठमाडौं। डाक्टर गोबिन्द केसीको अनसनप्रति बिभिन्न क्षेत्रमा काम गर्ने देश बिदेशमा रहेका नागरिक अभियन्ताहरुले ऐक्यबद्धता जनाउँदै सरकारको लापर्बाहीका बिरोध जनाएका छन्। एक दर्जन नागरिक अभियन्ताहरुले सत्याग्रही डा। गोविन्द केसीको जीवन रक्षाको लागि अपिल समेत गरेका छन्।

बमखबमख
नागरिक अभियानकर्मीहरुले दुर्घटना हुनुपूर्व नै सरकार जिम्मेवार बनोस् भन्ने आग्रह गर्दै डा। केसीसँग गम्भीर वार्ताको पहलकदमी लिंदै उनको जीवन रक्षाको प्रत्याभूति गर्न माग गरेका छन्। उनीहरुले भनेका छन्, ुयदि सरकारी उदासिनताले डा। केसीको जीवनमा तलमाथी भयो भने हाल सरकारमा रहेको संख्याको घमण्ड पलभरमा सखाप हुन सक्छ भनेर नागरिक समाजको तर्फबाट सम्झाउन चाहन्छौं ।‘ सत्याग्रही डा। गोविन्द केसीको जीवन रक्षाको लागि नागरिकहरुले जारी गरेको अपिल यस्तो छः

चिकित्सा शिक्षामा रहेका विकृतिहरुको अन्त्य र राज्य प्रवद्र्वित कूशासनको बिरुद्ध १९ औं पटक सत्याग्रहमा रहेका डा। गोविन्द केसीले सत्याग्रह सुरु गरेको २४ दिन भईसक्दा समेत सरकारले वार्ता गर्न तत्परता नदेखाउनु अत्यन्त गैह्र जिम्मेवार एवं चिन्ताजनक रहेको छ । संविधान मार्फत मौलिक हकको रुपमा स्वीकार्य स्वास्थ्य र शिक्षा जस्ता विषयको सर्वसुलभताको लागि कसैले बारबार आवाज उठाउनु पर्ने र सो को सुनुवाई नहुने अवस्थाले राज्यको निर्लज्ज चरित्रलाई उदाङ्गो बनाएको मात्र छैन, जनताप्रतिको न्यूनतम दायित्व बोधबाट समेत च्यूत बनाएको छ । समाजवाद उन्मुख व्यवस्था भनेर संविधान मै उल्लेख भएको अवस्थामा डा। केसीका मागहरु संविधानको वास्तविक मर्म अनुरुप रहेको र ती मागहरुको सम्बोधनले संविधानको धरातलिय कार्यान्वयनलाई सहयोग पुग्ने हाम्रो अटल विश्वास रहि आएको छ ।

समय ढल्किसकेको छ । डा। केसी २४ दिनदेखि भोको छन् र उनको स्वास्थ्यस्थिति अत्यन्त गम्भीर स्थितिमा पुगिसकेको छ । अझै पनि उनलाई बेवास्ता गरिराख्ने हो जुनसुकै बेला अप्रिय घटना नघट्ला भन्न सकिन्न । अतस् दुर्घटना हुनुपूर्व नै सरकार जिम्मेवार बनोस् र डा। केसीसँग गम्भीर वार्ताको पहलकदमी लिंदै उनको जीवन रक्षाको प्रत्याभूति गरोस् । यदि सरकारी उदासिनताले डा। केसीको जीवनमा तलमाथी भयो भने हाल सरकारमा रहेको संख्याको घमण्ड पलभरमा सखाप हुन सक्छ भनेर नागरिक समाजको तर्फबाट सम्झाउन चाहन्छौं ।

हस्ताक्षरकर्तास्

१। डा। अमृत पौडेल, उर्जाविज्ञ, सिन्धुपाल्चोक हाल सिंगापुर

२। उमेश पाठक, वातावरणविज्ञ, नुवाकोट

३। डा। केशव शर्मा, भू(गर्भविद्, चितवन हाल क्यानडा

४। गोविन्द बाँनिया, पत्रकार, म्याग्दी हाल दक्षिण कोरिया

५। विक्रम खतिवडा, सूचना प्रविधी इन्जिनियर, मकवानपुर

६। विद्युत लामिछाने, विद्यार्थी, गोर्खा

७। रामराज शर्मा, जलस्रोतविज्ञ, स्याङ्जा, हाल वेलायत

८। डा रामहरी पौड्याल, नबिकरणिय उर्जाबिद, चितवन, हाल बेलायत

९। शुरेस अधिकारी, कवि, चितवन

१०। शसांक आचार्य, कृषीविज्ञ, दाङ

११। सरोज श्री अधिकारी, पत्रकार, काभ्रे

१२। हेमन्त वन, यूवा व्यवशायी, सोलुखुम्बु हाम्रा कुरा डटकम बाट

TOP