Hamropalika menu advertisement

गगन थापाले प्रधानमन्त्रीलाई सोधे– डा केसीका कुनै माग जनहित विपरीत छन ?

  • प्रकाशित मितिः July 13, 2026
  • हाम्रो पालिका
गगन थापाले प्रधानमन्त्रीलाई सोधे– डा केसीका कुनै माग जनहित विपरीत छन ?


काठमाडौँ: नेपाली कांग्रेसका सांसद गगन थापाले डा गोविन्द केसीका माग पूरा गर्न प्रधानमन्त्री केपी ओलीलाई आग्रह गरेका छन् । उनले सामाजिक सञ्जाल फेसबुकमार्फत प्रधानमन्त्रीलाई सोधेका छन्, डा गोविन्द केसीका कुन माग जनहित विपरीत छन्

थापाले भनेका छन्( प्रधानमन्त्रीज्यू, डा गोविन्द केसीले राख्नुभएको कुनचाहिँ माग पूरा नहुनेरगर्न नसकिने छ? कुन माग जनहित विपरीत छन्?

उनले विगतमा आफैले गरेका वाचा पूरा नगर्दा यो अवस्था आएको बताएका छन् ।

थापाले प्रश्न गरेका छन्, ‘ डा केसीसँग संवाद नै गर्दिनँ भन्ने तपाईंको हठले के तपाईंको मान बढाउँछ ?’

जायज माग पूरा गर्दा आफ्नो समर्थन रहने भन्दै उनले भनेका छन्, ‘पूरा गर्न सकिने र गर्नुपर्ने माग छन्,पूरा गर्नुहोस्। यसमा हाम्रो पूर्ण साथ र सहयोग रहनेछ। तर, एउटा सत्याग्रहीमाथि दुराग्रह राखेर बेवास्ता गर्नुभयो भने त्यसको ठूलो मूल्य तपाईंले चुकाउनु पर्नेछ ।’

थापाको भनाइ छ, ‘प्रमज्यू, ख्याल राख्नुहोला, यदि डा केसीको जीवन तल(माथि भयो भने यसको शत प्रतिशत दोषी तपाईं हो। खबर हब बाट

TOP