जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा नगर स्तरिय १५ औ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । करफोक बिद्यामन्दिर माध्यमिक बिद्यालयमा सम्पन्न प्रतियोगिताको उपाधि करफोक माबिले जितेको छ । करफोकले बिभिन्न बिधमा गरी ९ स्वर्ण , २ रजत र ८ काश्य पदक सहित उपाधि जितेर पहिलो भएको हो । करफोकले यो सहित लगातार तीन बर्ष उपाधी जितेको सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधि सहायक नविन पौडेलले जानकारी दिनु भयो।
यस्तै प्रतियोगितामा फिक्कल माबिले ६ स्वर्ण, ९ रजत र १ वटा काश्य पदक सहित दोस्रो भएको छ । यस्तै प्रतियोगितामा कृष्णाश्रम माबिले ६ स्वर्ण, ७ रजत र ५ काश्य पदक सहित तेस्रो भएको छ । प्रतियोतिा तीन दिन सम्म संचालन भएको थियो । प्रतियोगितामा मार्सल आर्ट , एथलेटिक्स , कवडी भलिवलसहित १५ बिधामा खेल संचालन गरीएको गरीएको सूर्योदय नगरपालिका खेलककुद बिकास समितिका संयोजक सौरभ आचार्यले जानकारी दिनु भयो । प्रतियोगितामा उत्कृष्ठ हुने बिद्यालयललाई शिल्ड, ट्रफि , मेडल र प्रमाण पत्र वितरण गरीएको थियो ।
सूर्योदय नगरपालिकाका प्रशिक्षक प्रदिप नारायण शैजुले छनौट भएका बिद्यार्थीलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराउनका लागि १५ दिने प्रशिक्षण कार्यक्रम राखीएको जानकारी दिनु भयो । शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले नगर स्तरीय खेलले जिल्ला स्तरीय प्रतियोगितामा जानका लागि बिद्यार्थीलाई हौसला मिलेको बताउनु भयो ।

 

TOP