जीवनशैली बिहीबार दिउँसोदेखि मोन्था चक्रवात :इलाम सहित कोशी प्रदेशमा भारी वर्षाको संभावना अर्थ वाणिज्य अन्तु–कन्याममा पर्यटकको ओइरो जीवनशैली माई नगरपालिकाले ९०९ परिवारलाई राहत वितरण गर्ने जीवनशैली फिक्कल–नयाँबजार सडक संचालन जीवनशैली प्याङका पहिरो प्रभावितलाई घर–घरमा निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराइदै अर्थ वाणिज्य सूर्योदयका बाढीपहिरो प्रभाविताका लागि राहत सामग्री हस्तान्तरण जीवनशैली मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम आँउदै जीवनशैली इलाममा बाढी पहिरोको बितण्डाः ३७ जनाको मृत्यु जीवनशैली फिक्कल बजारमा यात्रु सहायता कक्ष संचालन कला / मनोरञ्जन आज नवरात्रको पहिलो दिन घटस्थापना
Hamropalika menu advertisement

सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई

  • प्रकाशित मितिः November 7, 2025
  • हाम्रो पालिका
सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई

फिक्कल: इलामको सूर्योदय नगरपालिकामा नगर स्तरिय १५ औ राष्ट्रपति रनिङ शिल्ड छनौट प्रतियोगिता सम्पन्न भएको छ । करफोक बिद्यामन्दिर माध्यमिक बिद्यालयमा सम्पन्न प्रतियोगिताको उपाधि करफोक माबिले जितेको छ । करफोकले बिभिन्न बिधमा गरी ९ स्वर्ण , २ रजत र ८ काश्य पदक सहित उपाधि जितेर पहिलो भएको हो । करफोकले यो सहित लगातार तीन बर्ष उपाधी जितेको सूर्योदय नगरपालिका शिक्षा युवा तथा खेलकुद शाखाका प्राविधि सहायक नविन पौडेलले जानकारी दिनु भयो।
यस्तै प्रतियोगितामा फिक्कल माबिले ६ स्वर्ण, ९ रजत र १ वटा काश्य पदक सहित दोस्रो भएको छ । यस्तै प्रतियोगितामा कृष्णाश्रम माबिले ६ स्वर्ण, ७ रजत र ५ काश्य पदक सहित तेस्रो भएको छ । प्रतियोतिा तीन दिन सम्म संचालन भएको थियो । प्रतियोगितामा मार्सल आर्ट , एथलेटिक्स , कवडी भलिवलसहित १५ बिधामा खेल संचालन गरीएको गरीएको सूर्योदय नगरपालिका खेलककुद बिकास समितिका संयोजक सौरभ आचार्यले जानकारी दिनु भयो । प्रतियोगितामा उत्कृष्ठ हुने बिद्यालयललाई शिल्ड, ट्रफि , मेडल र प्रमाण पत्र वितरण गरीएको थियो ।
सूर्योदय नगरपालिकाका प्रशिक्षक प्रदिप नारायण शैजुले छनौट भएका बिद्यार्थीलाई जिल्ला स्तरीय प्रतियोगितामा सहभागी गराउनका लागि १५ दिने प्रशिक्षण कार्यक्रम राखीएको जानकारी दिनु भयो । शिक्षा शाखा प्रमुख योगनिधि भट्टराईले नगर स्तरीय खेलले जिल्ला स्तरीय प्रतियोगितामा जानका लागि बिद्यार्थीलाई हौसला मिलेको बताउनु भयो ।

 

TOP