जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको एमाले वृतमा उमेश गुरुङ ‘रोलमोडल’ उम्मेदवार

  • प्रकाशित मितिः May 28, 2026
  • हाम्रो पालिका
इलामको एमाले वृतमा उमेश गुरुङ ‘रोलमोडल’ उम्मेदवार

इलाम: उमेश गुरुङ इलाम जिल्लाका लागि कुनै नयाँ नाम होइन । बालबच्चा, युवा र बृद्धबृद्धाको मानस्पटलमा बस्न सफल नाम हो उमेश । सानै देखिको समाज प्रतिको दायित्व ,दृणता साथै बहुमुखी प्रतिभाका कारण उमेश सबै माझ चिनिएका पात्रको रुपमा स्थापित बन्नु भएको छ । सानै देखिको खेलकुद , साहित्य संगीत , संचार र सामाजिक कार्यका कारण उमेश जिल्ला भर कुनै अनौठो नाम भने होइन ।
यी सबै पाटालाई पछिल्लो समय थाती राखेर राजनीतिमा भविश्य खोजी रहनु भएका उमेश यतिबेला नेकपा एमालेको जिल्ला सचिव पदमा रहनु भएको छ । उमेश नेकपा एमाले इलामको ११ औं महाधिबेसनमा कुनै गुट बिना उपाध्यक्ष पदको उम्मेदवार बन्नु भएको छ । पछिल्लो पटक नेकपा एमालेमा नेपाली कांग्रेसमा जस्तै गुट मौलाउदै गएको छ । जिल्लाको ११औं महाधिबेसनमा आईपुग्दा दुईवटा गुट मौलाएर निर्वाचन हुँने प्रया निश्चित नै छ । कुनै गुटले नअटाएका उमेश जनसम्पर्क र पपुलारिटिको हिसावले अब्बल हुनुहुन्छ ।
उमेशको परिचय केवल राजनीति मात्र होइन । इलामको ठूलो ठूडिखेलमा हुँने जुन सुकै फुटवल प्रतियोगितामा उमेश गुरुङको आवाज नगुन्जिए सम्म टुडिखेल रन्किदैन । उमेश , फुटवल र टुडिखेल एक अर्काका पर्याय हुन । पछिल्लो समय सबै किसिमले युवाको रोलमोडल बनेका उमेश यस पटकको एमाले अधिबेसनमा आफुलाई स्थापित सावित गर्ने पक्षमा हुनुहुन्छ ।
उमेश फुटवल खेलमा बोल्न जान्ने ब्यक्ति हुहुहुन्छ । उहाले फुटवलको टेक्निकल ट्रम राम्ररी बुझन हुन्छ । फुटवल खेल्न सानै देखि गाउँगाउँ पुग्ने उमेश अहिले पनि फुटवल भने पछि हुरुक्क गर्नु हुन्छ ।
पारी जमुनाको कागे खेल मैदानमा फुटल उफ्रेको देखि पछि वारी इग्लाबाट डेढ घण्टाको बाटो पस्एिको भात छोडेर कागे पुग्ने गर्नु हुन्थ्यो उमेश । उमेश फुटवल भनेपछि जुत्ता र मोजा छोडेर खाली खुट्टै फुटवल मैदान पसेको दृश्य उहाका समकालिनका लागि कुनै नौलो होइन ।
फुटवलको माध्यमबाट समाजमा परिचित उमेश संचारकर्मका कारण जिल्लामा उती नै ख्याती प्राप्त हुनुहुन्छ । इलामको उत्तरपूर्वी क्षेत्रबाट पत्रकारिता शुरु गर्नु भएका उमेशले रेडियो नेपालमा लामो समय काम गर्नु भयो । उहाले इलामको पहिलो सामुदायिक रेडियो इलाम एफ.एम.को समाचार सम्पादकको रुपमा लामो समय काम गर्नु भयो । उहाले नेपाल पत्रकार महासंघ इलामको सभापति बन्नु भयो । उहा नेकपा एमालेको भातृ संगठन प्रेस चौतारी नेपालको तत्कालिन मेची संयोजकको भूमिका समेत सफलतापूर्वक निर्वाह गर्नु भयो ।
पत्रकारिताको माध्यमबाट आफनो अलग्गै पहिचान बनाउन सफल उमेशको कार्यकता र जनता संग घुलमिल हुने क्षमता अब्बल रहेको छ । सबै कुरालाई सहज रुपमा ग्रहण गर्न सक्ने उमेश , राजनीति , पत्रकारिता , साहित्य , कला श्रृजनामा उत्तिकै दखल राख्नु हुन्छ । उमेशले पछिल्लो समय गीत लेखनमा समेत आफनो छुट्टै पहिचान बनाउनु भएको छ ।
उमेश सानै देखि साहित्यमा झुकाव राख्नु हुन्थ्यो । बिश्वको बिश्वसनीय संचारमाध्यम बिबिसी नेपाली सेवाले गराएको कविता प्रतियोगितामा तत्कालिन मेची अञ्चलबाट प्रथम बन्नु भएका उहाका हाल आधा दर्जन गीत समेत रेकर्ड भैसकेका छन । नृत्य बिधामा समेत अब्बल उमेशले सुगाभामा नृत्य समेत गर्नु भयो । यस्तै कलाकृतिमा अब्बल भएका कारण उहा जनजनको मानस्पटलमा बस्न सक्नु भएको छ । पछिल्लो समय उमेशले जिल्लाको खेलकुदको इतिहास समेटेर खेलकुदको संगह लेख्दै हुनुहुन्छ । जुन पुस्तक इलामको इतिहासमा नयाँ र पहिलो बन्ने छ । पुस्तक चाडै बजारमा आउने भएको छ ।
घरमा जादा कहिल्यै नभेटीने उमेश इलामको टुडिखेल र कागे खेल मैदानमा भेटीने गरेको उहाका समकालिनकै दृस्टान्त छ । भातपानी बिर्सीए पनि खेल , कला साहित्य श्रृजना र समाज त्याग्न नसक्ने उमेशको पहिचान यति फराकिलो बन्यो ,राजनीति मात्र गर्नेका लागि चुनौतीको पहाड ।
११ औं महाधिबेसनमा आईपुग्ला कम्युनिष्ट राजनीतिका दुई हस्ती झलनाथ खनाल र सुभाषचन्द्र नेम्वाङको अभाव भैरहेको एमाले पनि गुट भन्दा बाहिर जाने सकेन । झलनाथ खनाल नेकपा एसमा प्रवेश गर्नु र सुभाषचन्द्र नेम्वाङको निधन हुनुले पनि इलाममा एमाले गुटको राजनीतिमा होमीएको एमाले नेताकै अनुभव छ ।
जिल्लामा एमाले नेताद्धय गणेश बराल र नरेन्द्रनाथ भट्टराईका दुई प्यानल चुनावी मैदानमा जादै गर्दा राजनीतिका अब्बल उमेश कुनै गुटमा अटनु भएन । दुई प्यानलबाट ‘किक आउट’ उमेश स्वतन्त्र लाइनबाट दुबै पक्षको सामना गर्दै एमाले उपाध्यक्ष बन्ने दाउमा चुनाबी मैदानमा हुनुहुन्छ । पछिल्लो समय बुवा सुभाषको बिरासत थाम्न उदाउनु भएका युवा नेता सुहाङ नेम्वाङको टिममा रहेको आरोप उमेशलाई लाग्ने गरेको छ । तर, उहा आफु कुनै गुट र टिमको पछि नकुदेको बताउनु हुन्छ । सधै चुनावमा पपुलर मत ल्याउने उमेश एमालेको जिल्ला सदस्य हुँदै हाल एमाले जिल्ला सचिव हुहुहुन्छ । राजनैतिक रुपमा लहर बढदै गएका उमेश एमाले उपाध्यक्ष भएर पार्टी र जनताको सेवामा लाग्ने इच्छा छनौट भएका प्रतिनिधिले पुरा गरीदिने बिश्वासमा हुनुहुन्छ । उमेश भन्नु हुन्छ‘जिवनको उर्जाशिल समय समाज र राजनीतिमै बित्यो, अव जिम्मेवारी लिएर अझ शसक्त बन्ने लक्ष्य लिएको छु ।’

TOP