जीवनशैली इलाममा अटो दुर्घटनामा घाईते दुई जनाको मृत्यु अर्थ वाणिज्य भारतको सुनादहबाट बाढीपीडितलाई ६ लाख बढी सहयोग जीवनशैली बेलीब्रिजको सामान बोकेको ट्रक दुर्घटना हुँदा सह–चालकको मृत्यु जीवनशैली रोङ गाउँपालिकामा आइतबार बिदा दिइने जीवनशैली पत्रकार सुजन तिम्सिना पुरस्कृत अर्थ वाणिज्य सूर्योदयको नीति बजेट तथा कार्यक्रम सार्वजनिकीकरण सम्पन्न पालिका विशेष सूर्योदय नगर बाल सञ्जाल पुनर्गठन, अध्यक्षमा प्रवल राई जीवनशैली सूर्योदयमा शान्ति–सुरक्षा तथा सामाजिक सद्भाव समिति गठन जीवनशैली पशुपतिनगरमा मानव बेचबिखन बिरुद्ध नेपाल–भारत संयुक्त कार्यक्रम सम्पन्न जीवनशैली सूर्योदयमा १२० मिटर लामो सिसाको पुल निर्माण
Hamropalika menu advertisement

इलामको सूर्योदयमा मानव वेचविखन तथा ओसारपसार विरुद्धको दिवस मनाउने तयारी 

  • प्रकाशित मितिः September 22, 2026
  • हाम्रो पालिका
इलामको सूर्योदयमा मानव वेचविखन तथा ओसारपसार विरुद्धको दिवस मनाउने तयारी 
फिक्कल: इलामको सूर्योदय नगरपालिकामा “तीनै तहका सरकारको प्रतिवद्धताः मानव बेचबिखन विरुद्ध सबैको ऐक्यबद्धता” भन्ने मूल नाराका मानव वेचविखन तथा ओसारपसार विरुद्धको १८ औं राष्ट्रिय दिवस भदौ २० गते मनाईने भएको छ । बिहिबार मानव वेचविखन तथा ओसारपसार विरुद्ध नगर स्तरीय समितिका अध्यक्ष तथा नगर प्रमुख रण बहादुर राईको अध्यक्षतामा बसेको बैठकले उक्त दिन सीमावर्ती पशुपतिनगरमा नेपाल भारत दुबै देशका सरोकारवाला बिचमा मानव बेचबिखन तथा ओसारपसारको स्वरुप परिवर्तनको न्यूनिकरणका लागि सरोकारवालाको भूमिका”  बिषयमा अन्तरक्रिया कार्यक्रम गरी मनाउने निर्णय गरेको हो ।
बैठकले अघिल्लो बर्षका कार्यक्रमको समिक्षा गर्दै उक्त दिन जिल्लाका सरोकारवाला निकाय र छिमेकी देश भारतका सरोकारवाला बिच बहश तथा अन्तक्रिया कार्यक्रम गर्ने निर्णय गरेको महिला बालबालिका शाखा प्रमुख तारा शेर्पाले जानकारी दिनु भयो । बैठकले दिवस माउनुका साथै नगरका १४ वटै वडामा मानव बेबिखन बिरुद्ध जुट्नका लागि पत्राचार गर्ने , अन्तक्रिया कार्यक्रमको कार्यन्वयनका लागि कार्य समिति गठन गरि कामको जिम्मेवारी दिने निर्णय गरेको छ । जस अन्र्तगत शाखा प्रमुख तारा शेर्पाको संयोजकत्वमा ५ सदस्यीय समिति निर्माण गरीएको छ । महिला बालबालिकाका शाखा कर्मचारी एक माया बोहोरा सदस्य– सचिव रहेको समितिको सदस्यामा माइती नेपाल पशुपतिनगरका प्रमुख होम ढकाल, शक्ति समुहका प्रमुख खगेन्द्र ढुगांना,सूर्योदय उद्योग वाणिज्य संघ अध्यक्ष प्रमोद राई ,फिक्कल प्रहरी चौकीका प्रमुख जीवन सुवेदी र पत्राकार  प्रेम अधिकारी रहनु भएको छ ।
बैठकले अन्र्तक्रिया कार्यक्रमका लागि आवश्यक कार्य विभाजनका गरी जिम्मेवारी बाडफाड गरेको छ । बैठकमा नगर प्रमख तथा समितिका अध्यक्ष राईले वडा स्तरमा गठन भएका समितिलाई चलायमान बनाउदै मानव ओसारपसार तथा बेचबिखन रोक्न प्रभावकारी काम गर्नु पर्नेमा जोड दिनु भयो । भारतीय सरोकारवाला संग माईती नेपाल पशुपतिनगरका प्रमुख ढकालले सहजीकरण गर्नुहुने भएको छ । कार्यक्रममा जिल्लाका सुरक्षा निकायका प्रमुख सहित कानुनी क्षेत्रका ब्यक्तिको समेत सहभागीता रहने छ ।
TOP