जीवनशैली सूर्योदयमा माघ २७ गतेदेखी एचपिभी खोप अभियान संचालन गरीने अर्थ वाणिज्य रोङ गाउँपालिकामा ‘अविभावक शिक्षा’ प्रभावकारी बन्दै अर्थ वाणिज्य पूर्वीनाकाबाट २३ अर्बको आयात, १३ अर्बको निर्यात कला / मनोरञ्जन ‘किम्फ’ फिल्ममा रम्दै इलामेली अर्थ वाणिज्य इलामको माइजोगमाई गाउँपालिकाको माईबेनीमा प्रतियोगितात्मक कृषि प्रदर्शनी खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित
Hamropalika menu advertisement

प्रहरी उपरीक्षक ढकालद्वारा नेपाल-भारत पूर्वी सीमा निरीक्षण

  • प्रकाशित मितिः January 21, 2025
  • हाम्रो पालिका
प्रहरी उपरीक्षक ढकालद्वारा नेपाल-भारत पूर्वी सीमा निरीक्षण
Spread the love

इलाम :  जिल्ला प्रहरी कार्यालय इलामका प्रमुख प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले बिहीबार इलाममा पर्ने नेपालको पूर्वी भारतीय सीमाक्षेत्रको अनुगमन र निरीक्षण गरेका छन् । पूर्वी सीमावर्ती क्षेत्रमा रहेको पशुपतिनगर, मानेभञ्ज्याङ, तिनघरे, आइतबारे र फिक्कलस्थित मातहत प्रहरी इकाईहरुको अनुगमन र निरीक्षण गरेका हुन् ।

निरीक्षण भ्रमण अवलोकन पश्चात ‘प्रहरी शासक होईन सेवक हो’ भन्ने धारणालाई आत्मसात गरी कानूनको परिधिमा रहेर जनचाहाना बमोजिमको सुरक्षा प्रदान गर्न, अनुशासनमा रही व्यावसायिक प्रहरी कर्मचारीको रुपमा कार्य सम्पादन गर्दै प्रलोभन र मोलाहिजामा नपरी शुन्य सहनशिलतामा कार्य गर्न र घट्‍ना घटे तत्काल रेस्पोन्स गरी अपराधहरुको सफल अनुसन्धान गरी संगठनको छबिलाई सदैव उच्च बनाउने कार्यमा लागिपर्न निर्देशन दिए ।

त्यसैगरी उनले सामाजिक संजालको सहि सदुपयोग गर्न, लाग” औषध, आत्माहत्या, साईबर क्राईमका घटनाहरुलाई न्युनिकरण गर्न आफ्ना एरियामा सचेतना मुलक कार्यक्रमहरु संचालन गर्नका साथै नेपाल भारतको खुल्ला सिमानाको कारण हुने बिभिन्न अपराधिक गतिविधि, चोरी तस्करीका घटनाहरुलाई कडाईका साथ नियन्त्रण गर्न आ(आफ्नो एरिया इलाकाहरुबाट लामो तथा छोटो दुरीको प्रहरी गस्ती खटाउन समेत निर्देशन दिए । सम्बोधनकै क्रममा उनले दैनिक काम कारवाहीलाई चुस्त, दुरुस्त बनाई अभिलेखिकरण गर्दै लैजाने र आम सेवाग्राहीसँग समान व्यवहार गर्न समेत निर्देशन दिए ।

निरीक्षण भ्रमणकै क्रममा उनले भारत नेपालको सीमा क्षेत्रको अवलोकन गरी बिभिन्न कार्यालयका प्रमुख, जनप्रतिनिधि, संञ्चारकर्मी, स्थानीय बासीहरुसँग परिचयात्मक भेटघाट कार्यक्रम गरी ईलामको वर्तमान शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा समसामयिक विषयहरुमा छलफल तथा अन्तरक्रिया गरी प्राप्त राय, सुझावहरुलाई कार्यान्वयन गर्ने प्रतिवद्धता जनाएका छन् ।इलामभित्र पर्ने पूर्वी सिमानामा साढे ५२ किलोमिटर भूभाग भारतसँग जोडिएको छ ।

TOP