जीवनशैली रोङ गाउँपालिकाः १० बजे अघि कोही सेवाग्राही आएनन्, आईतबार कार्यालय खुल्ने जीवनशैली सशस्त्र प्रहरीद्धारा विपद् स्वयंसेवक परिचालन तालिम संचालन पर्यटन पशुपतिनगरमा कर्मचारीलाई “पर्यटक मैत्री क्षमता विकास तालिम” अर्थ वाणिज्य फिक्कल अस्पतालको सूचना जीवनशैली फिक्कल अस्पतालमा इको सेवा संचालन जीवनशैली नयाँ बुलन्द डटकमको दशौं वार्षिक उत्सव सम्पन्न ,पत्रकार पौडेल पुरस्कृत जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन
Hamropalika menu advertisement

इलामको जनकल्याण सामुदायिक पुस्तकालयद्धारा ५२ हजार बराबरको राहत वितरण

  • प्रकाशित मितिः May 29, 2026
  • हाम्रो पालिका
इलामको जनकल्याण सामुदायिक पुस्तकालयद्धारा ५२ हजार बराबरको राहत वितरण


इलाम । इलाम नगरपालिका९५ बरबोटेस्थित जनकल्याण सामुदायिक पुस्तकालयले इलाममा राहत वितरण गरेको छ । पुस्तकालयले रिड नेपाल काठमाडौँसँगको साझेदारीमा २७ परिवारलाई ५२ हजारबराबरको राहत मंगलबार वितरण गरेको हो । पालिकाको वडानम्बर ४ र ५ का दलित, विपन्न, सुत्केरी, ज्येष्ठ नागरिक, श्रमिक वर्गका परिवारलाई वडाको सिफारिसका आधारमा राहत वितरण गरिएको पुस्तकालयका अध्यक्ष सटेन्द्र जवेगुले जानकारी दिए ।

उनका अनुसार, चामल ३० केजी, तेल १ लिटर, दाल १ केजी, नुन २ केजी, साबुन २ थान र मास्क पाँचरपाँच थान प्रतिपरिवारलाई वितरण गरिएको हो । कोरोना महामारीले गर्दा जीवनयापन गर्न असहज बनेका परिवारलाई सहयोग गरिएको अध्यक्ष जवेगुको भनाइ छ ।इलाम नगरपालिका ५ का वडाध्यक्ष ठाकुरनारायण श्रेष्ठ, वडा नम्बर ४ का अध्यक्ष नुतनदेव दुलाल, पुस्तकालयका अध्यक्ष सटेन्द्र जवेगु, पूर्व अध्यक्ष गंगा भूर्तेल, वडा नम्बर ४ का सदस्यहरु सीता बराल, ज्ञानेन्द्र निरौला, सुशीला विकको उपस्थितिमा राहत वितरण गरिएको हो ।

TOP