Hamropalika menu advertisement

इलाम–२ मा पहिचानवादीले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
इलाम–२ मा पहिचानवादीले डकेन्द्रसिंह थेगिमलाई उम्मेदवार बनाउने

फिक्कल: इलाम क्षेत्र नम्बर २ को प्रतिनिधि सभा उपनिर्वाचनमा पहिचानवादीले डकेन्द्रसिंह थेगिम लिम्बूलाई उठाउने निर्णय गरेको छ। प्रदेश नम्बर एक पुनः नामकरण संयुक्त संघर्ष समितिले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लिम्बूलाई उम्मेदवार घोषणा गरेको हो। उम्मेदवार घोषणा गरिएका लिम्बू संघर्ष समितिका अध्यक्ष हुन्।

फागुन ३० गते बसेको बैठकले उनलाई उम्मेदवार बनाउने निर्णय गरेको पत्रकार सम्मेलनमा जानकारी दिइयो । ‘प्रदेश नम्बर एकलाई भूगोल, ऐतिहासिकता, संस्कृति, सभ्यता, पहिचान आदि पक्ष समेटेर पुनः नामकरण गर्नुपर्नेछ। हामी २०७९ फागुन १७ गतेदेखि आन्दोलनमा छौं। हाम्रो आन्दोलन यथावत छ। उपनिर्वाचनलाई आन्दोलनकै रूपमा उपयोग गर्ने गरी डकेन्द्रसिंह थेगिम लिम्बूलाई साझा उम्मेदवार बनाउने निर्णय गरेका छौं,’ समितिले पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।

‘संघर्ष समितिमा ४१ वटा भन्दा बढी घटक छौं। उहाँहरूका तर्फबाट सर्वसम्मत उम्मेदवार बनेको छु,’ उम्मेदवार बन्न लागेका लिम्बूले भने, ‘म सबैका तर्फबाट स्वतन्त्र उम्मेदवार बन्दैछु। प्रदेश नम्बर एकमा जसरी पहिचानको मुद्दा जसरी उठराखेको छ। त्यहाँको पहिचान जसरी मेटाउने काम भएको छ। कोशी नाम खारेजी गर्दै पहिचानको आधारमा नामकरण गर्ने मूल भूमिका निर्वाह गर्नेछु।’

इलाम क्षेत्र नम्बर २ मा वैशाख १५ गते उपनिर्वाचन हुँदैछ। त्यसका लागि चैत २४ गते उम्मेदवारी दर्ता गर्ने गरी निर्वाचन आयोगले चुनावी तालिका पनि सार्वजनिक गरिसकेको छ।

TOP