Hamropalika menu advertisement

लसुने भलिबलको उपाधि माइजोगमाइलाई

  • प्रकाशित मितिः August 29, 2026
  • हाम्रो पालिका
लसुने भलिबलको उपाधि माइजोगमाइलाई

रोङ: इलामको रोङ गाउँपालिका ३, लसुने खुला भलिबल प्रतियोगिताको उपाधि इलामको माइजोगमाई गाउँपालिकाले जितेको छ । सोमबार भएको फाइनलमा झापाको बुद्धशान्ति टिमलाई हराउँदै माइजोगमाईले उपाधि उचालेको हो ।

माइजोगमाईले २५/१८र२५/१८ र २५/१७ को सोझो सेटमा बुद्धशान्ति टिमलाई जितेको हो । फाइनल जितेसँगै माइजोगमाईले ३५ हजार नगद, मेडल र प्रमाणपत्र पाएको छ । २० हजार नगद मेडल र प्रमाणपत्र पाउँदै बुद्धशान्तिले उपविजेतामा चित्त बुझाएको छ । प्रतियोगिताको ‘म्यान अफ् दि टुर्नामेन्ट’ माइजोगमाईका अभिषेक कामती घोषित भए ।

खेलको निर्णायकमा ऋषिराम पराजुली र डाइमन्ड तिम्सिना थिए । रोङ गाउँपालिका उपाध्यक्ष विष्णुमाया भुजेलले विजेता टिमलाई ट्रफी प्रदान गरिन् ।
कोल्बुङ युवा समाजले प्रतियोगिता आयोजना गरेको थियो ।

TOP