९५ प्रतिशत सामाजिक सञ्‍जाल प्रयोगकर्ता ‘फेक न्युज’ पढ्छन् : अध्ययन – Hamropalika
जीवनशैली सापकोटाले निर्माण गर्नु भएको मन्दिर बिष्णुज्योतिलाई हस्तान्तरण पालिका विशेष सूर्योदय नगरपालिकामा हस्तलेखन प्रतियोगिता सम्पन्न, राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताका बिजेतालाई नगद सहित सम्मान अर्थ वाणिज्य इलामका १२२ आन्तरिक सडकको यात्रु भाडादर सार्वजनिक खेलकुद नेपाली सेनाद्धारा बिद्यालयलाई शैक्षिक, खेलकुद र मनोरञ्जनका सामग्री हस्तान्तरण पालिका विशेष प्रतिबद्धता पुरा गर्दै वडाध्यक्ष : टोल–टोलमै स्वास्थ्य सेवा पालिका विशेष इलाममा लोकतन्त्रबादी आदिवासी जनजाती महासंघ गठन पालिका विशेष इलामको माईमा आगलागिबाट १० लाखको क्षति पालिका विशेष राष्ट्रिय रग्बी प्रतियोगिता पहिलो पटक इलामको माईमा हुने पालिका विशेष इलामको भालुझोडामा बस दुर्घटना हुँदा २६ जना घाइते पालिका विशेष फिक्कलमा घर निर्माण गर्ने ४ जना मजदुरको पुरिएर मृत्यु
Hamropalika menu advertisement

९५ प्रतिशत सामाजिक सञ्‍जाल प्रयोगकर्ता ‘फेक न्युज’ पढ्छन् : अध्ययन

  • प्रकाशित मितिः May 31, 2023
  • hamro_palika


काठमाडौं । नेपालका अधिकांश सामाजिक सञ्‍जाल प्रयोगकर्ताहरूले फेक न्युज प्राप्त गर्ने अनुसन्धानले देखाएको छ । सेन्टर फर मिडिया रिसर्च( नेपालले गरेको सर्वेक्षणमा ९५।५ प्रतिशत इन्टरनेट प्रयोगकर्ताले विशेषगरि युट्युब, फेसबुक र ट्‌विटरजस्ता सामाजिक सञ्‍जालमा मिथ्या सूचना पाउने दाबी गरेका हुन् ।

सर्वेक्षणको एकसाता अघिको अवधिमा युट्युबबाट सबैभन्दा बढी फेक न्युज आउने गरेको सहभागीले जनाएका छन् । सहभागी ८५।६ प्रतिशतले युट्युबमा गलत सूचना देखेको दाबी गरेका छन् । अध्ययनमा भनिएको छ, ‘‘यो तथ्यले नेपालमा युट्युब चलाउनेले आफ्नो च्यानलमा बढी भ्युज बनाउन र बढी कमाउन फेक न्युज फैलाउने गरेको आरोप पुष्टि भएको छ ।’’

बम
बम
बम
फेसबुक र ट्‌विटरबाट पनि उत्तिकै मिथ्या सूचना फैलिने गरेको सर्वेक्षणले देखाएको छ । अध्ययनमा दुईतिहाइभन्दा धेरैले फेसबुकबाट र आधाभन्दा बढीले ट्‌विटरबाट मिथ्या सूचना प्राप्त गरेको बताएका छन् । १७ प्रतिशतले भने अन्य वेबसाइटबाट र नगन्य प्रयोगकर्ताले पत्रपत्रिकाबाट फेक न्युज प्राप्त गरेको दाबी गरेका छन् । फेसबुकबाट फेक न्युज फैलिने दाबी गर्ने ६९ प्रतिशत छन् भने ट्‌विटरबाट फैलन्छ भन्‍ने ५५ प्रतिशत छन् ।

सर्वेक्षणहरुले मूलधारका मिडियालाई सबैभन्दा विश्वासिला संस्थाको रूपमा देखाउँदै आएका छन् । यस्तोमा सामाजिक सञ्‍जाललाई नपत्याउनेको समूह ठूलै रहेको देखिएको हो । जानकारहरूले केही गलत भइहाले ‘भुलसुधार’ गरिहाल्ने प्रवृत्तिले मुलधारका सञ्चारमाध्यम विश्वासका पात्र बन्ने गरेको बताएका छन् ।

अध्ययनमा सहभागी ७४ प्रतिशतले नेपाली समाज र राजनीतिका लागि फेक न्युज समस्या भइसकेको बताएका छन् । यस्तै १२ प्रतिशतले यो भविष्यमा समस्याका रूपमा आउने विचार व्यक्त गरे भने ११ प्रतिशतले भने यो समस्या भइसकेको तर थाहा नभएको हुनसक्ने बताए ।

बाँकीमध्ये २ प्रतिशतले यो नेपाली समाजमा समस्या बनिनसकेको र १ प्रतिशतले भविष्यमा पनि नबन्‍ने बताए । उत्तरदातामध्ये ८७ प्रतिशतले इन्टरनेटमा आउने मिथ्या सूचनाले चिन्तित बनाएको बताए भने ५ प्रतिशतले चिन्ता नलागेको बताए । बाँकीले यस विषयमा कुनै मत जाहेर गरेनन् ।

उत्तरदातामध्ये धेरैले इन्टरनेटमा मिथ्या सूचनालाई न्यूनीकरण गर्न सरकार र मिडियाको प्रमुख भूमिका हुने बताएका छन् । ४० प्रतिशतले मिडिया स्वयंलाई र ३८ प्रतिशतले सरकारलाई सबैभन्दा बढी उत्तरदायी भएको बताएका छन् ।

एकभन्दा धेरै उत्तर दिन मिल्ने प्रश्नमा ३२ प्रतिशतले प्रयोगकर्तालाई र ३० प्रतिशतले सूचनाको माध्यम सबैभन्दा बढी उत्तरदायी हुनुपर्ने बताए । मिथ्या सूचना न्यूनीकरणमा सबैभन्दा बढी उत्तरदायी नागरिक समाजलाई ठान्नेको सङ्ख्या साढे २२ प्रतिशत छ । ९ प्रतिशतले शैक्षिक संस्था, समाजिक सञ्‍जालमा सक्रियहरू र तथ्यजाँचकर्ताहरूलाई उत्तरदायी मानेका छन् ।

अध्ययनमा साढे ५ सय सरोकारवालाले पूर्ण मत दिएका थिए । पूर्ण मत दिनेलाई ‘मान्य मत’ मान्दा सहभागीमध्ये २४ प्रतिशत डाक्टर, इन्जिनियरलगायत पेसाका थिए भने १६ प्रतिशत विद्यार्थी, १५ प्रतिशत निजी क्षेत्रमा कार्यरत, साढे १४ प्रतिशत पत्रकार, वकिल तथा शिक्षक, १२ प्रतिशत व्यवसायी, ७ प्रतिशत गैरसरकारी संस्थामा कार्यरत, ६ प्रतिशत सरकारी कर्मचारी, २ प्रतिशत किसान थिए ।

सहभागीमध्ये २६ प्रतिशत २६ देखि ३० वर्ष उमेर समूहका छन् भने २४ प्रतिशत ३१ देखि ३५ वर्षका छन । १२ खरी बाट

TOP