नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’ देखियो – Hamropalika
प्रदेश दलित पत्रकार संघ इलामको दोस्रो  अधिवेशन सम्पन्न, अध्यक्षमा बलराम बराइली अर्थ वाणिज्य सूर्योदय नगरपालिकाको चन्द्र खेल मैदानमा बुद्ध जयन्ती तथा उभौली पर्वको अवसरमा महोत्सव जीवनशैली सूर्योदयमा कम्प्युटर हाड्वेयर तथा नेटवर्क निशुल्क तालिमको अवसर पालिका विशेष सूर्योदयमा कम्प्युटर हाड्वेयर तथा नेटवर्क निशुल्क तालिमको अवसर अर्थ वाणिज्य सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली बन्दले मेची राजमार्ग र तमोर कोरिडोरमा यातायात ठप्प जीवनशैली सूर्योदयमा निःशुल्क कुक तालिको अवसर जीवनशैली इलामका पाँच पालिकाका जनप्रतिनिधिलाई तालिम जीवनशैली नयाँ बुलन्द अनलाइन पत्रकारिता पुरस्कार २०८१ बाट प्रकाश नेपाल पुरस्कृत खेलकुद माईजोगमाई अध्यक्ष कपको उपाधि सूर्योदयलाई
Hamropalika menu advertisement

नेपालमा कोरोनाको नयाँ ‘सबभेरियन्ट’ देखियो

  • प्रकाशित मितिः May 19, 2024
  • hamro_palika

काठमाडौं: नेपालमा कोरोना भाइरसको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा। प्रकाश बुढाथोकीले जिन सिक्वेन्सिङ गर्दा नेपालमा पहिलोपटक कोरोनाको नयाँ भेरियन्ट जेएन डट वान पुष्टि भएको जानकारी दिनुभयो ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा १६ वटा एन्टिजेन पोजेटिभ नमुनाको जिन सिक्वेन्सिङ गर्दा नेपालमा सातवटा नमुनामा कोरोनाको नयाँ भेरिएन्ट जेएन डट वान पुष्टि भएको हो ।कोभिडको नयाँ सब भेरियन्ट ‘जेएन डट वान’ पछिल्लो एक महिनायता विश्वभर तीव्र रूपमा फैलिरहेको छ ।

डा।प्रकाश बुढाथोकीले कोरोना सङ्क्रमण फैलन नदिन भिडभाडमा मास्कको प्रयोग, भौतिक दूरी कायम राख्नुका साथै हातको सरसफाइमा समेत विशेषतः ध्यान दिन आग्रह गर्नुभएको छ।

मन्त्रालयले नयाँ सब भेरिएन्टको बढ्दो सङ्क्रमणलाई मध्यनजर गर्दै नेपाल प्रवेश बिन्दुमा सम्पूर्ण हेल्थ डेक्सहरु, स्वास्थ्य कार्यालयहरूमार्फत आवश्यक स्क्रीनिङ र निगरानी निरन्तर गर्नुका साथै स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्य संस्थाहरूलाई स्वास्थ्य उपचार व्यवस्थापनको तयारी अवस्थामा रहन अनुरोध गरेको छ । गोरखापत्र अनलाइृन

TOP