खेलकुद सूर्योदय नगर स्तरिय राष्ट्रपति रनिङ शिल्डको उपाधि करफोक मा.बि.लाई जीवनशैली नाम्सालिङको हात्तीटारमा निशान पदयात्रीको भब्य स्वागत कला / मनोरञ्जन निशान पदमार्गमा पदयात्राको अन्तिम तयारी पालिका विशेष निशान पदमार्ग उद्घाटन कार्यक्रम जीवनशैली निर्माण व्यवसायी संघ इलामको अध्यक्षमा डिल्ली खनाल निर्वाचित कला / मनोरञ्जन सूर्योदयमा गजल मन्च गठन, अध्यक्षमा योगनिधी भट्टराई अर्थ वाणिज्य माईमा डेढ सय बढी परिवारलाई न्यानो कपडा वितरण खेलकुद माईजोगमाइमा राष्ट्रपति रनिङशिल्ड छनौट प्रतियोगिता सम्पन्न खेलकुद माजोगमाईमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता शुरु खेलकुद माइजोगमाई ४ का सामुदायिक विद्यालयका विद्यार्थीलाई ट्रयाक सुट बितरण
Hamropalika menu advertisement

इलामका बिद्यालयमा पर्यटन क्लब गठन

  • प्रकाशित मितिः January 13, 2025
  • हाम्रो पालिका
इलामका बिद्यालयमा पर्यटन क्लब गठन
Spread the love

फिक्क्ल : बिद्यालय स्तरबाटै पर्यटन प्रवर्धन गर्नका लागि इलामका बिद्यालयमा नेस्नल सस्टेनेवल दुरिजम क्लब गठन गरीएको छ । पर्यटन बोर्ड र युएनडीपिको सहयोगमा टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्टिच्युटले इलामका ४ वटा बिद्यालयमा नेस्नल सस्टेनेवल दुरिजम क्लब गठन गरेको हो ।
सानै देखि बालबालिकामा पर्यटनको स्वागत , सत्कार देखि पर्यटन मैत्री संस्कार बिकास गर्ने उद्देश्यले इलाम नगरपालिकाको आर्दश माध्यमिक बिद्यालय माउण्ट मेची इग्लिस स्कुल तथा सूर्योदय नगरपालिकाको बीरेन्द्र माबि र कृणाश्रम माबिमा नेस्नल सस्टेनेवल दुरिजम क्लब गठन गरेको टुरिजम रिसर्च एण्ड ट्रेनिङ इन्टिच्युटका बिद्यालय कार्यक्रम संयोजक लक्ष्मी प्रसाद बुढाथोकीले जानकारी दिनु भयो । ११ सदस्यीय समितिमा ९ जना बिद्यार्थी, संरक्षकमा बिद्यालयका प्रधानाध्यापक र उप संरक्षकमा बिद्यालयका नेपाली बिषय शिक्षक रहने ब्यवस्था छ ।
उहाले पहिलो चरणमा नमुनाका रुपमा थोरै बिद्यालयमा क्लब गठन गरीएको जानकारी दिदै भविश्यमा सबै बिद्यालयमा क्लब गठन गरीने बताउनु भयो । संयोजक बुढाथोकीका अनुसार देश भरका कल्बको र पर्यटकीय अवस्थाको तत्थ्याङ्क संकलन गरी पर्यटन दिसवका अवसारमा पर्यटन बोर्डलाई बुझाईने छ ।
इन्टिच्युटले कोशी प्रदेशका १५ वटा बिद्यालयमा पहिलो चरणमा क्लब गठन गर्ने जनाएको छ । बिद्यालय स्तरमा क्लब गठन सके पछि जिल्ल हुँदै प्रदेश र संघीय स्तरका बिद्यार्थीका पर्यटन क्लब निर्माण गरिने छ । यसरी गठन भएका क्लबले स्थानीय स्तरमा पर्यटन प्रवर्धन र संस्कृति संरक्षणका काम गर्ने इन्टिच्युटले जनाएको छ । संयोजक बुढाथोकीले भन्नु भयो‘पर्यटकीय गन्तब्य मात्र भएर भएन, पर्यटकीय संस्कार र सरक्षण पनि हुँन जरुरी छ ।’
इन्टिच्युटले इलामका यी बिद्यालयमा कोशी प्रदेशको पर्यटन र संभावना बिषयमा बत्तित्वकला प्रतियोगिता सहित बिभिन्न जातजातीका सांस्कृतिक नाचको समेत आयोजना गरेको छ । बिद्यालयहरुले साकेला शिली , चण्डी नाच आदि प्रस्तु गरेका थिए ।

TOP