जीवनशैली रोंग गाउँपालिका अध्यक्ष स्याङबो सहित प्रतिनिधि चीन भ्रमणमा, कृषि–प्रविधि सहकार्य सुदृढ गर्ने लक्ष्य जीवनशैली सिद्धि हाइड्रो पावरको परीक्षण सम्पन्न जीवनशैली फिक्कल खानेपानीको अध्यक्षमा राजन प्रधान अर्थ वाणिज्य सूर्योदयमा हट्यो चियाको न्यूनतम समर्थन मूल्य, सातवटा ऐन संसोधन जीवनशैली पशुपतिनगर भन्सार कार्यालयको सूचना जीवनशैली सूर्योदयमा सामुदायिक कुकुरको बन्ध्याकरण जीवनशैली सूर्योदयमा थपियो नयाँ पर्यटकीय गन्तब्य, ६५ फिट अग्लो बुद्धको प्रतिमा सहितको पार्क संचालनमा अर्थ वाणिज्य कोशी प्रदेशमा ‘उदय परियोजना’संचालन :मुख्यमन्त्री कार्की जीवनशैली इलामको बिकास : निस्कलका दर्जनौ सुझाव प्रधानमन्त्रीलाई जीवनशैली पहिरोले मेची राजमार्ग अवरुद्द
Hamropalika menu advertisement

पशुपतिनगर बजारमा नगरपालिकाको अनुगमन, म्याद गुज्रीएका अखाद्य सामग्री बरामद

  • प्रकाशित मितिः April 24, 2026
  • हाम्रो पालिका
पशुपतिनगर बजारमा नगरपालिकाको अनुगमन, म्याद गुज्रीएका अखाद्य सामग्री बरामद

फिक्कल: इलामको सूर्योदय नगरपालिकाको पशुपतिनगर बजार अनुगमन गरी म्याद गुज्रीएका र अखाद्य बस्तु बरामद गरीएको छ । उपभोक्त हकहित संरक्षण समितिका संयोजक दुर्गा कुमार बरालको अध्यक्ष्तामा गठित समितिले मंगलबार सीमावर्ती पशुपतिनगरका किराना पसल अनुगमन गर्दा म्याद गुज्रीएका र अखमद्य बस्तु बरामद गरेको हो ।
बजार अनुगमनका क्रममा धेरै संख्यामा चिसो पेय पदार्थ पकेट चिया, पाउरोटी , कुरकुरे , बिस्कुट , मिठाई, चिजबल्स, कुरमुरे, लगायतका म्याद गुज्रीएका र अखाद्य बस्तु सामान बरामद गरेको छ । बजार अनुगमन समितिका संयोजक मदन गुरुङको नेतृत्वमा गएको टोलीले पशुपतिनगर क्षेत्रका किराना पसल अनुगमन गरेको थियो ।अनुगमन टोलीमा सीमा प्रशासन कार्यालय पशुपतिनगरका प्रमुख होमनाथ पोख्रेल, नगरपालिकाका कर्मचारी नबिन ढकाल , इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रतिनिधि, नगर प्रहरी र संचारकर्मी सहितको टोलीले बजारका किराना पसलको अनुगमन गर्दा ठूलो मात्रामा अखाद्य र म्याद गुज्रीएका सामान बरामद गरेको छ ।टोलीले अम्बे टेड्रर्स (उत्तम इम्पोरियम), शेर्पा किराना पसल, साम्देन स्टोर ,बिजयता स्टोर,वालुङ स्टोर पाशाङ किराना पसल , दार्जिलिग किराना पसल लगायतमा अनुगमन गरेको थियो । पसलमा पुरानो म्याद गुज्रीएको सामानमा नयाँ स्टीकर टास गरीएको समेत पाईएको छ । त्यस्ता खाद्य सामग्री समेत बरामद भएका छन ।

अनुगमनका क्रममा कतिपय पसलले दर्ता नगरेको, दर्ता भए पनि नविकरण नगरेको , मुल्य सूची नराखेको बील नभएको पाईएको थियो । त्यस्ता पसललाई तत्काल दर्ता नविकरण गर्न र मुल्य सूची राख्न लिखित निर्देशन दिईएको गुरुङले जानकारी दिनु भयो ।नगरले चाडबाड नजिकीए संगै बजारमा हुने कालोबजारी , मुल्य बृद्धि नियन्त्रण गर्न अनुगमनलाई तिबैता दिएको छ । नगर क्षेत्रका हाटबजारमा अनुगमन नियमित हुने नगरले जनाएको छ । बरामद भएका सामग्री समितिले नगरको डम्पिङ साईडमा लगेर नष्ट गर्ने जनाएको छ ।

 

 

 

TOP